नेपाली भाषा

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
नेपाली
नेपाली Nepālī
बोलिने क्षेत्रहरू: नेपाल, भारत, भुटान
क्षेत्र: दक्षिण एशिया
कुल प्रयोगकर्ता: मातृभाषी - १.७ करोड[१], कुल - करिब ४ करोड

मुन पौश 

श्रेणी ५६
भाषा परिवार: भारोपेली
 भारतीय-इरानी
  भारतीय-आर्य
   पहाडी(उत्तरी क्षेत्र)
    पूर्वी पहाडी
     नेपाली
Language codes
ISO 639-1: none
ISO 639-2:
ISO 639-3:

नेपाली भाषा नेपालको राष्ट्रभाषा र सम्पर्क भाषा (en:Lingua Franca) तथा भारत, भुटानबर्माको केही भागमा मातृभाषाको रूपमा बोलिने भाषा हो। यो भाषा आर्य-भारोपेली समुहमा पर्दछ। यो भाषा नेपाल र भारत को आधिकारीक (सरकारी काम काजको) भाषा हो। नेपालका करीव आधा जनसंख्याले आफ्नो मातृभाषाको रूपमा यो भाषा बोल्ने गर्दछन्। देवनागरी लिपिमा लेखिने यो भाषामा २ किसिमका वर्णमाला छन्। स्वरवर्णमा १२ र व्यञ्जनबर्णमा ३६ वटा वर्णहरू रहेका छन्। अक्षरको लेखन र उच्चारण एउटै हुने यो भाषा सिक्न असाध्यै सजिलो भएका कारण यसको लोकप्रियता बढेको हो।

नेपाली भाषा बिभिन्न समयमा बिभिन्न नामले चिनिन्थ्यो। खस कुरा, पर्वते भाषा तथा गोर्खाली भाषा आदि। यी मध्ये खस कुरा सबैभन्दा पुरानो नाम हो। खस जातीहरूले बोल्ने भाषा भएको हुनाले यसलाई खस भाषा भनिएको हो। यो भाषा पश्चिम नेपालको कर्णाली क्षेत्रमा विकशित भएर पूर्व तर्फ फैलदै गएको हो। खस कुरा पश्चिम नेपालको मगर जातीहरूले बोल्ने भाषा खाम कुरा संगै विकसित भएर अगाडी बढेको मानिन्छ।

विषयसूची

[सम्पादन गर्ने] इतिहास

नेपाली भाषा आर्य - भारोपेली समूहको भाषा हो, जुन नेपाल लगायत भारत, भुटान र बर्माको केही भागमा बोलिन्छ। यो भाषाको विकास 'संस्कृत' र यसको अपभ्रंस रूप 'पाली' हुँदै भएको मानिन्छ. यसको उत्पत्ति थलोको रूपमा हालको कर्णाली अञ्चल स्थित जुम्ला जिल्ला को सिंजा उपत्यका लाई मानिएको छ। पछिल्लो भाषिक अनुमानमा विश्वभरी छरिएका लगभग २ करोड १० लाख जतीले नेपाली भाषालाई मातृभाषाको रूपमा अपनाएका छन् भने अरू १ करोड भन्दा बढी मानिसको यो दोस्रो भाषा हो।

नेपाली भाषा सबै भाषाभाषीहरुका बिच सम्पर्क कायम गर्न सजिलो र लोकप्रिय भएको नातालेनैं राष्ट्रभाषा हुनगएको हो। यसको एतिहासिकता लाई ध्यान दिने हो भने, विशाल नेपालको एकीकरण हुनुभन्दा धेरैबर्षअगाडिदेखि नेपाली भाषा पूर्वमा ब्रम्हपुत्र र पश्चिममा काश्मिरसम्म प्रचलित भइसकेको थियो। भाषाविद्भानुभक्त पोखरेल लेख्छन् - नेपाल एकीकरण हुनुभन्दा पाँच - सातसय बर्षअघिदेखिनै यसभूभागका राजारजौटाहरुकाले परम्परा पत्राचार, संधि संझौता गर्ने तत्कालीन अन्तर्राज्यीय भाषा नेपालीनै थियो। नेपाल एकीकरण अभियानमा पृथ्वीनारायण शाहले बाइसी, चौबिसे, लिम्बुवान, खम्बुहाङ, आदिका अपुङ्गी टुक्रे राजाहरुसित व्यवहार गर्ने भाषा पनि नेपालीनै थियो। नेपाली भाषा सम्पूर्ण जातजातिको अन्तरजातीय भाषा हो। पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नुभन्दा अगाडि कान्तिपुरका राजालक्ष्मीनरसिंह मल्ल र उनका छोराप्रतापमल्ल को समयमा नेपाली भाषामा लेखिएका प्रसस्त अभिलेखहरु पाइन्छन्। त्यस्तैजगतप्रकाश मल्ल,भूपतेन्द्र मल्ल,भास्कर मल्लजयप्रकाश मल्ल ले पनि पनि नेपाली भाषामा लेखापढी गरेका थुपै प्रमाणहरु छन्।

