उपत्यका
नेपाली विकिपीडियाबाट
चारै तिर पहाडले घेरीएका बिचका समतल भएको भुभागलाई उपत्यका भनिन्छ । नेपालमा दुई प्रकारका उपत्यका रहेका छन ।
पहाडी क्षेत्रभित्रको उपत्यका भित्री मधेश भनिने तराई क्षेत्र र पहाडी क्षेत्र बिचको उपत्यका लाई उपत्यका भनिए तापनी साना पहाडी उपत्यकालाई टार,पाटन, बेसी र माढी पनि भनिन्छ । कतीपय माढी तथा टार भनिने उपत्यका पनि निकै ठुलो क्षेत्रफलसमेत भएका र बिबिधताले भरीपुर्ण रहेका छन ।
[परिवर्तन्] पहाडी क्षेत्रका मुख्य ठुला उपत्यकाहरु
[परिवर्तन्] काठमाडौं उपत्यका
नेपालको राजधानीको साथै पांच वटा नगर काठमाण्डौ, ललीतपुर,भक्तपुर,मध्यपुर तथा किर्तिपूर लागायत केही गांउ समेत रहेको अत्यन्त उब्जाउ माटो रहेको यो उपत्यकालाई बाग्मती उपत्यका पनि भनिन्छ । यो पहाडी क्षेत्रको सबैभन्दा ठुलो उपत्यका हो । यस उपत्यकामाको पहाडी क्षेत्रमा उत्तपति भई बाग्मती, बिष्णुमी, इक्षुमती,धोबीखोला, हनुम्ते, मनोहरा, धोवीखोला कोडकुखोला तथा टुकुचा लगायत खोलाहरू बाग्मती नदीको जलधारामा मिसीदै चोभारको गल्छीबाट उपत्यका बाहिर निस्केका छन । सभ्यतको प्रतीकको रूपमा बिकास भएको काठमाण्डौ बर्तमान नेपालको राजधानी तथा साथै मुख्य शहरी क्षेत्र पनि हो ।
गोपाल वंसी महीसपाल वसी समेतको इतीहास भएको ऐतीहासीक काठमाण्डौ उपत्यकामा किरात,लिच्छवी, मल्ल हुदै बर्तमान शाह पुस्ता ले राज्य गरेका हुन । काठमाण्डौ उपत्यकामा काठमाण्डौ महानगर ७९०,६१२ ललीतपुर उपमाहानगर पालीका १८६,३१६ भक्तपुर नगरपालीका ७६,८९० मध्यपुर नगरपालीका ५४,९०५ किर्तिपूर नगरपालीका ४४.६३५ लगायत अन्य गा.बि.स.को झन्डै एघार लाख जनसंख्या गरी झन्डै पच्चीस लाख जनसंख्या बसोबास गर्दछन । देशको केन्द्रीय सचीवालय सिंहदरवार, नारायणहिटी राजदरवार, मन्त्रालयहरू बिभिन्न केन्द्रीय कार्यालयहरू यही उपत्यका मा रहेका छन । काठमाण्डौ नेपाल को प्रमुख वाणीज्य केन्द्र पनि हो, पर्यटन स्थलको रूपमा पुराना संपदा बसन्तपुर दरवार, पाटन दरवार,भक्तपुर दरवार, पशुपती नाथ, चांगु नारायण, स्वंयभुनाथ तथा बुद्वनाथ यहि उपत्यकामा रहेका छन ।
[परिवर्तन्] पोखरा उपत्यका
मध्य नेपालमा पर्ने पोखरा उपत्यकालाई सेती उपत्यका पनि भन्दछन । नेपालकै दोश्रो ठुलो पोखरा नगर का साथ लेखनाथ नगरपालीका र धेरै गाउं बिकास समिती समेत रहेको पोखरा उपत्यकाबाट बिजयपुर कोत्रे, लगायतका खोलाहरू सेती नदी को जलधारामा मीसिएर उपत्यका बाहीर निस्कन्छन । पोखरा उपत्यका तालहरूका लागी धनी उपत्यका हो , फेवा,बेगनास,रूपा खास्टे लगायतका ठुला तथा मैदी दीपाङ,कमलपोखरी लगायत साना तालहरू यो उपत्यका भित्रै रहेका छन ।
