उत्तराखण्ड

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
 उत्तराखण्ड 

भारतको मानचित्रमा उत्तराखण्ड

स्थापना
राजधानी देहरादुन
सबैभन्दा ठूलो सहर
जनसंख्या ८,४७९,५६२
 - घनत्व १५८ /किमी²
लिंगानुपात {{{लिंगानुपात}}}
जातिहरू {{{जातिहरू}}}
धर्म {{{धर्म}}}
साक्षरता प्रतिशत {{{साक्षरता प्रतिशत}}}
पुरुष साक्षरता प्रतिशत {{{पुरुष साक्षरता प्रतिशत}}}
महिला साक्षरता प्रतिशत {{{महिला साक्षरता प्रतिशत}}}
क्षेत्रफल {{{क्षेत्रफल}}} किमी² 
 - जिल्ला संख्या
सरकारी भाषा
राज्यपाल श्रीमति मार्गरेट अल्वा
मुख्यमन्त्री
विधायिका
आइएसओ संक्षेप IN-UK

विषयसूची

परिचय [सम्पादन गर्ने]

उत्तराखण्ड भारतको एक प्रान्त हो जुन भारतको उत्तरमा स्थित छ। यस प्रान्तलाई 9 नोभेम्बर 2000मा उत्तर प्रदेशबाट छुट्याएर नयाँ प्रान्तको दर्जा दिइयो, र यो प्रान्त गणतन्त्र भारतको २७ औं राज्य बन्यो। [१] यसको सिमानाहरू उत्तरमा चीनको श्वशासित प्रदेश तिब्बतसँग जोडिएको छ, पूर्वमा यो प्रान्त नेपाल सँग जोडिएको छ, दक्षिणमा यो प्रान्त उत्तर प्रदेश सँग जोडिएको छ, हरियाणा यस प्रान्तको पश्चिममा छ भने हिमाचल प्रदेश उत्तर-पश्चिममा स्थित छ।

इतिहास [सम्पादन गर्ने]

यो प्रान्त मानस खण्डको कुर्माञ्चल अथवा कुमाऊँ नामबाट चन्द राजाहरूको शासन कालमा प्रचलित भयो। कुर्माञ्चल माथि चन्द राजाहरूको शासन कत्यूरीहरू पछि प्रारम्भ भयेर सन १७९० सम्म रह्यो। सन १७९०मा नेपालको गोर्खा सेनाले कुमाऊँ माथि आक्रमण गरेर कुमाऊँ राज्यलाई आफ्नो आधीन गर्‍यो। गोर्खाहरूको कुमाऊँ माथि सन १७९० देखि १८१५ सम्म शासन रह्यो। सन १८१५मा अङ्ग्रेजहरू सँग युद्ध पराजित भये पछि गोर्खा र अङ्ग्रेजहरू बीच सुगौली संधि भयो। सुगौली सन्धिमा उल्लेखित क्षेत्र अङ्ग्रेजहरूलाई सुम्पेर नेपाल फिर्ता भयो। तर अङ्ग्रेजहरूले कुमाऊँको शासन चन्द राजाहरूलाई न दियेर ईस्ट इण्डिया कम्पनीको अधीन गरि दियो। यस प्रकार कुमाऊँ माथि अङ्ग्रेजहरूको शासन १८१५ देखि आरम्भ भयो र अन्तमा ब्रिटिशहरू गये पछि यो प्रान्त भारतको उत्तर प्रदेशमा गाभियो। सन 2000मा यस क्षेत्रलाई उत्तराखण्ड नाम दियेर छुट्टै प्रान्त बनाईयो।

राज्यको स्थापना [सम्पादन गर्ने]

भारतको तीन नयाँ प्रान्त झारखण्ड, छत्तीसगढ र उत्तराखण्ड ९ नवम्बर सन् २००० का दिन स्थापना भएका हुन्। पहिले यि प्रदेशहरू क्रमश: बिहार, मध्य प्रदेशउत्तर प्रदेश प्रान्तमा थिए। उत्तराखण्डको पुरानो नाम उत्तराँचल राखिएको थियो। सन् २००५मा तत्कालीन मुख्य मन्त्री श्री नारायण दत्त तिवारीले जनता र प्रशासनीक विभाजकको माग अनुसार उत्तराँचलको नाम बदलेर उत्तराखण्ड बनाएका थिए।

उत्तराखण्डका जिल्लाहरू [सम्पादन गर्ने]

उत्तराखण्ड राज्यलाई कुमाउ मण्डल र गढवाल मण्डल गरी दुई छुट्टा छुट्टै मण्डलहरूमा विभाजित गरिएको छ। उत्तराखण्ड राज्यमा जम्मा १३ वटा जिल्लाहरू छन्। तिनका नामहरू यस प्रकार रहेका छन्।

  • कुमाउ मण्डलका जिल्लाहरू
  1. अल्मोडा
  2. बागेश्वर
  3. नैनिताल
  4. पिथौरागढ
  5. चम्पावत
  6. उधम सिँह नगर
  • गढवाल मण्डलका जिल्लाहरू
  1. पौडी
  2. टिहरी
  3. चमौली
  4. रुद्र प्रयाग
  5. उत्तरकाशी
  6. देहरा दुन
  7. हरिद्वार

यि जिल्लाहरूमा हरिद्वार र उधम सिँह नगर बाहेक अरु सबै पहाडी जिल्ला हुन्।

श्रोत [सम्पादन गर्ने]

  1. Uttarakhand Govt. of India, Official website.