विशाल नेपालको सिर्जना हुनुभन्दा अगाडि नेपाली भाषा यहाँका साना राज्यहरुमा केही मात्रामा प्रचलित भइसकेकाले पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकीकरणमा सजिलो पनि हुनगएको थियो। इतिहासविद् शंकरमान राजबंशी ले लेख्नुभएको पुरातत्त्व संग्रह २०१८ मा मोरङका राजा हरिश्चन्द्र सेनबृषशेनको स्याहामोहर ,विक्रम सम्वत् १७१९ पौषमा नेपालीभाषामा लेखिएका कागजपत्रहरु र मकवानपुरका राजा माणिकसेनले श्री गोर्साई लाई नेपाली भाषामा लेखिएका स्याहामोहर र विक्रम सम्वित् १७८४ कार्तिक भनेर लेखिएका र विजयपुरबाट बुद्धिकर्ण रायले विक्रम सम्वत् १८२४ नेपाली भाषामा लेखिएका कागजपत्रहरु भएको कुरा उल्लेखछ। नेपाली भाषा, हिन्दी, मैथिली,भोजपुरी, बैगाली, गडवाली भाषाहरु संस्कृतका सन्तान हुन्। नेपालमा लिच्छवि शासनकालभर संस्कृत भाषाले राष्ट्रभाषको स्थान ओगटेको थियो। मल्लकालमा संस्कृत, नेपाली भाषा र नेवारी लगायत स्थानीय भाषाहरु चलनचल्तिमा आएका देखिन्छ। नेपालको एकीकरण हुनुभन्दा पहिला काठमाडौँबाट गोरखा, लम्जुङ्ग, कास्की वा जनकपुर जानेहरुले नेपाली भाषामैं बोल्नेगर्थे। त्यही हिसाबले नेपाली भाषा ब्रम्हपुत्रदेखि कास्मिरसम्म चलनचल्तीमा आइसकेको थियो।

दार्जीलिङ्गका विद्वान पारसमणि प्रधानले भनेका थिए- नेपाली भाषा कुनै निश्चित जात वा जातिको भाषा होइन। यसलाई बाहुन, क्षेत्री लगायत गरुङ, मगर, राई, लिम्बु, नेवार, तामाङ आदि जातले आआफ्नो बोली छँदाछँदै पनि नेपाली भाषालाई मातृभाषा भनी अपनाएका छन्। यसो गर्नाले एउटा विशाल नेपाली जातिको सृष्टि भएको छ। पहिलेको खस बोली खसभाषामा परिणत भएर गोर्खा वा गोर्खाली भाषा हुन पुगेको र अहिले तमाम नेपाली जातिको भाषा हुनपुगेकोछ। यति मात्र होइन भारतका आसाम, मणिपुर, दार्जिलिङ्ग, उत्तराञ्चलको देहरादून, अलमोडा लगायत भारतका अनेकौं ठाउँमा रहेका नेपालीहरुको प्रियभाषाको रुपमा नेपाली भाषा पूजनीय भइरहेको र भारत सरकारले सरकारी भाषा सरह्रको मान्यता दिएर नेपाली भाषालाई अन्तराष्ट्रिय मान्यता गरेको छ।

नेपाल विभिन्न जाति, भेषभूषा, भाषभाषीहरुको थलो हो। यहाँ जम्माजम्मी १२४ भाषाहरु छन्। ती मध्ये ४०।५० भाषाहरु विकसित अवस्थामा छन्। मैथिली, भोजपुरी, अवधि, मगर, गुरुङ, तामाङ, शेर्पा, नेवार, थारू, राजबंशी, लिम्बु, राई, थकाली, सुनुवार, सतार, उर्दू भाषा आदि आआफ्नो समुदायमा लोकप्रिय छ। भाषाको हिसाबले नेपाल धेरै धनी छ। अशोक श्रेष्ठ लेख्छन् - बाइसे, चौबिसे राज्यको अवधारणा लिएर आन्दोलित हुनु आफैमा वौद्धिक बहुलठ्ठीपन बाहेक केही होइन। हामी सबै जातजाति, प्रजातीहरुले नेपालको एकीकरण हुँदाको अवस्थादेखिनैं विशाल नेपालको राष्ट्रिय मूलधारमा विलय गरिसकेका छौं? यस बारेमा युवाकविश्रवण मुकारुङ लेख्छन् - नेपाली भाषा नेपाली जातिको पहिचान भएको छ। नेपाली भाषाको यो व्यक्तित्व तयार हुनमा राजतीतिक, सामाजिक धेरै कारण होलान्। मुलकारण यसलाई अङ्गिकार गर्ने नेपाली जनतानैं हुन् जस्ले नेपाली भाषालाई आफ्नो जीवन पद्धतिसँग जोडे।[२]


[सम्पादन गर्ने] व्याकरण

नेपाली साहित्य लाई नेपाली उखान-टुक्का तथा गाउँ खाने कथा आदिले एकदमै रोचक र धनी बनाएको छ।

  • पुरुष: प्रथम पुरुष = म, हामी ; द्वितिय पुरुष = तँ, तिमि, तपाईं; तृतिय पुरुष = उ, उनी, उनीहरु
  • वचन : एक वचन = म, तिमी, ऊ, उनी, तिनी, त्‍यो ; बहु वचन = हामी, तिमीहरु, उनीहरु, तिनीहरु

[सम्पादन गर्ने] शब्दकोष

[सम्पादन गर्ने] व्याकरण पुस्‍तकहरु

[सम्पादन गर्ने] विदेशमा नेपाली भाषा

[सम्पादन गर्ने] श्रोतहरु

  1. Nepali language at Omniglot.com
  2. id = 677 "राष्ट्रभाषामा किन विवाद" 

[सम्पादन गर्ने] बाहिरी लिंकहरू

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा