उत्तराखण्ड

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
 {{{राज्यको नाम}}} 

भारतको मानचित्रमा

स्थापना
राजधानी देहरादुन
सबैभन्दा ठूलो सहर
जनसंख्या ८,४७९,५६२
 - घनत्व १५८ /किमी²
लिंगानुपात {{{लिंगानुपात}}}
जातिहरू {{{जातिहरू}}}
धर्म {{{धर्म}}}
साक्षरता प्रतिशत {{{साक्षरता प्रतिशत}}}
पुरुष साक्षरता प्रतिशत {{{पुरुष साक्षरता प्रतिशत}}}
महिला साक्षरता प्रतिशत {{{महिला साक्षरता प्रतिशत}}}
क्षेत्रफल {{{क्षेत्रफल}}} किमी² 
 - जिल्ला संख्या
सरकारी भाषा
राज्यपाल श्रीमति मार्गरेट अल्वा
मुख्यमन्त्री
विधायिका
आइएसओ संक्षेप IN-UK

परिचय[सम्पादन गर्ने]

उत्तराखण्ड भारतको एक प्रान्त हो जुन भारतको उत्तरमा स्थित छ। यस प्रान्तलाई ९ नोभेम्बर २०००मा उत्तर प्रदेशबाट छुट्याएर नयाँ प्रान्तको दर्जा दिइयो, र यो प्रान्त गणतन्त्र भारतको २७ औं राज्य बन्यो। [१] यसको सिमानाहरू उत्तरमा चीनको श्वशासित प्रदेश तिब्बतसँग जोडिएको छ, पूर्वमा यो प्रान्त नेपाल सँग जोडिएको छ, दक्षिणमा यो प्रान्त उत्तर प्रदेश सँग जोडिएको छ, हरियाणा यस प्रान्तको पश्चिममा छ भने हिमाचल प्रदेश उत्तर-पश्चिममा स्थित छ।

इतिहास[सम्पादन गर्ने]

यो प्रान्त मानस खण्डको कुर्माञ्चल अथवा कुमाऊँ नामबाट चन्द राजाहरूको शासन कालमा प्रचलित भयो। कुर्माञ्चल माथि चन्द राजाहरूको शासन कत्यूरीहरू पछि प्रारम्भ भयेर सन १७९० सम्म रह्यो। सन १७९०मा नेपालको गोर्खा सेनाले कुमाऊँ माथि आक्रमण गरेर कुमाऊँ राज्यलाई आफ्नो आधीन गर्‍यो। गोर्खाहरूको कुमाऊँ माथि सन १७९० देखि १८१५ सम्म शासन रह्यो। सन १८१५मा अङ्ग्रेजहरू सँग युद्ध पराजित भये पछि गोर्खा र अङ्ग्रेजहरू बीच सुगौली संधि भयो। सुगौली सन्धिमा उल्लेखित क्षेत्र अङ्ग्रेजहरूलाई सुम्पेर नेपाल फिर्ता भयो। तर अङ्ग्रेजहरूले कुमाऊँको शासन चन्द राजाहरूलाई न दियेर ईस्ट इण्डिया कम्पनीको अधीन गरि दियो। यस प्रकार कुमाऊँ माथि अङ्ग्रेजहरूको शासन १८१५ देखि आरम्भ भयो र अन्तमा ब्रिटिशहरू गये पछि यो प्रान्त भारतको उत्तर प्रदेशमा गाभियो। सन २०००मा यस क्षेत्रलाई उत्तराखण्ड नाम दियेर छुट्टै प्रान्त बनाईयो।

राज्यको स्थापना[सम्पादन गर्ने]

भारतको तीन नयाँ प्रान्त झारखण्ड, छत्तीसगढ र उत्तराखण्ड ९ नवम्बर सन् २००० का दिन स्थापना भएका हुन्। पहिले यि प्रदेशहरू क्रमश: बिहार, मध्य प्रदेशउत्तर प्रदेश प्रान्तमा थिए। उत्तराखण्डको पुरानो नाम उत्तराँचल राखिएको थियो। सन् २००५मा तत्कालीन मुख्य मन्त्री श्री नारायण दत्त तिवारीले जनता र प्रशासनीक विभाजकको माग अनुसार उत्तराँचलको नाम बदलेर उत्तराखण्ड बनाएका थिए।

उत्तराखण्डका जिल्लाहरू[सम्पादन गर्ने]

उत्तराखण्ड राज्यलाई कुमाउ मण्डल र गढवाल मण्डल गरी दुई छुट्टा छुट्टै मण्डलहरूमा विभाजित गरिएको छ। उत्तराखण्ड राज्यमा जम्मा १३ वटा जिल्लाहरू छन्। तिनका नामहरू यस प्रकार रहेका छन्।

  • कुमाउ मण्डलका जिल्लाहरू
  1. अल्मोडा
  2. बागेश्वर
  3. नैनिताल
  4. पिथौरागढ
  5. चम्पावत
  6. उधम सिँह नगर
  • गढवाल मण्डलका जिल्लाहरू
  1. पौडी
  2. टिहरी
  3. चमौली
  4. रुद्र प्रयाग
  5. उत्तरकाशी
  6. देहरा दुन
  7. हरिद्वार

यि जिल्लाहरूमा हरिद्वार र उधम सिँह नगर बाहेक अरु सबै पहाडी जिल्ला हुन्।

श्रोत[सम्पादन गर्ने]

