सामग्रीमा जानुहोस्

अल्टिम्याक्स प्रसारण कम्पनी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अल्टिम्याक्स प्रसारण कम्पनी
व्यवसाय प्रकार
सहायक कम्पनी
उद्योगप्रत्यक्ष-प्रसारण उपग्रह भुक्तान-दूरदर्शन सेवा
बहु केन्द्र बहु च्यानल वितरण सेवा ताररहित केबल दूरदर्शन र इन्टरनेट
स्थापितसन् १९९७
केन्द्रीय कार्यालयफिलिपिन्स
मुख्य व्यक्ति
ष्टिभ रम्यसियोन
मेल भेलार्ड
अल्बर्टो डि लाराजाबल
मालिकबेथलमह होल्डिङ्स (ग्लोब समूह सेवानिवृत्त कोष) (३९%)
द भेलार्ड समूह (१४%)
आयला निगम

अल्टिम्याक्स प्रसारण कम्पनी (अल्टिम्याक्स) फिलिपिन्समा आधारित एक सञ्चार कम्पनी हो जसको सह-स्वामित्व "द भेलार्ड" समूह र बेथलेहेम होल्डिङ्स निगमको नियन्त्रणमा रहेको छ। बिएचआई, ग्लोब समूहको सेवानिवृत्ति कोषको एक सहायक कम्पनी हो। अल्टिम्याक्स सञ्चार माध्यम व्यवसाय प्रत्यक्ष प्रसारण उपग्रह र बहु केन्द्र बहु च्यानल वितरण सेवा, ताररहित केबल दूरदर्शन र विस्तृत पट्टिमा आधारित छ। कम्पनीको स्थापना सन् १९९७ मा भएको थियो। यो हाल तीनवटा प्रमुख लगानीकर्ताहरू जस्तै बेथेलहेम होल्डिङ्स (ग्लोब समूहको सेवानिवृत्त कोष ३९%, भेलार्ड समूह १४% र आइला निगमको नियन्त्रण तथा सञ्चालनमा आधारित छ।

इतिहास[सम्पादन गर्नुहोस्]

सन् १९९९ मा, भेलार्ड समूह र यसको नियन्त्रक लगानी कम्पनी भेलार्ड निगमले पूर्व स्काई केबलका कार्यकारी उपाध्यक्ष मेल भेलार्डको नेतृत्वमा, अल्टिम्याक्स प्रसारण कम्पनी र यसको प्रसारण सम्पत्तिको अधिग्रहण गरेको थियो। यससँगै, अल्टिम्याक्स राष्ट्रिय दूरसञ्चार आयोगमा दुई अनुमति पत्र लागू गर्दै ताररहित विस्तृत पट्टि सेवामा रूपान्तरण भएको थियो। ती दुई अनुमति पत्रहरू अस्थायी प्राधिकरण अन्तर्गत थिए। एटिम्याक्स मूल प्रधान कार्यालय इस्पाना बिएलभिडि साम्पालोक र मनिलामा अवस्थित थिए। तथापि, सन् २००५ मा, राष्ट्रिय दूरसञ्चार प्राधिकरणले अल्टिम्याक्स सेवामा रोक लगाई यसको अनुमति पत्रको खारेज गरेको थियो। भेलार्डले राष्ट्रिय दूरसञ्चार प्राधिकरणको विरुद्धमा मुद्दा दायर गरेको थियो[१] र २ वर्ष पछि, मुद्दा चलेको थियो जसले यसको अनुमति पत्रको लागि कानुनी सुरक्षा दिएको थियो।

ग्लोब दूरसञ्चारद्वारा अधिग्रहण[सम्पादन गर्नुहोस्]

ग्लोब दूरसञ्चार समूहको सेवानिवृत्त कोषको सहायक बेतलेहेम होल्डिङ्स निगमले रेडियो मिन्डानाओ सञ्जालसँग फेब्रुअरी २००९ मा प्रसारण उद्यम र सम्बद्ध सञ्चार माध्यमको अधिग्रहणको लागि सम्झौता गरेको थियो।

८ महिना पछि, अक्टोबर २००९ मा, बिएचआईले पनि यसको एमएमडिएस बहु-बिन्दु सुक्ष्म तरङ्ग वितरण सेवा / प्रत्यक्ष प्रसारण उपग्रह लगायतका ताररहित सेवाहरूको विस्तारको लागि भेलार्ड / अल्टिम्याक्स सँग एक सम्झौतामा हस्ताक्षर गरेको थियो।[२]

यसको विपरीत, आइलाको नेतृत्वमा रहेको बिएचआईले ३९% स्वामित्वका साथ अल्टिम्याक्स लाई प्राप्त गरेको थियो जसमा भेलार्डले १४% राखी बाँकी भाग ग्लोबको मूल कम्पनी आईला निगम र ससिङ्टेललाई प्रदान गरेको थियो जबकि बीएएमले बहुमतले सेयरको अधिग्रहण गरेको थियो।[३]

राष्ट्रिय दूरसञ्चार प्राधिकरणद्वारा धेरै केबल कम्पनीहरू र फिलिपिन्स केबल दूरदर्शन सङ्घको उजुरी र अवैतनिक राजस्वका कारण यसको अनुमति पत्र पुनः खारेज गरिएको थियो।[४][५]

सम्बद्धहरू[सम्पादन गर्नुहोस्]

नाउ निगम (नाउ दूरसञ्चार र नाउ प्लानेट डट टिभी)

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Altimax bid for license extension rejected", मूलबाट २०१४-०९-०६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१४-०९-०६  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०९-०६ मिति
  2. "Globe Telecom's SEC filing (17-A)", मूलबाट २०१४-०९-०६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१४-०९-०६  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०९-०६ मिति
  3. Globe buys into two broadcast firms | ABS-CBNNews.com
  4. Altimax license bid blocked by cable group | ABS-CBNNews.com
  5. http://phlnews.blogspot.com/2011/10/altimax-globe-used-illegal-frequencies.html