ब्राह्मण
ब्राह्मण हिन्दू समाजको एक जाति हो | ब्राह्मणलाई विद्वान, सभ्य तथा शिष्ट मानिन्छ। एतिहासिक रूपले हिन्दू समाज मा, व्यवसाय-आधारित चार वर्ण छन्। ब्राह्मण (आध्यात्मिकता का लागि उत्तरदायी), क्षत्रिय (धर्म रक्षक), वैश्य (व्यापारी र कॄषक वर्ग) तथा शूद्र (शिल्पकार, श्रमिक समाज)। प्राचिन समयमा व्यक्तिको विशेषता, आचरण एवं स्वभावबाट उसकी जाति निर्धारित हुन्थ्यो। विद्वान, शिक्षक, पण्डित, बुद्धिजीवी, वैज्ञानिक तथा ज्ञान-अण्वेषक ब्राह्मणहरूका श्रेणीमा आउँथे |
यस्क मुनिको निरुक्त शास्त्रका अनुसार - ब्रह्म जानाति ब्राह्मण:—ब्राह्मण त्यो हो जो ब्रह्म (अन्तिम सत्य, ईश्वर या परमज्ञान) लाई जान्दछ। अतः ब्राह्मणको अर्थ- "ईश्वर ज्ञाता" |तर हिन्दू समाजमा एतिहासिक स्थिति यो छ कि पारम्परिक पूजारी तथा पण्डित नै ब्राह्मण हुन्छन्।
किन्तु आजकल धेरै ब्राह्मणहरू धर्म-निरपेक्ष व्यवसाय गर्छन् तथा उनीहरूको धार्मिक परम्परा उनीहरूको जीवनबाट लुप्त हुदैं गईरहेको छ | यद्यपि नेपाली जनसंख्यामा ब्राह्मणहरूको प्रतिशत कम छ, तथापि धर्म, संस्कॄति, कला, शिक्षा, ज्ञान-विज्ञान तथा उद्यमका क्षेत्रमा यीनीहरूको योगदान अपरिमित छ |
इतिहास [सम्पादन गर्ने]
ब्राह्मण समाजको इतिहास प्राचीन भारतबर्षको वैदिक धर्मबाट आरम्भ हुन्छ | "मनु-स्मॄति" का अनुसार आर्यवर्त वैदिक व्यक्तिहरूको भूमि हो | ब्राह्मण व्यवहारको मुख्य स्रोत वेद हो | ब्राह्मणहरूका सबै सम्प्रदाय वेदबाट प्रेरणा लिन्छन् | पारम्परिक मान्यता अनुसार यो विश्वास छ कि वेद अपौरुषेय (कुनै पनि मानव/देवताले नलेखेको) तथा अनादि हो, | वेदलाई श्रुति मानिन्छ (श्रवण हेतु, जो मौखिक परम्पराको द्योतक हो) |
धार्मिक तथा सांस्कॄतिक रीतिहरू एवं व्यवहारमा विविधताहरूको कारण, ब्राह्मण समाज विभिन्न उपजातिहरूमा विभाजित छ | सूत्र काल मा, लगभग १००० ई.पू देखि २०० ई.पू , सम्म वैदिक अङ्गीकरणका आधारमा, ब्राह्मण विभिन्न शाखाहरूमा बाँढिन लागे | प्रतिष्ठित विद्वानहरूको नेतॄत्वमा, एकै वेदका विभिन्न नामहरूमा पृथक-पृथक शाखाहरू बन्न लागे | यी प्रतिष्ठित ऋषिहरूका शिक्षाहरूलाई सूत्र भनिन्छ | प्रत्येक वेदका अफ्नै सूत्र छन् | सामाजिक, नैतिक तथा शास्त्रानुकूल नियमहरूका सूत्रहरूलाई धर्म सूत्र भनिन्छ, आनुष्ठानिकहरूलाई श्रौत सूत्र तथा घरेलु विधिशास्त्रहरूको व्याख्या गर्नेलाई गॄह् सूत्र भनिन्छ | सूत्र सामान्यतया पद्य वा मिश्रित गद्य-पद्यमा लिखिएका छन् |
ब्राह्मण शास्त्रज्ञहरूमा प्रमुख अग्निरस , अपस्तम्भ , अत्रि , बॄहस्पति , बौधायन , दक्ष , गौतम , हरित , कात्यायन , लिखित , मनु , पाराशर , समवर्त , शंख , शत्तप , ऊषानस , वशिष्ठ , विष्णु , व्यास , यज्ञवल्क्य तथा यम | यी एक्काईस् ऋषि स्मॄतिहरूका रचयिता थिए| स्मॄतिहरूमा सबभन्दा प्राचीन अपस्तम्भ , बौधायन , गौतम तथा वशिष्ठ छन्।