वर्तमान नेपाल एकीकरण हुनु अगाडी पोखरा कास्की राज्य अन्तर्गत थियो ऐतीहासीक कास्कीकोट उपत्यकाको उत्तरी छेउमा रहेको छ । पृथ्वी नारायण शाहका माहीला पुत्र नायव वाहादुर शाहाको समयमा पोखरा उपत्यका बर्तमान नेपालमा मिलाइएको हो । पोखरा उपत्यका को पोखरा उपमहानगरपालिका १८६,४१० र लेखनाथ नगरपालिका मा ४६,२२१ जनसंख्या रहेको छ । साथै उपत्यकाका अन्य गांउहरूमा ३५०,००० जती जनसंख्या रहेको छ । पोखरा तथा लेखनाथ को मुख्य व्यवसाय पर्यटन हो । यहाका रमणीय तालहरू र सेती नदी हिमाली छायां तथा झरनाहरू प्रमुख पर्यटकीय स्थल हुन । फेवा ताल मा पर्ने माछापुछ्रे को छांया तथा बेगनासमा गरीने डुङगा सवारी बिर्शीनसक्नुका छन । साथै अन्नपुर्ण पदयात्रामार्ग पनि यंही बाट शुरू हुन्छ ।
पृथ्वी राजमार्गका माध्यमले पोखरा उपत्यका पुर्वमा मध्य पहाडी क्षेत्र,काठमाडौं उपत्यका मध्य दक्षीणको चितवन उपत्यका तथा पुर्व र पश्चिम नेपालको तराइसँग जोडिएको छ भने सिद्दार्थ राजमार्गले पोखरालाइ पश्चिम तराई, र केही पहाडी जिल्लासंग तथा धवलागीरी राजमार्ग ले पश्चिम उत्तरी पहडी हिमाली क्षेत्र सँग जोडेका छन ।
[परिवर्तन्] सुर्खेत उपत्यका
पश्चिम नेपालको पहाडी क्षेत्रमा पर्ने सुर्खेत उपत्यका पहाडी क्षेत्रका काठमाण्डौ र पोखरा उपत्यका पछी क्षेत्रफलमा तेस्रो ठुलो मानिन्छ । विरन्द्रनगर शहरी क्षेत्र लगायत थुप्रै गांउ बिकास समिती रहेको सुर्खेत उपत्यकाबाट झुप्रा, निकास खोला, अदी खोला प्रवाहीत छन । र यी खोलाहरू उपत्यका बाहिर निस्केर भेरी नदीमा मिल्दछन । सुर्खेतमा वुलवुल ताल कार्के दह लगायत साना ठुला ताल पोखरी समेत रहेका छन ।
सुर्खेत उपत्यका बर्तमान नेपाल एकीकरण हुनु अगाडी लामो समय जुम्लाको सिंजा राज्य तथा जाजरकोट राज्यद्वारा शासीत थियो ऐतीहासी लाटीकोइली, दउती बज्यै तथा काक्रे विहार ले सुर्खेतको ऐतीहासीकता झल्काउदछन । झन्डै ४०,००० हजार जनसंख्या रहेको वीरेन्द्रनगर मुख्य शहरी क्षेत्र रहेको यस उपत्यकाको अन्य गांउमा समेत गरी झन्डै दुई लाख जनसंख्या रहेको छ । यो उपत्यकालाई बाकी नेपालसंग रत्न राजमार्गले तथा सिंजा उपत्यका संग कर्णाली राजमार्गले र दाङ उपत्यकाको त्रिभुवननगर संग एक कच्ची सडक मार्गले जोडेका छ । उपत्यका को वीरेन्द्रनगर शहरी क्षेत्र तथा अन्य गांउहरूमा स्थानीय सडक संजाल ले जोडीएका छन ।
[परिवर्तन्] सिंजा
कर्णाली अन्चलमा पर्ने यो उपत्यका ऐतीहासी जुम्ला राज्यको राजधानी तथा वर्तमान नेपालको संरचनामा कर्णाली अञ्चल तथा जुम्ला जिल्लाको समेत सदरमुकाम हो । अत्यन्त विकट पहाडी तथा हिमाली क्षेत्र विच रहेको यो उपत्यका भुगोल अनुपम छ । तिला नदी यो उपत्यकालाई चिर्दै बाहिर निस्केको छ । ऐतीहांसीक बजार रहेरपनि हवाइ सम्पर्क मात्र भएको सिंजा उपत्यकामा हालै मात्रै सुर्खेत उपत्यका संग कर्णाली राजमार्ग मार्फत जोडीएको छ । स्याउ लगायतका फलफुलको उत्पादनमा यो उपत्यका अग्रणी मानीन्छ ।
