इण्टरनेट
इन्टरनेट, कम्प्युटर विद्युतीय प्रबिधि अन्तर्गत विकास भएको एक बिश्वब्यापी सञ्जाल वा कम्प्युटरहरूको समूह हो जसमा संसार भरिका कम्प्युटर र सो सँग सम्बन्धित उपकरणहरू एक अर्कासँग सम्पर्कमा रही डाटाहरू आदान प्रदान गर्न सक्छन। सं २०००को दशक यता सूचना प्रविधिको क्षेत्रमा बिश्वब्यापी रूपमा आएको क्रान्तिकारी परिवर्तनको पछाडि प्रमुख कारक तत्व इन्टरनेट नै रहेको छ। शुरुका दिनहरूमा पुरानो टेलिफोन र भू-उपग्रह प्रविधि मार्फत उपलब्ध एक बिशेष तर सानो आकारको सेवाको रूपमा शुरु भएको इन्टरनेट सेवाले हाल आएर सञ्चार, मनोरञ्जन, शिक्षा आदि जीवनका अनेक अभिन्न पक्षहरूको लागि एक अपरिहार्य पूर्वाधारको रूप लिएको छ।
विषयसूची |
इतिहास [सम्पादन गर्ने]
इण्टरनेटको इतिहास सन् १९५०को दशकतिर सुरु भयो जब कम्प्युटरको आविस्कार भयो । सन् १९८२मा टिसिपि-आईपि (TCP-IP) मापदण्ड तोकिए लगत्तै इन्टरनेटको जन्म भएको हो । बिगतमा इन्टरनेटलाई ARPANET भनिन्थ्यो जसको संजाल सुरुमा केवल चारवटा बिश्वबिध्यालयमा सिमित थियो : युसिलए, युसियसबि, स्ट्यान्फोर्ड् रिसर्च् इन्स्टिट्युट् र युनिभर्सिटि अफ् युताह । सित युद्धकालिन् परिस्थितिमा कुनै पनि स्थानमा भरपर्दो किसिमले सुचना आदान प्रदान गर्नको लागि इण्टरनेट संजालको परिकल्पना गारिएको थियो।
बिगतमा इण्टरनेट केवल बैज्ञानिक, ईन्जिनियर, प्राध्यापकहरूमा मात्र सिमित थियो। इन्टरनेटको पुर्ण ब्यवसाईकरण सन् १९९५मा आएर मात्र भएको हो ।
प्रविधि [सम्पादन गर्ने]
सञ्जाल (नेटवर्क) के हो ?
संसार भरि छरिएर रहेका करोडौं कम्प्युटरहरूबिचको सञ्जाललाई इन्टरनेट भनिन्छ । यि कम्प्युटरहरू एक आपसमा बिभिन्न माध्यम, जस्तै, धातुका तार, फाइबर अप्टिक तार, तारबिहिन (वायरलेस) बाट जोडिएका हुन्छन् । यि कम्प्युटरहरू बिच सुचना आदान् प्रदान् गर्न बिभिन्न प्रोटोकलहरू प्रयोग भएका हुन्छन् । सञ्जालहरू बिभिन्न प्रकारका हुन्छन् जस्तै लोकल एरिया नेटवर्क, वाइड एरिया नेटवर्क, मेट्रोपोलिटन एरिया नेटवर्क, स्टोरेज एरिया नेटवर्क इत्यादि । यस्ता लाखौँ सञ्जालहरू बिचको सञ्जाल इन्टरनेटनै सन्सारकै सबै भन्दा ठुलो सञ्जाल हो ।
सञ्जाल कसरि चल्छ ?
कुनै पनि सञ्जाल चल्नलाई त्यसमा भएका कम्प्युटरहरू कुनै माध्यमबाट एक आपसमा जोडिएको हुनुपर्छ । TCP-IP प्रोटोकोलको प्रयोगले कम्प्युटरहरू एक आपसमा सुचना आदान् प्रदान् गर्ने गर्छन् । सञ्जाल चलाउनलाई बिभिन्न बिद्युतिय उपकरणहरूको प्रयोग् हुन्छ जस्तै राउटर, स्विच्, इथर्नेट कार्ड् इत्यादि ।
सञ्जालमा एकले अर्को लाई कसरि चिन्छ वा छुट्टयाउछ?
सञ्जालमा एकले अर्को लाई छुट्टयाउनलाई आइपी ठेगानाको प्रयोग् हुन्छ । सञ्जालमा रहेका हरेक कम्प्युटरको आ-आफ्नो अनुपम आइपि ठेगाना हुन्छ ।
ब्यबस्थापन र सञ्चालन [सम्पादन गर्ने]
स्व-बिकसित र बिस्तारित
- कुनै एकको स्वामित्व वा संचालनको आधिपत्य नभएको
- वास्तविक आकार र सहभागी संख्या थाहा नहुने
सेवा, सुबिधा [सम्पादन गर्ने]
संचार मध्यम
- जानकारीको श्रोत
- सामाजिक संजाल
- बिध्युतिय व्यापार, कारोबार
- बिध्युतिय मुद्रा
- बिज्ञापन, प्रचार प्रसार
- जानकारी प्रकाशन/प्रशारण गर्ने मध्यम