सगरमाथा

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

"सगरमाथा" लेख यहाँ रिडाइरेक्ट हुन्छ। कृपया लेखको अरू उपयोगका लागि सगरमाथा (स्पष्टता) हेर्नुहोला।

सगरमाथा
नेपाली: सगरमाथा
Chomolungma Qomolangma
ཇོ་མོ་གླང་མ 珠穆朗玛峰
Everest kalapatthar crop.jpg
कालापत्थर बाट हेर्दा
उचाई ८,८४८ m (२९,०२९ ft)[१]
Ranked 1st
Prominence ८,८४८ m (२९,०२९ ft)
Notice special definition for Everest.
सूचिकृत Seven Summits
Eight-thousander
Country high point
Ultra
Location
सगरमाथा is located in Nepal
सगरमाथा
नेपालको सगरमाथा अञ्चलतिब्बतको सिमाना
रहेको स्थान नेपाल सोलुखुम्बु जिल्ला, सगरमाथा अञ्चल, Nepal
जनबादी गणतन्त्र चीन Tingri County, Xigazê Prefecture, Tibet Autonomous Region, People's Republic of China[२]
शृंखला महालङ्गुर हिम श्रृङ्खला
निर्देशांक 27°59′17″N 86°55′31″E / 27.98806, 86.92528}[३]
Climbing
प्रथम आरोहण 29 May 1953
न्युजिल्यान्ड एडमण्ड हिलारी
नेपाल तेन्जिङ नोर्गे शेर्पा
सजिलो मार्ग साउथकोल (नेपाल)

सगरमाथा संसारको सबैभन्दा अग्लो चुचुरो हो। यसको उचाइ समुद्र सतहबाट ८,८४८ मीटर (२९,०२८ फीट) छ। यो नेपालको सोलुखुम्बु जिल्लाको खुम्जुङ्ग गाविसमा पर्छ। तिब्बती भाषामा यसको नाम चोमोलुङ्गमा हो। सगरमाथालाई सन १८६५मा कर्णेल सर जोर्ज एभरेष्टको नाममा Mount Everest नामाकरण गरिएको थियो। पछि सन १९६०मा इतिहास शिरोमणि बाबुराम आचार्यले यसको नाम सगरमाथा राखेका हुन साथै उनले सगरमाथाको नेपाली नाम झ्यामोलोङ्मो पनि लेखेका छन्। [४]। यसलाई कतै कतै देवढुङ्गा [५] पनि भन्ने गरेको पाइन्छ। सगरमाथा शिखरमा सर्वप्रथम, सन १९५३ मे २९ तारिखको बिहान ११:१५ बजे, नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एड्मन्ड हिलारीले पाइला राखेका थिए।

नामकरण र आरोहणको पृष्ठभूमि[सम्पादन गर्ने]