[परिवर्तन्] पहाडी क्षेत्रका माढी तथा टार तथा पाटन भनीने केही प्रमुख उपत्यकाहरु
[परिवर्तन्] पाल्पा माढी
पाल्पा जिल्लाको तानसेन नगरको केही भुभाग समेत पर्ने माडी उपत्यका पाल्पा जिल्लातथा सम्पुर्ण लुम्वीनी अञ्चलका पहाडी क्षेत्रको सबै भन्दा ठुलो अन्न भण्डार हो । ढापीलो जमीन भएकाले यस उपत्यकामा मानव बसोवास चाही त्यती भएको छैन । यहाको जल निकास भएर झुम्साखोला (तल तिनाउ भनिने) मा मिसीन्छ ।
[परिवर्तन्] बनेपा
काठमाण्डौ उपत्यको पुर्वको सांगा भन्ज्याङ चढेर झरेपछी बनेपा उपत्यकामा पुगीन्छ । काभ्रेपलान्चोक जिल्लामा पर्ने यो उपत्यका राजधानी काठमाण्डौको नजीकै रहेको र साना साना तिन वटा नगर पनौती, बनेपा र धुलीखेल समेत यसै भित्र पर्ने हुनाले महत्वपुर्ण छ । नेपाल र चिनलाई जोडने अरनीको राजमार्ग यसै उपत्यका भएर उत्तर तिर झरेको छ । साथै निमार्णधीन वि. पि. कोइराल राजमार्गले यो उपत्यकालाई सिन्धुली उपत्यका तथा बाहिरी तराईसंग जोडेको छ ।
[परिवर्तन्] पांचखाल
काभ्रेपलान्चोक जिल्लामा नै रहेको र बनेपा उपत्यक को उत्तरमा पर्ने पांचखाल उपत्यका अत्यन्त उब्जाउ माटोले बनेको छ नेपाल मा कमै मात्र दुई खेती धान हुने ठांउहरु मध्ये यो उपत्यका एक प्रमुख ठांउ हो । अरनीको राजमार्गले यस उपत्यकालाई पनि चिर्दै उत्तर तर्फ गएको छ । नेपालको मुख्य शान्ती सेना तालीम केन्द्र यसै उपत्यका मा रहेको छ भने प्रकृतीक रूपमा पनि थुप्रै संभावना पांचखाल उपत्यका मा देखीएका छन ।
[परिवर्तन्] पाटन (बैतडी)
बैतडी जिल्लामा पर्ने पाटन उपत्यका बैतडी जिल्लाको दोश्रो सदरमुकाम तथा सबै भन्दा उब्जाउ फांटको रूपमा रहेको छ । यस उपत्यका को दक्षीणमा माहाभारत श्रृङखला पारी पट्टी जोगबुढा उपत्यका रहेको छ ।
[परिवर्तन्] तुम्लीङटार
तुम्लीङटार संखुवासभा जिल्लामा पर्दछ । सभाखोला र अरूण नदीको दोभनमा रहेकाले यसलाई सभा उपत्यका समेत भनिन्छ । तर समग्रमा अरूण उपत्यकाको एक अंश पनि भन्ने गरीन्छ । खादवारी नगरपालिका रहेको यो उपत्यकामा नेपालको पहाडी क्षेत्रमै सबै भन्दा ठुलो घांसे विमानस्थल रहेको छ ।
[परिवर्तन्] रूम्जाटार
रूम्जाटार ओखलढुङगा जिल्लामा र सुनकोसी नदीको किनारमा अवस्थीत छ । ओखलढुङगा जिल्लाको हवाइद्वार रूम्जाटारमा बिमानस्थल र सानो बजार समेत रहेको छ ।
[परिवर्तन्] कर्पुटार
कर्पुटार गोरखा तनहु र लम्जुङ जिल्ला सम्म फैलीएको अत्यन्तै उपजाउ उपत्यका हो
[परिवर्तन्] बिजुवार
प्युठान जिल्लामा पर्ने बिजुवार सानो तर अत्यन्त उर्वर उपत्यका हो । यो प्युठान जिल्लाको सबैभन्दा ठुलो बजार पनि हो ।
[परिवर्तन्] सल्यानटार
धादीङ मा पर्दछ ।
[परिवर्तन्] अरूघाट
