इन्टरनेट
नेपाली विकिपीडियाबाट
इन्टरनेट कम्प्युटर सञ्जालहरुको विश्वव्यापी संयन्त्र हो, जसको माध्यमबाट डेटा आदान-प्रदान गरिन्छ । यो सञ्जालहरूको सञ्जाल हो जसमा लाखौँ निजी, सरकारी, शैक्षिक, व्यावशायिक, तथा सामुदायिक सञ्जालहरु तार, आप्टिकल फाईबर, ताररहित सम्पर्क तथा अन्य प्रविधिद्वारा जडित छन।