सन् १८०९ मा माथिल्लो गंगा अर्थात कुमाउक्षेत्रको खोजीमा निस्केका डब्लूएस वेबले नेपालमा धौलागिरी हिमाल ८ हजार मिटरभन्दा माथिको उचाइमा रहेको रहस्योद्घाटन गरेका थिए अर्थात हिमालयका अग्ला पर्वतहरूमध्ये सबैभन्दा पहिले उचाई नापिएको हिमाल धौलागिरी (८,१७२ मिटर) हो । यस हिमालको उचाई नापेपछि यसैलाई संसारको अग्लो हिमाल भनिएको थियो । पछि सन् १८४८ मा कञ्चनजङ्घाको उचाई नापियो र यसको उचाई ८ हजार ५ सय ८६ मिटर हो भन्ने निक्र्योल भएपछि कञ्चनजङ्घालाई संसारको अग्लो चुचुरो भनियो । त्यही वर्ष अन्य हिमालहरूको उचाई नापियो र रेकर्ड संकलन गरेर सर्वे अफ इन्डियाको कार्यालयमा पठाइयो । त्यसको करिब तीन वर्षपछि सन् १८५२ मा जब सगरमाथा विश्वकै सबभन्दा अग्लो शिखर भन्ने ठहर भयो, त्यतिखेर त्यसको उचाइ २९ हजार २ फिट भनी मानियो । सगरमाथालाई रोमन संकेतचिहृन 'पिक १५' नाम प्रदान गरियो । सन् १८५२ तिर पहाडहरूको उचाइ 'कियोडा लाइट' यन्त्रको प्रयोगबाट मापन गरिरहेका भारतको सर्वे विभागको एउटा टोलीका सदस्यहरूमध्ये एक बंगाली नागरिक राधानाथ सिकन्दरले आफूले सर्वोच्च शिखर पत्ता लगाएको दाबी गरे । राधानाथका सहयोगिका रूपमा हेनेसी नामका उनका चेला थिए । उक्त विभागका सर्वे कर्मचारीहरू तेजवीर बुढाथोकी र राधानाथ सिक्दरले पत्ता लगाएको उक्त शिखरको उचाइ ८ हजार ८ सय ४० मिटर थियो । राधानाथ प्रतिभाशाली गणितज्ञ थिए । सर्वे अफ इन्डियामा जागीरे हुँदा उनको उमेर केबल १९ वर्षको थियो । बंगालमा आज पनि उनलाई सम्झनु पर्ने एउटा कारण छ किन भनें उनले 'मासिक पत्र' नामको हुलाक-पत्रिका निकाल्थे, जुन विशेषत महिलाहरूका लागि थियो । यस हुलाक-पत्रिकामा बंगाली भाषा प्रयोग हुन्थ्यो र महिलाहरूको सामाजिक चेतनाको स्तर उठाउने खालका सामग्रीहरू हुन्थे । सर्वोच्च शिखरको उचाइ नाप्ने विधि बेलायतका इन्जिनियर जर्ज एभरेष्टले विकास गरेका थिए । विश्वको सर्वोच्च शिखर खोज्ने कार्य सुरू भएपछि बिहार (भारत) को समतल मैदानको अध्ययन गरिरहेका भारतका सर्वेयर-जनरल सर एन्ड्रयू वाघले आफ्ना अग्रज जर्ज एभरेष्टका स्मरणमा पन्ध्रौँ चुचुरो भन्ने नामबाट फेरेर सन् १८६५ (वि.सं. १९२१)मा 'माउण्ट एभरेष्ट' नाम राखिदिए । एन्ड्रयू वाघको उक्त टोलीले नेपालको एक हिमशिखर संसारको सर्वोच्च भागका रूपमा रहेको दाबी पनि गरे । भारतको तत्कालीन कम्पनी सरकारद्वारा उक्त नामकरण गरिँदा जर्ज ७५ वर्षका थिए । जर्ज एभरेष्ट सन् १८२५ देखि सन् १८४३ सम्म भारतका सर्वेयर जनरल थिए ।

विसं २०१३ सालमा इतिहासशिरोमणि बाबुराम आचार्यले उक्त पर्वतको नेपाली न्वारान गरी 'सगरमाथा' नाम राखिदिएका हुन । उनले यस पर्वतको नेपाली नाम 'शारदा' नामक पत्रिकामार्फत गरेका थिए ।

अन्य प्रयोगहरू[सम्पादन गर्ने]

प्रथम आरोहण[सम्पादन गर्ने]

सन् १९५२ को ग्रीष्म ऋतुमा स्वीस नागरिकहरूलाई सगरमाथा आरोहण गर्ने स्वीकृति दिएपछि सन् १९५३ सम्ममा बेलायती नागरिकहरूलाई सफल आरोहणको लागि अन्तिम मौका दिइएको थियो। सन् १९५४ मा फ्रेन्च नागरिकहरूलाई र सन् १९५५ मा स्वीस नागरिकहरूलाई आरोहण अनुमति दिइएको थियो। बेलायती हिमालयन समितिले उच्च पहाड एवम् हिमाल चढाइमा कीर्तिमान प्राप्त गरेका एक सेना अधिकृत जोहन हन्टलाई समूह नेताको (टिम लिडर) रूपमा नियुक्त गरेको थियो । उनले नेतृत्व गरेको समूहले सन् १९३६ मा सगरमाथाको साहसिक यात्रामा सफलता हासिल गर्न सकेन । हन्टको समूह ठूलो थियो । सिपटनका साथमा सन् १९५२ मा ऋजय इथग चढेका मानिसहरू पनि त्यहा समावेश भएका थिए। उक्त समूहमा जर्ज व्याण्ड ९न्भयचनभ द्यबलम०, टम वोर्र्डिन, चार्लस् इभन्स् ९ऋजबचभिक भ्खबलक०, अल्फ ग्रेगरी, एडमण्ड हिलारी, जर्ज लोवे, विलप|mेड न्वाइस, गि्रˆफीथ पध, माइकल वार्ड, टिम डाक्टर, मिखाइल वेष्टमाकोट र चार्लस वाइली ९ऋजबचभिक ध्थष्भि० समावेश भएका थिए। त्यसैबेला जेम्स मोरिसले पत्रिकाको लागि समाचार लेख्ने र टम स्टोवर्टले त्यस कार्यको फोटो खिच्ने कार्य गरेका थिए। तेन्जिङ्लाई शेर्पाहरूको सरदार भै आरोहण समूहमा समावेश हुन निमन्त्रणा गरिएको थियो। त्यस साहसिक यात्राका क्रममा आधार शिविरदेखि ल्होत्सेको मोहडासम्म पंक्तिबद्ध रूपमा शिविर स्थापना गरिएका थिए। उक्त यात्रामा दुई प्रकारका अक्सिजन उपकरणहरू प्रयोगमा ल्याइएका थिए।

