एडमण्ड हिलारी

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

एड्मन्ड हिलारी (सन् १९१९-सन् २००८) सगरमाथा आरोहण गर्ने प्रथम दुइमध्ये एक व्यक्ति थिए। सन् १९५३ मे २९मा उनले तेन्जिङ नोर्गे शेर्पाका साथ सगरमाथाको प्रथम आरोहण गरेका थिए।

एड्मन्डको जन्म सन् १९१९ जुलाई २०मा न्युजील्यान्डमा भएको थियो।

सगरमाथाको सफल आरोहणपछि एडमन्डले हिमाली क्षेत्रका शेर्पाहरूको सेवा गर्न हिमालयन ट्रष्ट स्थापना गरे।

एडमन्डकी पहिली पत्नी लुइ मेरी रोजको सानो विमान दुर्घटनामा नेपालमै सन् १९७५मा निधन भएको हो। लुइका तीन सन्तान पिटर हिलारी, सराह हिलारीबेनिन्दा हिलारी हुन्। लुइको निधनपछि लामो समय एक्लै बसेका एडमन्डले सन् १९८९मा जुन मुलग्रिउसँग दोस्रो विवाह गरेका थिए।

एडमन्डको निधन सन् २००८ जनवरी ११मा भयो।