पुर्वी गोरखा मा पर्दछ ।
[परिवर्तन्] धादीङ बेसी
धादीङ जिल्ला सदरमुकाम रहेको यो सानो उपत्यका धादीङ जिल्लामा पर्दछ र जिल्लाको उत्तरी क्षेत्रका लागी खांचो का चीजहरू यही बाट पठाइन्छ ।
[परिवर्तन्] चुत्राबेसी
अर्घाखाची जिल्लासदरमुकाम सन्धीखर्क बजार तथा ऐतिहासीक चुतरावेसी बजार समेत पर्ने यो उपत्यका अर्घाखांची जिल्लाको मुख्य अन्न भण्डार हो । ऐतिहासीक चुतरा वेसी तथा जिल्ला सदरमुकाम समेत यही रहेकाले यो उपत्यका द्रुततर बिकास भइरहेको छ । प्रशासनीक शैक्षीक श्वास्थ तथा वाणीज्य विकासको प्रचुर संभावना यो सानो उपत्यकामा देखिन्छ ।
[परिवर्तन्] धुनीबेसी
[परिवर्तन्] रामपुर (पाल्पा)
पुर्वी पाल्पामा काली नदीको किनारमा पर्ने रामपुर उपत्यका रातो माटोको सतहले बनेको छ । यसै उपत्यकामा पाल्पा जिल्लाको दोश्रो वाणीज्यकेन्द्र रामपुर रहेको छ । हाल सिंचाइ नहरको निर्माण पछी यो उपत्यका उत्पादनशील भएको छ । साथै वाणीज्य केन्द्रको रूपमा समेत बिकास भइरहेको छ ।
[परिवर्तन्] चौरजाहारी
रूकुम जिल्लामा भेरीनदीको किनारमा अवस्थीत यो उपत्यका जाजरकोट र रूकुम जिल्लाको प्रमुख अन्न भण्डारका साथै शिक्षा श्वास्थको केन्द्र पनि हो ।
[परिवर्तन्] भित्री मधेश भनिने तराइ क्षेत्र र पहाडी क्षेत्र बिचका उपत्यकाहरु
[परिवर्तन्] जोगबुढा उपत्यका
डडेल्धुरा जिल्लामा पर्ने जोगबुढा उपत्यका को दक्षीणमा प्रसिध्द शुक्लाफांट बन्यजन्तु संरक्षण क्षेत्र रहेको छ, भने जोगबुढा नदीले चिरेर गएको यो उपत्यका डडेल्धुरा जिल्लाको मुख्य अन्न भंडार हो । बिकासका दृष्टीले केही पछी परेको भए तापनी क्रमश: बिकसीत हुदैछ । जोगबुढा नदी ले सिंचीत गरेको यो उपत्यकालाई जोगबुढा उपत्यका पनि भनिन्छ ।
[परिवर्तन्] दाङ उपत्यका (बबइ उपत्यका)
दाङ उपत्यकाको मुख्य नदी बबइ हो र दाङको भुगोल बबइ उत्यका भनेर पनी चिनिन्छ । स्योर लगायतका अन्य साना ठुला खोला नदीहरू पनी यो उपत्यकामा प्रवाहीत हुदै वहने गर्दछन । दाङ जिल्लामा पर्ने यो सबै भन्दा ठुलो उपत्यका संपुर्ण राप्ती अञ्चलकै अन्न भण्डारको रूपमा रहेको छ साथै दुई नगरपालीका (त्रिभुवननगर र तुल्सीपुर)रहेको यो उपत्यकाका मा बाणीज्यकेन्द्रहरू समेत बिकास भइसकेका छन, खास गरी त्रिभुवननगर र तुल्सीपुरले राप्ती अन्चलका संपुर्ण पहाडी क्षेत्रमा सामान पैठारी गर्दछन । नेपालको दोश्रो पुरानो महेन्द्र संस्कृत (हाल नेपाल संस्कृत वनाइएको) विश्वविधालय समेत यसै उपत्यकामा रहेको र महेन्द्र क्याम्पस त्रिभुवननगर तथा अन्य क्याम्पस तथा बिधालय समेत यस उपत्यकामा रहेका तथा जनरल तथा अन्य अस्पताल समेत रहेका ले यो उपत्याका पुरै राप्ती अञ्चलको पाहाडी क्षेत्रको शिक्षा,श्वास्थ तथा वाणीज्य केन्द्र समेत हो ।
