एकराज भण्डारी
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (सेप्टेम्बर २०११) |
माओवादीको समानुपातिक तर्फका सभासद् एकराज भण्डारी पेशाले वकील हुनुहुन्छ। २०३६ साल देखि वाम राजनीतिमा लागे पनि भण्डारीले सक्रिय राजनैतिको सुरुवात २०४७ साल देखि सुरु गर्नुभएको हो।
कानूनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर भण्डारी केही समय सरकारी जागीरे पनि हुनुहन्थ्यो। जनयुद्ध थालनीपछि अर्धभूमिगतरूपमा काम गरेका भण्डारी २०६० साल देखि भने पूर्ण भूमिगत हुनुभएको थियो।
विराज उपनामले चिनिने भण्डारीका छोरा विपीन भण्डारी २०५९ साल असार ३ गतेदेखि बेपत्ता हुनुहुन्छ। बेपत्ता परिवारका पूर्व अध्यक्ष भण्डारी पार्टीका एजेण्डा संगसंगै बेपत्ताहरूलाई खोज्ने अभियान पनि थप सक्रिय हुने बतउनुहुन्छ। २०१६ चैत १५ गते थारमारे ४ बाघचौरमा सामान्य किसान परिवारमा भण्डारीको जन्म भएको हो। उहाँकी श्रीमती शान्ता पनि काठमाडौं महिला सङ्घ क्रान्तिकारीकी सदस्य हुनुहुन्छ। भण्डारी माओवादी नेवा राज्य समितिको सदस्य पनि हुनुहुन्छ।[१]