मई २६मा विहान ७ बजे वोर्डेलो र इभान्स दुवैजना हन्ट एवम् नामग्याल शेर्पाको साथमा खोाचबाट शिविरतर्फ प्रस्थान गरे। वोर्डेलो र इभान्सले सुरूमा राम्रो प्रगति गरे पनि हिउा र अक्सिजन सेटको कारणले आरोहणमा ढिलाइ भयो। अन्त्यमा उनीहरूको प्रयास सफल भएन र तल झरे।

२८ मईको दिन हिलारी र तेन्जिङ् लोवे एवम् आङनिमाको सहयोगमा नवौं शिविरमा पुगे। मे १९को विहान ६.३०मा हिलारी र तेन्जिङ् माथि चढन सुरू गरे। दक्षिणी चुचुरोमा पुग्नुभन्दा अगाडि हिमपातका कारणले यात्रामा अवरोध आयो। यो अवस्थामा हिलारी त्रसित भए। एकातिर माथिबाट हिउाको पहिरो आइ ज्यान लिने स्थिति थियो, अर्कोतिर सगरमाथा शिखरमा पुग्ने एकमात्र मौका गुमाउन नहुने अवस्था थियो। उनीहरू विहान ९ बजे भिराले चढेर दक्षिणी टाकुरामा पुगिसकेका थिए। अन्तिम पर्वतधार चढन कठिन देखिन्थ्यो तर पनि उनीहरू धैर्यका साथ अगाडि बढे। यो नै अहिलेका प्रसिद्ध हिलारीको जटिल खुडकिलो थियो। त्यसपछि तेन्जिङ् र हिलारी सजिलैसाग शिखरमा पुगे। केहीबेरको आराम पछि बधाइको आदान प्रदान भयो। तेन्जिङ्बाट हिलारीले शिखर क्जयत लिए र मालोरी एवम् इरभाइनको सङ्केतका लागि उत्तरतिर चिहाए।

पर्वतारोहणको ऐतिहासिक तालिका[सम्पादन गर्ने]