बिकससिल भएर पनी राप्ती अन्चल र पश्चिम नेपाल र राप्ती अञ्चलको बिकसीत जिल्लाका रूपमा दाङलाई गनिन्छ । सडक यतायतमा दाङ उपत्यकालाइ देउखुरी उपत्यकामा पर्ने लमही बजार अवस्थीत महेन्द्र राजमार्ग संग एक पक्की साहायक राजर्मागले जोडदै त्रिभुवन नगर देखी तुल्सीपुरसम्म तथा बिचका अन्य ग्रामीण गांउ तथा बजारलाई यातयात सेवा गर्दछ । साथमा दाङ राप्ती अञ्चलको पाहडी क्षेत्रको पनी मुख्य ब्यावसायीक स्थल हो । रोल्पा,रूकुम, सल्यान संग यस उपत्यकाका त्रिभुवन नगर र तुल्सीपुर नगरको कच्ची सडक मार्फत यातायात सम्पर्क रहेको छ त । त्यसै गरी त्रिभुवन नगर देखी सुर्खेतको बीरेन्द्रनगर सम्म अर्को सडक खनीएको छ भने तुल्सीपुर बाटै पनि एक कच्ची साहायक मार्गले उपत्यका बाहिर पश्चिमी खण्डको महेन्द्र राजमार्गसंग जोडदछ । स्थानीय सडकहरू कच्ची नै छन, तर त्रिभुवन नगर क्षेत्रका केही सडक पिच गरिएका पनि छन । दुर संचारमा टेलीफोन एस टि डि , आइ एस टि डि तथा इमेल इन्टरनेटको सुबिधा पाउन सकिन्छ । स्थानीय यातायातका साधन हरूमा मुख्य दुई शहरमा थोरै टयाक्सी तथा रिक्साको सुबिधा रहेको छ भने ग्रामीण क्षेत्र तिर साइकल मोटरसाइर्कल गोरू गाढा प्रचलीत छन । दाडको बारेमा अझबढी जानकारीका लागी त्रिभुवन नगर नगरपालीकाको वेभ साइट http://www.tribhuvannagar.gov.np/ मनोरंजनात्मक वेभ साइट http://www.merodang.com/ तथा विकिपेडीयाको त्रिभुवननगरको अंग्रेजी पान्ना http://en.wikipedia.org/wiki/Tribuvannagar ले पनी मध्दत गर्न सक्छन ।
[परिवर्तन्] देउखुरी (राप्ती उपत्यका)
राप्ती उपत्यकाको रूपमा चिनिने यो उपत्यका को मुख्यनदी राप्ती नदी नै हो अन्य साना ठुला नदी तथा खोलाहरू पनि अन्तत उपत्यका भित्रै या उपत्यका बहिर निस्केर राप्ती नदि मै मिल्दछन । दाङ उपत्यकाको पुर्व तथा दक्षीणमा पर्ने यो उपत्यका पनि अन्न भण्डारका रूपमा चिनीएको छ । राप्ती नदीले चिरेर गएको यो उपत्यका लाई नेपालको सबभन्दा लामो महेन्द्र राजमार्गले समेत बिचैबाट काट्रदै गएकाले शिक्षा श्वास्थ्यको पनी बिकास हुदैछ साथै लमही, भालुवाङ तथा कुसुम जस्ता वाणीज्य केन्द्रको पनी बिकास हुदै गइरहेको छ ।
[परिवर्तन्] चितवन उपत्यका (नरायणी पुर्वी राप्ती उपत्यका)
नेपालको मध्यभागमा पर्ने चितवन उपत्याकालाई नारायणी पुर्बी राप्ती उपत्यका पनि भनिन्छ । पुर्वमा मकवानपुर जिल्लाको हेटौडा देखी पश्चिममा दाउन्ने पहाड तथा दक्षीणमा माडी उपत्यका छुटयाउने चुरे श्रृङखला सम्म फैलीएको यो उपत्यका नेपालको केन्द्र भागमा पर्दछ । दुई मुख्य नदीहरू नरायणी उत्तरबाट पश्चिम तर्फ बगेको छ भने, राप्ती पुर्वबाट मध्यभाग हुदै पश्चिम पुगेर नारायणीमा मिल्न पुगेको छ । यी दुई प्रमुख नदी बाहेक उपत्यका को पुर्वमा लोथर र मनहरी खोलाहरू प्रवाहीत भइ राप्ती नदीमा मिसीएका छन, त्यसै गरी मध्य भागमा बुढी राप्ती खगेरी अदी खोला हरू प्रवाहीत हुदै राप्तीनदीमा मिसिएका छन । त्यसै गरी पश्चिम क्षेत्रमा केरूङगा खोला राप्तीमा मिसीएको छ भने, भरतपुर नगर क्षेत्रको जंगलबाट निस्केर नारायणगढ बजार हुदै पुंगी खोला नारायणी नदीमा मिसीएको छ । जुगेडी खोला लब्धीखोला लगायतका अरू खोला पनि नारायणी नदी मा मिसिएका छन । त्यसैगरी नारयणी नदी पारी पट्टीको क्षेत्रमा बढी नदी खोला चितवन उपत्यका मा रहेकाछन । राम्रै जल प्रवाह भएका विनयी खोला,अरूण खोला,गीरवारी खोला साथै साना खोला जयश्री,झरे,बहुलाह, ज्यामीरे लगायत पनि पश्चिमबाट पुर्व बगी नारायणी नदी मा मिल्दछन । चितवन उपत्यका मा नन्द भाउजु, विस हजारी ताल लगायतका सानठुला थुप्रै ताल तथा पोखरी समेत रहेका छन । यहाको बिसहजारी ताल बिश्व प्रसिध्द सिमसार क्षेत्र समेत हो । ठुलो भुभाग जंगलै जंगलले ढाकीएकको चितवन उपत्यका जैवीक विभिधतामा धनी मानीन्छ । चितवन राष्ट्रीय निकुन्जको मुख्य संरक्षीत क्षेत्र समेत यसै उपत्यकामा रहेकाले चितवन काठमाण्डौ र पोखरा पछी नेपालकै तेश्रो ठुलो पर्यटक गन्तव्य हो ।
बर्तमान नेपालमा चितवन उपत्यका को भुभाग दुई अञ्चल नारायणी र लुम्वीनी तथा तिन जिल्ला चितवन, नवलपरासी तथा मकवानपुर मा प्रशासनीक बिभाजन मा परेको छ । पुर्वको हेटौडा बाट शुरू भइ पश्चिम दाउन्ने पहाको फेदी दुम्कीवाससम्म तथा उत्तरमा माहाभारत र दक्षीण चुरेसम्म कती चाक्लो र कतै सांगुरो हुदै यो उपत्यका फैलीएको छ । नारायणी नदी पश्चिमको भुभाग लुम्वीनी अञ्चल तथा नवलपरासी जिल्ला तथा नारायणी नदीको पुर्वपट्टी चितवन जिल्ला तथा सुदुर पुर्वी क्षेत्रमा मकवानपुर जिल्ला का रूपमा रहेको छ । अत्यन्त उव्जाउ जमीन तथा पर्याप्त जलक्षेत्र रहेक चितवन उपत्यका को मुख्य केन्द्रीय चितवन जिल्लाको भुभाग जंगल कटान गरी २०१४ सालदेखी मानव बसोवास का लागी खुल्ला गरीएको हो । चितवन उपत्यकामा मुख्य दुई नहर प्रणाली खगेरी र नारायणी लिफ्ट सिंचाइ योजना वाहेक अन्य साना ठुला नहर तथा कुला प्रणालीहरू खेत-वारिहरू सिंचित गर्न उपयोग गरीएका छन । कृषी उद्यममा उपत्यका अग्रणी मानीन्छ ।
नेपालको पुर्वपश्चिमम जोडने महेन्द्र राजमार्ग को लामो खण्ड (झण्डै १४० कि.मी) यस उपत्यकाको हेटौडादेखी दुम्कीवास सम्म पर्दछ । हाल चल्तीमा कम रहेपनी नेपालकै पुरानो उत्तर दक्षीण राजमार्ग त्रिभुवन राजपथ यसै उपत्यका को पुर्वीक्षेत्र हेटौडा हुदै काठमाण्डौ गएको छ भने, उपत्यकालाई काठमाण्डौ र पोखरा उपत्यका तथा देशको पहाडी क्षेत्र जोडने अत्यन्त चल्तीको नारयणगढ मुग्लिङ सडक रहेको छ । साथमा भरतपुर रामपुर भरतपुर माडी सडकको भरतपुर पटीहानी खण्ड, हेटौडा हर्नामाडी टांडी (रत्ननगर) सोराहा लगायतका साहायक मार्ग पक्की रहेका छन । त्यसै गरी भरतपुर हेटौडा तथा रत्ननगर नगरपालीका भित्रका शहरी सडक संजालको ठुलो हिस्सा पक्की रहेको छ । त्यसवाहेक कावसोती पाहाडी क्षेत्र सडक, भरतपुर शक्तीखोर उपरदांग गढी साहायक सडक मार्ग टाडी बीरेन्द्रनगर शक्तीखोर सडक, भरतपुर मेघोली सडकको केही खण्ड ,हेटुडा फापरवारी सडक कान्ती राजपथ लगायत ठुला कच्ची सडक मार्गले उपत्यका अन्य क्षेत्र संग जोडीएको छ ।
संचारका सबै (फोन,फ्याक्स,इमेल,इन्टरनेट) सुबिधा यसउपत्यका को सहरी क्षेत्रमा उपलब्ध छ । चितवन उपत्यका मा ठुला सना थुप्रै वाणीज्यकेन्द्र रहेका छन । उद्योग वाणीज्यको राम्रै विकास भएको यस उपत्यकामा तिन नगरपालीका भरतपुर,हेटौडा र रत्ननगर रहेका छन । भरतपुर हेटौडा लगायतका ठुला वाणीज्य तथा उद्योग क्षेत्र मध्यम खालका रत्न नगर, पर्सा (खैरहनी) मनहरी रामपुर , गितानगर पार्वतीपुर , गैडाकोट रजहर,कावासोती , चोरमारा ,अरूण खोला , तथा दुम्कीवास लगायतका केन्द्रले उपत्यका तथा त्यस वरपरका अन्चल जिल्लाका जनतालाई वाणीज्य सेवा दिइ रहेका छन । उपत्यकाको झन्डै केन्द्रमा रहेको भरतपुर नगरपालिका उपत्यका को सबै भन्दा ठुलो सहर हो । १२५१११ जनसंख्या रहेको यो सहर नेपाल कै काठमाण्डौ,पोखरा,ललीतपुर,विराटनगर,बीरगंज तथा धरान पछीको सातौ ठुलो सहर हो ।
त्यसैगरी चितवन उपत्यका को पुर्वी छेउमा अवस्थीत हेटौडा चितवन उपत्यकाको दोश्रो तथा ८४,८०० जनसंख्याका साथमा काठमाण्डौ,पोखरा,ललीतपुर,विराटनगर,विरगंज धरान भरतपुर महेन्द्रनगर तथा बुटवल पछी नेपाल कै दस नं. ठुलो सहरको रूपमा रहेको छ । उद्योग कलकारखानाले भरीपुर्ण हेटौडा देशकै प्रमुख औद्योगिक सहर हो । उपत्यकाको तेश्रो केन्द्र रत्ननगर पयर्टकहरूको चितवन राष्ट्रीय निकुन्ज पस्ने प्रवेशद्वार हो । चितवन उपत्यका सम्बन्धी अझ बढी जानकारी निम्न वेभसाइट मार्फत पाउन सकिने छ । www.ddcchitwan.gov.np http://www.iaasrampur.edu.np/ http://www.cmsnepal.edu.np/pages/aboutinst.htm http://www.shivaniair.com/ http://www.cmc.edu.np http://www.bpkmch.org.np http://en.wikipedia.org/wiki/Bharatpur%2C_Nepal www.bharatpurmun.org.np www.travelpost.com/AS/Nepal/Narayani/Bharatpur http://ne.wikipedia.org/wiki/%E0%A4%AD%E0%A4%B0%E0%A4%A4%E0%A4%AA%E0%A5%81%E0%A4%B0_%28%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%29
[परिवर्तन्] माडी उपत्यका (चितवन) (रिउ उपत्यका)
