आन्तरिक लेखापरीक्षण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

परिभाषा[सम्पादन गर्नुहोस्]

आन्तरिक लेखापरीक्षण (अङ्ग्रेजी: Internal Audit) भन्नाले व्यवस्थापनलाई संस्थाको प्रभावकारी रूपमा उद्देश्य प्राप्तीको तथा जोखिम व्यवस्थापन गर्नका लागि सहयोग गर्ने कार्य जुन संस्थाको कमर्चारीहरु वा बाहिरी अनुभवी व्यक्तिबाट (outsourcing) गराईने परीक्षण कार्यलाई बुझाउँदछ । आन्तरिक लेखापरीक्षणले विशेष गरी जोखिम व्यवस्थापन, आन्तरिक नियन्त्रण प्रणाली तथा सुशासनमा केन्द्रित भइ कार्य गर्ने गर्दछ ।

अमेरिकाको आन्तरिक लेखापरीक्षणको संस्था इन्स्टिट्युट अफ इन्टरनल अडिटर्सले आन्तरिक लेखापरीक्षणको परिभाषा "Internal auditing is an independent, objective assurance and consulting activity designed to add value and improve an organization's operations. It helps an organization to accomplish its objectives by bringing a systematic, disciplined approach to evaluate and improve the effectiveness of risk management, control, and governance processes."[१] भनि दिएको छ ।

आन्तरिक लेखापरीक्षणको केन्द्रिकरण[सम्पादन गर्नुहोस्]

  • जोखिम तथा लागत न्यूनीकरण ।
  • कमि कमजोरी, ठगीलाई कम गर्ने ।
  • संस्थाको कार्य योजना पालना भए नभएको जाँच गर्ने ।
  • संस्थाको नीति तथा कार्यविधिहरूमा सहयोग गर्ने ।
  • संस्थाको कार्य प्रक्रियाहरूलाई सुधार गर्ने ।
  • संस्थाको आन्तरिक नियन्त्रणलाई सुधार गरी मजबुत बनाउने ।
  • शेयरधनी वा कम्पनीको मालिकको प्रश्नहरूको जवाफ उपलब्ध गराउने ।

आन्तरिक लेखापरीक्षण प्रतिवेदन[सम्पादन गर्नुहोस्]

आन्तरिक लेखापरीक्षण प्रतिवेदनमा विशेष गरी पाँच सि (अङ्ग्रेजी: C) को आधारमा प्रतिवेदन तयार गरी पेश गरिन्छ ।

  1. Condition: समस्या वा अवस्था के हो?
  2. Criteria: हुनु पर्ने के हो?
  3. Cause: समस्या वा हालको अवस्थाको कारणहरु के हो?
  4. Consequences: समस्याको प्रभावहरु के छन्?
  5. Corrective Action: सुधार गर्न के गर्नु पर्दछ?

आन्तरिक लेखापरीक्षणको भूमिका[सम्पादन गर्नुहोस्]

  • संस्थाको व्यवस्थापन तथा लागु भएका प्रणालीहरूको प्रभावकारीताको गुणस्तर मापन गर्ने ।
  • संस्थाले पालना गर्नु पर्ने ऐन, नियम तथा कानुन पालना भए नभएको जाँच गर्ने ।
  • संस्थाको आन्तरिक नियन्त्रण प्रणाली तथा सञ्चालनमा कुनै समस्या भए पत्ता लगाउने ।
  • समस्याहरूको समाधान तथा सुधारको लागि आवश्यक सुझाव दिने ।

आन्तरिक लेखापरीक्षणको फाइदा[सम्पादन गर्नुहोस्]

  • लागु भएका प्रणालीको स्वास्थ्यको बारेमा जानकारी दिन्छ ।
  • समस्याहरूको श्रोत कारण पत्ता लगाई सुधार तथा समाधानको योजना बनाउन सहयोग हुने ।
  • आवश्यक जानकारी दिइ श्रोत बाँडफाँडमा सहयोग गर्ने ।
  • समस्या ठूलो हुन भन्दा अगाडि नै समाधान गर्न वा समस्या ठूलो हुन नदिन सहयोग गर्दछ ।
  • संस्थामा जाँच गर्ने बाह्य व्यक्तिले के हेर्छन भन्ने कुराको जानकारी दिन्छ ।
  • निरन्तर सुधारमा सहयोग गर्दछ ।
  • सस्थाको एकीकृत बार्षिक कार्यक्रमबाट लक्ष्य प्राप्त भए नभएको जानकारी पाउन सकिन्छ ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. www.iia.org Institute of Internal Auditors

थप हेर्नुहोस्[सम्पादन गर्नुहोस्]