  • सन् १८५२ भारतीय अनुसन्धान : भारतीय नापी अनुसन्धानबाट सगरमाथालाई विश्वको सर्वोच्च शिखरको रूपमा पहिचान गरी महासर्भेएर सर आन्ड्रयू वाह - क्ष्च ब्ष्लमचभध ध्बगनज)ले क्ष्च न्भयचनभ भ्खभचभकत नामाकरण गरे।
  • सन् १९२१ -संयुक्त अधिराज्य): राष्ट्रिय भौगोलिक समाज र संयुक्त अधिराज्यको अल्पाइन क्लबद्घारा त्जभ भ्खभचभकत ऋommष्ततभभ गठन गरियो।
  • सन् १९२१ -संयुक्त अधिराज्य) : हवार्ड वरी -ज्यधबचम द्यगचथ) र जि.एल्.मालोरी -न्।ी। ःबियचथ) २२,९०० फिट उचाइको उत्तरी पहाडी खोंचमा आरोहण गरे।
  • सन् १९२२ -संयुक्त अधिराज्य): पहिलो सगरमाथा आरोहणको जनरल् चार्लस् ९न्भल। ऋजबचभिक०को नेतृत्वमा जि.एल्.मालोरी ९न्।ी।ःबियचथ०, ई.एफ्.नर्टन ९भ्।ा।ल्यचतयल० र हवार्ड समरभेल ९ज्यधबचम क्omभचखभिभ० एवम् एकजना शेर्पा अक्सीजन विना २६००० फिटको -७९३९ मिटर) आरोहण गरे। गर्ज फिन्च ९न्भयचनभ ाष्लअज० र जे.जि.व्रस ९व्।न्।द्यचगअभ० अक्सीजन लिएर २७,३०० फिट -८३०० मिटर) उचाइमा पुगे।
  • सन् १९२४ -संयुक्त अधिराज्य) दोस्रो साहसिक यात्रामा जनरल चार्लसको नेतृत्वमा जनरल् चार्लस् ९न्भल। ऋजबचभिक० र ई.एफ्.नर्टन ९भ्।ा।ल्यचतयल० २८,१२६ फिट -७,५८० मिटर) उचाइमा पुगे। मालोरी ९ःबियचथ० र आन्ड्रयू अरभिन ९ब्लमचभध क्ष्चखष्लभ० २७,६०० फिटको उचाइमा वेपत्ता भए।
  • सन् १९३३ हृयू रटल्ज ९ज्गनज च्गततभिमनभ०को नेतृत्वमा गएको तेस्रो आरोहणमा २८१२६ फिट -७,५८० मिटर) उचाई चढने काम भयो।
  • सन् १९३५ -संयुक्त अधिराज्य): एरिक शिपटनले अनुसन्धान दलको नेतृत्व गरे।
  • सन् १९३६ -संयुक्त अधिराज्य): हग रटल्ज ९ज्गनज च्गततमभमनभ०को नेतृत्वमा गएको चौथो आरोहण दल खराब मौसमका कारण फर्कियो।
  • सन् १९३८ -संयुक्त अधिराज्य) एच. डब्लु. टिलमन ९ज्। ध्। त्ष्lmबल०को नेतृत्वमा भएको पाचौं आरोहण कार्य खराब मौसमको कारणले स्थगित गरियो।
  • सन् १९५० -संयुक्त अधिराज्य) एच. डब्लु. टिलमन९ज्।। ध्। त्ष्lmबल० र चार्लस हुस्टन ९ऋजबचभिक ज्यगकतयल०ले खुम्बु हिमनदीको निरीक्षण गरे।
  • सन् १९५१ -संयुक्त अधिराज्य) ई. शिपटन ९भ्। क्जष्उतयल०ले शिखरमा जाने दक्षिण बाटोको निरीक्षण गरे।
  • सन् १९५२ -स्वीजरल्याण्ड) ई. वाईस डुनन्ट ९भ्। ध्थकक-म्गलबलत०को नेतृत्वको प्रथम आरोहण कार्य वषरा अघिको मौषममा सम्पन्न भयो। रेमण्ड लम्बर्ट ९च्बymयलम ीamदभचत० र तेन्जीङ्ग नोर्गे २८,२०० फिट -८,६०० मिटर) उचाईमा पुगे।
  • सन् १९५३ -संयुक्त अधिराज्य)ः कर्नेल जोहन हन्ट ९ऋय। िव्यजल ज्गलत०को नेतृत्वमा आरोहण दलका एडमण्ड हिलारी ९भ्dmगलम ज्ष्िबचथ० र तेन्जीङ्ग नोर्गे ९त्भलशष्लन ल्यचनबथ० मे २९को दिन सगरमाथाको शिरमा पुगे।

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

  1. Based on elevation of snow cap, not rock head. For more details, see Measurement.
  2. The position of the summit of Everest on the international border is clearly shown on detailed topographic mapping, including official Nepalese mapping.
  3. The WGS84 coordinates given here were calculated using detailed topographic mapping and are in agreement with adventurestats. They are unlikely to be in error by more than 2". Coordinates showing Everest to be more than a minute further east that appeared on this page until recently, and still appear in Wikipedia in several other languages, are incorrect.
  4. सगरमाथा र झ्यामोलोङ्मो : नेपाली गद्य सङ्ग्रह, भाग १।
  5. http://www.harappa.com/engr/darjeeling.html#everest