एकीकृत प्रस्तुतिकरण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

एकिकृत प्रस्तुतिकरण भन्नाले संस्थागत सञ्चारमा कम्पनीले निश्चित समयमा कति संस्थागत मूल्य श्रृजना गरेको सम्बन्धमा आवधिक रूपमा एकिकृत प्रतिवेदनको माध्यमबाट सुसुचित गराउने प्रक्रिया हो । एकिकृत प्रतिवेदन संस्थाको रणनीति, सुशासन, कार्य सम्पादन तथा भविष्यको कार्यबाट अल्पकालिन, मध्यकालिन तथा दिर्घकालिन अवधिमा कसरी संस्थागत मूल्यको श्रृजना गर्छ भन्ने बारे एउटा संक्षिप्त सञ्चार गर्ने प्रक्रिया हो ।