आङ ली
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (सेप्टेम्बर २०११) |
आङ ली Ang Lee (चाईनिज: 李安; फिनिङ: Lǐ Ān)को जन्म सन् १९५४ अक्टोबर २३ तारिखका दिन ताईवानको पीङटुङ शहरमा भएको थियो। पेशाले आङ ली चलचित्र निर्देशक, निर्माता एवं स्क्रिप्ट लेखक हुन्। हाल आएर उनको बसोबास एवं कर्म थलो अमेरिका भएको छ।
विषयसूची |
जीवनी [सम्पादन गर्ने]
प्रारम्भिक जीवन एवं कृतिहरू [सम्पादन गर्ने]
आङ लीको जन्म सन् १९५४ भएको थियो। उनी ताईवानमा हुर्के तथा ताईपेईमा नाटक एवं चलचित्र विषयमा अध्यन गरे। अमेरिकाको ईलन्वास् विश्वविद्यालयमा आएर पढाई चालु राखे अनि न्युयोर्क विश्वविद्यालयबाट फाईन आर्टस्मा मास्टर्स गरे।
पढाईको समयमामा उनले एउटा लघु चलचित्र बनाऐ जसको नाम थियो Fine Line। उनको दोस्रो लघु चलचित्र Dime Lakeले ताईवानी उत्कृष्ट चलचित्र पुरस्कार गोल्डन हार्वेस्ट पायो। लीको पहिलो पूर्ण कदको चलचित्र सन् १९९२मा पर्दामा देखा पर्यो जसको नाम थियो Pushing Hands। बर्लिनको चलचित्र महोत्सवमा उत्कृष्ट विदेशी चलचित्रको लगायत गोल्डन ग्लोब, तथा एक्याडेमी अवार्डहरू पाऐ। यस चलचित्रले एघार वटा ताईवानी एवं अन्तर्राष्ट्रिय पुरस्कारहरू पाएर आङ लीलाई चलचित्र जगतका नयाँ सितारा भनेर चिनाऐ।
अर्को वर्ष Wedding Banquat नामक चलचित्र बनाए। यस चलचित्रले बर्लिन महोत्सवमा गोल्डन बियर पुरस्कार आङ लीलाई दिलायो। उक्त चलचित्रमा एउटा त्यस्तो युवकको कहानी छ जो ताईवानबाट न्युयोर्क आएर बसेको हुन्छ र आफू समलिङ्गी भएको कुरालाई बुबा-आमालाई सुईँको दिऐको हुन्न। यस प्रकार आङ ली चलचित्रमा समलिङ्गीहरूको कहानीलाई पस्कने पहिलो निर्देशक हुन पुग्छ।
- Sense and Sensibility
- The Ice Storm
- Ride with the Devil
- Crouching Tiger, Hidden Dragon
- Hulk
- Brokeback Mountain
- Lust, Caution
साभार [सम्पादन गर्ने]
- Dilley, Whitney Crothers. The Cinema of Ang Lee: The Other Side of the Screen. London: Wallflower Press, 2007.
- "Taking Stock of 'Taking Woodstock'" Rushprnews October 5, 2008
- "Ang Lee's movie has a backstory of pure serendipity" by Dan Bloom, Taipei Times October 11, 2008
- Cheshire, Ellen. Ang Lee. London: Pocket Essentials, 2001.
अन्य लिङ्कहरू [सम्पादन गर्ने]
| विकिमीडिया कमन्समा अरु धेरै सामाग्रीहरू छन्: आङ ली |
- Senses of Cinema: Great Directors Critical Database
- Ang Lee (Chinese)
- Ang Lee 64th Venice Film Festival press conference
- DGA Quarterly interview