मध्य नेपालको चितवन उपत्यका को दक्षीणमा रहको माडी उपत्यकालाई रिउ उपत्यका पन भनिन्छ । यस उपत्यकाको प्रमुख नदी रिउ हो । क्षेत्रफलमा सारै सानो यस उपत्यका को ठुलो भुभाग चितवन राष्ट्रीय निकुन्जमा पर्दछ पुर्व उत्तर तथा पश्चिममा चुरे पाहाड दक्षीणमा सोमेश्वर पहाडले घेरीएको माडी उपत्यका प्रशासनीक संरचनामा चितवन जिल्ला अन्तर्गत पर्दछ र यहां चार वटा गांउ बिकास समिती रहेका छन । राष्ट्रीय निकुन्ज काटेर भित्र पस्नु पर्ने भएकाले पनि यो उपत्यकाको समुचीत बिकास हुन सकेको छैन । तर केही बिद्यालय, उच्चमाध्यामीक बिद्यालय तथा एक क्याम्पस समेत रहेको यस उपत्यका को केन्द्र बसन्तपुर बजार हो । भरतपुरलाई जोडने सडकको बिचमा पर्ने राप्ती नदीमा पक्की पुल बनेपछी यो उपत्यकाको यातायात केही सहज भएको छ भने रिउ नदीमा निर्माणधीन पुल अझै बनेर सकीएको छैन भने अन्य साना ठुला खोलामा पनी पुल बनाउन बाकी नै छ । यस उपत्यकालाई पुर्व दक्षीण तर्फ जीतपुर ठोरी तथा भारतीय सिमासम्म जोडने अर्को एक कच्ची सडक समेत रहेको छ ।
[परिवर्तन्] सिन्धुली उपत्यका (मरीनखोला उपत्यका )
सिन्धुली उपत्यकालाइ मरीनखोला खोला उपत्यका पनि भनीन्छ । वाग्मती नदी काटेपछीको पहाडी क्षेत्रको पुर्व पट्टी मरीनखोला उपत्यका शुरू हुन्छ। मरीन खोलाले बनाएको यो सांगुरो उपत्यका पुर्वमा कमला त्रियुगा उपत्यकाका डांडा सम्म पुगेको छ । अझै सम्म कमै मात्र बिकासका संरचना देख्न पाएको यो उपत्यका मकवानपुर जिल्ला (पश्चिम)तथा सिन्धुली जिला (पुर्व ) मा विभाजीत छ ।
[परिवर्तन्] उदयपुर उपत्यका (कमला उपत्यका)
कमला नदीबाट सिंचीत हुने यो उपत्यका को मुख्य नदी पनि कमला नै हो, तर त्रियुगा लगायतका अन्य नदीहरू पनि यहां प्रवाहीत छन । उत्तरमा माहाभारत तथा दक्षीणामा चुरेपाहाडको सबैभन्दा होचो खण्डले घेरीएको यो उपत्यका सगरमाथा र जनकपुर अन्चल तथा सिन्धुली र उदयपुर दुई जिलाको प्रशासनीक संरचनामा रहेको छ । सिन्धुली (कमलामाई) तथा गाइघाट (त्रियुगा) जस्ता नगरपालिका भएको यस उपत्यकामा कटारी घुर्मी , भिमान लगायतका बजार समेत छन । महेन्द्र राजमार्गको लाहान बाट गाइघाट हुदै माथी जाने निमार्णधीन सगरमाथा राजमार्गले तथा पश्चिम खण्डमा काठमाण्डौ जोडन बन्दै गरेको वि. पि. कोइराला राजमार्ग (वर्दीवास धुलीखेलराजमार्ग) ले उपत्यकाको यातायत सुचारू छ । तर दुई महत्वपुर्ण नगर क्षेत्र सिन्धुली माढी (कमलामाई) र गाइघाट (त्रियुगा ) जोडने पुरानो सडकमार्ग अझैपनी कच्ची नै रहेको छ । ६९,३४० जनसंख्या रहेको त्रियुगा नगरपालीका (गाइघाट) यो उपत्यका को सबैभन्दा ठुलो सहर हो भने ३६,४४० जनसंख्या भ्एको सिन्धुलीमाढी (कमलामाइ) दोश्रो ठुलो नगर हो । फलफुल तथा खेतीपातीको उत्पादनका लागी प्रसिद्व यो उपत्यका द्रुत गतीमा बिकास भइरहेको छ ।
Retrieved from "http://ne.wikipedia.org/wiki/%E0%A4%AD%E0%A4%BF%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A5%80_%E0%A4%AE%E0%A4%A7%E0%A5%87%E0%A4%B6"