इस्लाम धर्म

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

इस्लाम धर्म (الإسلام) अनुयायी संख्याको आधारमा ईसाई धर्म पश्चात् विश्वको दोस्रो ठूलो धर्म हो। इस्लाम शब्द अरबी भाषाको शब्द हो। यसको मूल शब्द सल्लमा हो र यसका दुईवटा परिभाषा छन्।

(१) शान्ति

(२) आत्मसमर्पण।[१]

एक इश्वरवाद र मूर्तिपूजा नगर्ने इस्लाम धर्मको विशेषता हो। यसका अनुयायीहरूको प्रमुख विश्वास छ कि ईश्वर केवल एउ छन र पुरै सृष्टिमा केवल उनी नैं महिमा (इबादत)को योग्य छन, र सृष्टिमा हरेक वस्तु, जीवित र अजीवित, दृश्य र अदृश्य उनको इच्छाको अगाडी आत्मसमर्पित र शान्त छ। इस्लाम धर्मको पवित्र पुस्तकको नाम कुरआन छ जसको हिन्दीमा अर्थ सस्वर पाठ छ। यसको अनुयायिहरू लाई अरबीमा मुस्लिम भनिन्छ, जसको बहुवचन मुसलमान हुन्छ।

ईस्लाम को परिचय[सम्पादन गर्ने]

इस्लाम (अरबी: الإسلام) एउटा एकेश्वरवादी धर्म हो, जो तेस्का अनुयाइ अनुसार, अल्लाह का अंतिम रसूल र नबी, मुहम्मद द्वारा मनुष्य सम्म पुर्याइएको अंतिम ईश्वरीय पुस्तक क़ुरआन को शिक्षा मा आधारित छ। अरथात दुन्यावी रूप ले र धार्मिक रूप ले इस्लाम शुरु, ६१० इ देखी ६३२ ई। सम्म २३ वर्ष शामिल समय मा मोहम्मद माथि अल्लाह को तर्फ बाट उतरिने इल्हाम (कुरआन) देखी हुन्छ। कुरान अरबी भाषा मा औतरित भएको हो र एसै भाषा मा विश्व को कुल जनसंख्या को २४% भाग्, यानी लगभग १ ।६ देखी १ ।८ अरब मानव, द्वारा पढ्इन्छ । जस्मध्धे (स्रोत अनुसार) लगभग २० देखी ३० करोड़ जना को यो मातृभाषा हो।

इस्लामी धर्म का प्रमुख मतहरु(विचारहरु) इ हुन्:

१- ईश्वर को एकता

मुसलमानहरु मात्र एक ईश्वर (अल्लाह्) (फ़ारसी: ख़ुदा) प्रती बिस्वास राख्छन्। एकेश्वरवाद लाई अरबी मा तौहीद भनिन्छ, जो शब्द वाहिद देखी आउछ जस्को अर्थ हो एक। इस्लाम मा अल्लाह्लाई मानव की समझ देखी परे मानिन्छ। मुसलमानहरु लाई इश्वर को कल्पना गर्नु भन्दा उसको प्रार्थना र जय-जयकार गर्न भनिएको छ। मुसलमान अनुसार ईश्वर अद्वितीय छ - उ जस्तो अरु कोही छैन। इस्लाम मा ईश्वर को एक विलक्षण अवधारणा पर्ती बल दिइएको छ र यो पनि मानिन्छ कि उसको सम्पूर्ण विवरण गर्नु मनुष्य देखी परे छ। भन: अल्लाह एक र अनुपम। न उ कसैको सन्तान न उस्को कोही सन्तान अल्लाह सनातन, सदा देखी सदा सम्मा रह्ने वला हो। (कुरआन, सूरत ११२, आयत १ - ४)}}

२- नबी (दूत) र रसूल

इस्लाम धर्म अनुसार ईश्वर ले धरती मा मनुष्य को मार्गदर्शन को लागी समय समय मा कुनै न कुनै व्यक्ति लाई आफ्नो दूत बनायो। इ दूतहरु पनि मनुष्य जाति नै हुन्थे र ईश्वर ओर मानिस्लाई बोलाउथे। ईश्वर इनि दूतहरु सग विभिन्न रूप्ले समपर्क राख्थे। इनिहरुलाई इस्लाम मा नबी भनिन्छ। जुन्न नबिहरुलाई अल्लाह्ले स्वयं शास्त्र वा धर्म पुस्तक प्रदान गर्‍यो उनिहरुलाई रसूल भनिन्छ। मुहम्मद पनि एसै कड़ी का भाग थिए। उनलाई जो धार्मिक पुस्तक प्रदान गरियो उसको नाम कुरान हो। कुरान मा अल्लाह को २५ अन्य नबिहरु को वर्णन छ। स्वयं कुरान अनुसार ईश्वरले इ नबिहरु बाहेक धरती मा अरु पनि क्एउ नबी पठाए जस्को वर्णन कुरान मा छैन। सम्पुर्ण मुसलमानहरु ईश्वर द्वारा औतरित गरिएको सबै नबिहरु को वैधता स्वीकार गर्छन र मुसलमानहरु मुहम्मद लाई ईशवर का अन्तिम नबी मान्छन।

३-धार्मिक पुस्तकहरु

मुसलमाहरु को लागी अल्लाह द्वारा रसूलहरु लाई प्रदान गरिएको सबै धार्मिक पुस्तक हरु वैध हुन्। मुसलिम अनुसार कुरान ईश्वर द्वारा मनुष्य लाई प्रदान गरिएको अन्तिम धार्मिक पुस्तक हो जो कि अन्तिम नबी मुहम्मद सल्लल्लाहो अलईहिस्सलाम लाई प्रदान गरिएको थियो। कुरान मा चार अरु पुस्तक हरु को चर्चा छ:

  1. सुहूफ़ ए इब्राहीमी जो कि इब्राहीम अलाईहिस्सलाम लाई प्रदान गरिएको थियो। जो को अज लुप्त छ।
  2. तौरात (तोराह) जो कि मूसा अलाईहिस्सलाम लाई प्रदान गरिएको थियो।
  3. ज़बूर जो कि दाउद अलाईहिस्सलाम लाई प्रदान गरिएको थियो।
  4. इंजील (बाइबल) जो कि ईसा अलाईहिस्सलाम लाई प्रदान गरिएको थियो।

मुसलमानहरु यो मानछन कि ईसाइहरु र यहूदिहरु ले आफ्नो किताब को सन्देश्मा फेर बदल गरिदिएक छन्। उनिहरु इ चार बाहेक अन्य धार्मिक पुसतक को ईश्वरीय हुनु सम्भावना अस्विकार गर्दैनन्।

४-देवदूतहरु

मुसलमान देवदूतहरु (अरबी मा मलाइका) को अस्तित्व लाई मानछन्। उनिहरुको अनुसार देवदूत स्वयं कोही विवेक राख्दैनन र ईश्वर को आज्ञा को यथारूप पालन नै गर्छन्। तिँ केवल रोशनी(ज्योति) ले बनेका अमूर्त र निर्दोष आकृति हुन जो कि न पुरुष हुन न स्त्री, बल्कि मनुष्य देखी हरेक दृष्टि ले भिन्न छन्।तापनि देवदूत अगणनीय छन्, तर चार देवदूत कुरान मा प्रभाव राख्दछन्।

  • जिब्राईल जो नबी र रसूल हरुलाई ईश्वर को सन्देश लिएर दिने काम गर्छन्।
  • इज़्राईल जो ईश्वर को समादेश ले मृत्यु को दूत जो मनुषय को आत्मा लिएर जान्छन्।
  • मीकाईल जो ईश्वर को समादेश अनुसार पानी बर्षऔने गर्छन्।
  • इस्राफ़ील जो ईश्वर को समादेश अनुसार प्रलय को दिनको आरम्भ कोलागी एक आवाज़ दिनेछन्।

५-प्रलय (कयामत)

मध्य एशिया का अन्य धर्महरु(ईसाई र यहूदी) समान इस्लाम मा पनि ब्रह्मांड को अंत प्रलय को दिन द्वारा हुनेछ भन्ने मनिन्छ। यस्को अर्थ हो ईश्वर ले एक दिन संसार लाई समाप्त गर्ने छ। यो दिन कहिले काइम हुनेछ इसको सही जानकारी केवल ईश्वरलाई नै छ। इस्लाम अनुसार सम्पुर्ण मृत मानिस हरु को तेसदिन पुनर्जीवित गरिनेछन र अल्लाह को आदेशानुसार आफ्नो जीवन व्यतीत गर्ने वाला हरु लाई स्वर्ग पठाइने छ र उसको आदेश न मन्ने वालाहरु लाई नर्क मा हलिने छ।

६-भाग्य

मुसलमानहरु भाग्य प्रती बिश्वास राख्दछन्। भाग्य को अर्थ उनिहरु को लागी यो हो कि ईश्वर गएको समय, वर्तमान र भविष्य को बारे मा सबै जानदछ। कुनैपनी घटना उसको अनुमति बिना घट्न सक्दैन। मनुष्य लाई आफ्नो इच्छा अनुसार जीउने स्वतन्त्रता त छ तर तेस्को अनुमति पनि ईश्वर द्वारा नै उसलाई दीइएको हो। इस्लाम अनुसार मनुष्य आफ्नो कुकर्म को लागी स्वयं उत्तरदाई किन हुन्छ भने तेस्लाई गर्न वा न गर्नको निर्णय ईश्वर मनुष्य लाई स्वयं लिना दिन्छ। उसको कुकर्मको पनि पूर्व ज्ञान ईश्वर लाई हुन्छ।

मुसलमानहरु को कर्तव्य र शरीयत[सम्पादन गर्ने]

इस्लाम का ५ स्तम्भहरु

१-साक्षी हुनु (शहादाह)- यस्को शाब्दिक अर्थ हुन्छ गवाही दिनु। इस्लाम मा यस्को अर्थ यस् घोषणा देखि छ। अरबी:لا اله الا الله محمد رسول الله उच्चारण्:लाइलाह् इल्लल्लाह् मुहम्मदुर्‍रसुलुल्लाह्। नेपालि: अल्लाह् बाहेक् अरु कोहि पुज्य छैन र मुहम्मद अल्लाह का रसूल हुन्। यो घोषणा ले हरेक् मुसलमान ईश्वर को एकेश्वरवादिता र मुहम्मद को रसूल हुनु को आफ्नो विश्वास को गवाही दिन्छ। यो इस्लाम को सबैभन्दा प्रमुख सिद्धांत हो। प्रतेक् मुसलमान को लागि अनिवार्य छ कि उ यस्लाइ स्वीकारोस्। एक गैर-मुस्लिम लाइ धर्म-परिवर्तन गरि इस्लाम स्वीकार गर्न को लागि एक इस्लामी धार्मिक न्यायाधीश सम्मुख यस्लाइ स्वीकार गर्नु पर्याप्त हुन्छ।

२-प्रार्थना (सलात)-यस्लाइ फ़ारसी मा नमाज़ भनिन्छ। यो एक प्रकार को प्रार्थना हो जो अरबी भाषा मा विशेष नियमले पढ़ीन्छ। इस्लाम अनुसार नमाज़ ले ईश्वर प्रति मनुष्य को कृतज्ञता दर्शाउँछ। यो मक्का तिर फर्केर पधिन्छ। हरेक् मुसलमान को लागि यक्दिनमा ५ पटक् नमाज़ पढ्नु अनिवार्य हुन्छ। विवशता र बीमारी को हालत मा पनि यस्लाइ छोड्न सकिदैन।

३-दान (ज़कात)- यो एक वार्षिक दान हो जो कि प्रतेक् आर्थिकरूप ले सक्षम मुसलमान ले निर्धन मुसल्मान् हरुलाइ दिनु अनिवार्य हुन्छ। अधिकतर मुसलमान आफ्नो वार्षिक आय को २।५% दान मा दिन्छन्। यो एक धार्मिक कर्तव्य हो किनकि इस्लाम अनुसार मनुष्य को पून्जी वास्तव मा ईश्वर को देन हो। र दान् दिनुले जान र माल को सुरक्षा हुन्छ।

४-व्रत (सौम)- इस्लामी कैलेण्डर के नऔँ महीना मा सम्पुर्ण सक्षम मुसलमानहरु को लागि (फ।जर्) सूर्योदय देखि (म।गरिब) सूर्यास्त सम्म व्रत रख्नु अनिवार्य हुन्छ। यस् व्रत लाइ रोज़ा पनि भनिन्छ। रोजा मा हरेक् प्रकार को खान-पीन वर्जित छ। अन्य व्यर्थ कर्म देखि पनि आफुलाइ टढ राख्नु पर्छ। यौन गतिविधि पनि वर्जित छ। विवशता मा रोज़ा राख्नु आवश्यक त छैन तर रख्नु बेस् भनिन्छ। र विवशता को बेल छुटेका दिन्लाइ आर्को दिन् पुर्ण् गर्नु अनिवार्य् छ। रोज़ा राख्न को कय्एउँ उद्देश्य हरु छन् जस्मध्य्ए २ प्रमुख उद्देश्य इ हुन् कि दुनिया का बाकी आकर्षण देखि ध्यान हटाएर ईश्वर सङ निकटता अनुभव गरियोस् र अर्को यो हो कि निर्धन, भिखारि र भूखा हरु को समस्या र परेशानि को ज्ञान होस्।

५-तीर्थ यात्रा (हज)- हज तेस् धार्मिक तीर्थ यात्रा को नाम हो जो इस्लामी कैलेण्डर को १२ओँ महीनामा मक्का (साउदि अरेबिया)मा गएर गरिन्छ। हरेक् समर्पित मुसलमान (जो हज को खर्च‍ उठाउन सकोस् र विवश न होस्) को लागि जीवन भर् मा एक पटक् गर्नु अनिवार्य छ। - मुज्तर ००:२४, ३० सेप्टेम्बर २०१४ (युटिसी(UTC))

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ[सम्पादन गर्ने]

  1. Entry for šlm, p. 2067, Appendix B: Semitic Roots, The American Heritage Dictionary of the English Language, 4th ed., Boston, New York: Houghton Mifflin, 2000, ISBN 0-618-08230-1.