  1. Uttarakhand Govt. of India, Official website.

माताको दूध शिशुलाई शिक्षा मातृभाषामा,

प्रभाव पर्छ सृस्‍टिलाई प्रकाशको गतिमा।.... यी माथिका हरफ मेघालय शिलोंगका नेपालीभाषी पुस्तक ब्यबसायी श्री बिष्णु गौतमले बिगत ५ वर्ष देखि जोड तोडका साथ प्रचार प्रसार गर्दै आएका छन् । उनले प्रकाशन गरेका पुस्तक, बिजक, लेटर प्याड, पुस्तक सुची जताततै यी हरफ देख्न पाइन्छ । नेपाली, अंग्रेजी, खासी र बंगाली भाषामा लेखिएका यी हरफले मातृभाषाको शक्तिले सृष्टिको रक्षा र यस सुन्दर बहुरंगी विश्व-बाटिकालाइ द्रुत गतिमा सुमुन्नत बनाउन टेवा मिल्ने संदेश दिन्छ ।.

जन्मेपछि सम्बाद गर्न सिकेको पहिलो भाषा नै मानिसको मातृभाषा हो । संसारमा ज्ञान, सोच र कल्पनाको बहुरंगी विविधता कायम राख्न पनि मातृभाषालाइ बचाईराख्न र विकास गर्न जरुरि छ । मातृभाषामा दिइने शिक्षाले सम्बन्धित भाषा त्यसको लिपि, जातीय संस्कार र संस्कृतिको विकास तथा समाजमा उत्प्रेरणा र चेतनाको अभिवृद्धि हुन्छ । यदि कुनै भाषा लोप भएर गयो भने त्यस जतिको संस्कृति पनि लोप भएर जान्छ । संस्कृतिक सम्वृद्धिमा सबैभन्दा ठूलो योगदान भाषाको नै हुन्छ । मातृभाषामा दिइने अभिव्यक्ति सबैभन्दा परिपूर्ण र सहज हुन्छ । यदि मातृभाषा सम्पन्न भयनन भने संसारमा धेरै कारोबार हुने सम्पर्क भाषाको अवस्था पनि खोक्रो हुन जानेछ । ससाना हजारौ मातृभाषाका कारणले नै संसारका सम्पर्क भाषा सम्पन्न र हराभरा भएका हुन् । यदि कारोबारी भाषामा लिप्त भएर मातृभाषाको लोप भयो भने ज्ञान बिज्ञानको संसार उराठिलो मरुभूमि जस्तो बन्ने छ । त्यसैले शिक्षा मातृभाषामै हुनु पर्छ । मातृभाषा मानिसको मौलिक ज्ञान, शिप सृजनाको खजाना हो । यस्तो महत्वपूर्ण खजानाको रक्षामा ध्यान नदिएर क्षणिक लाभको निम्ति कारोबारमा चलेका भाषामा मात्र लिप्त हुनु समाजको भविस्य माथि गरेको बेइमानी र बाल अधिकारको हनन हो ।.

प्रसिद्ध साहित्यकार रवीन्द्रनाथ टैगोरले भनेका छन्, ‘मातृभाषामा शिक्षा पाउनु मानिसको जन्मसिद्ध अधिकार हो । हामी जसरी आमाको कोखमा जन्मेका हौं त्यसैगरी मातृभाषा पनि हाम्रो कोख हो । यी दुवै आमा हाम्रालागि सधैं सजीव र अपरिहार्य छन् ।’ उनले मातृभाषाको महत्त्वलाई बुझे र बुझाउने कोसिस गरे । प्रसिद्ध राजनीतिज्ञ नेलसन मण्डेलाले भनेका छन्- इफ यू स्पिक टु अ म्यान इन अ ल्याङ्वेज ही अन्डरस्ट्यान्डस, इट गोज् टु हिज माइन्ड बट इफ यू स्पिक इन हिज ल्याङ्वेज इट गोज टु हिज हर्ट । यदि कसैसँग उसले बुझ्ने भाषामा कुरा गर्नुभयो भने त्यो कुरा उसको दिमागमा मात्र पुग्छ । यदि उसको मातृभाषामा भन्नुभयो भने मुटुसम्म पुग्छ । मण्डेलाले मातृभाषाको द्रुत असरलाई प्रस्ट्याए ।.

संयुक्त राष्ट्रसंघको अध्ययनअनुसार यतिबेला कारोबारमा नचलेका करिब ५३०० मातृभाषा संकटमा परेका छन् । शिक्षामा मातृभाषाको महत्त्वलाई नजरअन्दाज गरेर अबको शिक्षानीति बनाइयो भने सामाजिक र राष्ट्रिय मात्र होइन मानव जातिकै अस्तित्व संकटमा आउन सक्ने स्थिति बन्नेछ । संयुक्त राष्ट्रसंघमा सन् १९९९ बाट यस मुद्दाले स्थान पाइसकेको छ । अब यसलाई संसारभरि उपयुक्त कार्यान्वयनको खाँचो छ ।. _____________________________________________________________________________________

सर्व शिक्षा मातृभाषामा नहुनु सुक्षम गतिमा दास हुनु हो |

बग्ने पानी पुग्दैन वर्षा नै चाईन्छ, सुसम्पन्न समाज बनाउन सर्व मातृभाषा मा शिक्षा चाईन्छ