|
||||||||||||||||||||||||||||||||||
ब्राह्मणका थरहरू [सम्पादन गर्ने]
ब्राह्मणहरू मुख्यत: दुई प्रकारका हुन्छन्: उपाध्याय र जैसी
त्यसमा पनि निम्न प्रकारका थरहरू भेटिन्छन्।
- A अ – Acharya (आचार्य), Adhikari (अधिकारी), Arjel (अर्जेल)/Arjyal (अर्ज्याल)/Aryal (अर्याल), Awasthi (अवस्थी)
- Ā आ – Atreya (आत्रेय),
- B ब – Badal (बडाल), Banskota (बास्कोटा), Baral (बराल), Bastakoti (बस्ताकोटी), Bastola (बास्तोला), Basyal/Bashyal/Basel (बस्याल/ बश्याल/ बसेल)
- Bh भ – Bhandari (भन्डारी), Bhatta (भट्ट), Bhattarai (भट्टराई), Bhetuwal (भेटुवाल), Bhurtel (भुर्तेल), Bhusal (भुसाल / भुषाल)
- Ch च – Chalise (चालिसे), Chapagain (चापगाईँ), Chataut (चटौत), Chaulagain (चौलागाई)/चाम्लागांइ, Chiluwal (चिलुवाल)
- D द – Dahal (दहाल), Devkota (देवकोटा)
- D ड – Dallakoti (डल्लाकोटी), Dumre (डुम्रे)
- Dh ढ – Dhakal (ढकाल), Dhungel (ढुङ्गेल), Dhital (धिताल)
- G ग – Gajurel (गजुरेल), Gaudel (गौडेल), Gautam (गौतम), Gotame (गोतामे), Guragain/Gurangain (गुरागाईँ), Gyanwali (ज्ञवाली), Gaire (गैरे), Gauli (गौली)
- Gh घ – Ghimire (घिमिरे)
- H ह – Humagain (हुमगाईँ)
- J ज – Jaisi(जैसी), Joshi (जोशी)
- K क – Kafle (कफ्ले/काफ्ले), Kalakheti (कलाखेती), Kandel (कंडेल)/Kadel (कडेल), Koirala (कोइराला)
- Kh ख – Khanal (खनाल), Khatiwada (खतिवडा), Kharel (खरेल), Khakurel (खकुरेल)
- L – Lamsal(लम्साल), Lekhak (लेखक), Lohani (लोहनी)
- M म – Mainali (मैनाली), Maratha (मराठा), Mishra (मिश्र)
- N – Nepal (नेपाल), Neupane (नेउपाने/न्यौपाने), Niraula (निरौला), Nyaupane (न्यौपाने)
- O ओ – Ojha (ओझा), Oli (ओली/वली)
- P प – Prasai(n) (प्रसाईं), Parajuli(पराजुली), Pageni (पंगेनी/पङ्गेनी), Pandey (पाँडे/पाण्डे), Pandit (पण्डित), Pant (पन्त), Pathak (पाठक), Pokhrel(पोख्रेल)/Pokharel (पोखरेल), Paudyal (पौड्याल)/Poudyal/Paudel (पौडेल), Pudasiani (पुडासैनी), Pyakurel (प्याकुरेल), Panthi (पन्थी)
- Ph फ – Phuyal (फुयाल)
- R र – Regmi (रेग्मी), Rijal (रिजाल), Rimal (रिमाल), Rishal (रिशाल)
- Sh श – Sharma (शर्मा), Shivakoti (शिवाकोटी)
- S स – Sangraula (संग्रौला), Sapkota (सापकोटा), Satyal (सत्याल), Sedhain (सेढाई), Sigdel (सिग्देल), Simkhada (सिम्खडा),Subedi (सुवेदी),
- T त – Timsina(तिम्सिना)/Timilsina (तिमल्सेना/तिमील्सिना), Tiwari (तिवारी), Tripathi (त्रिपाठी)
- Th थ – Thapaliya (थपलिया)
- W व – Wagle (वाग्ले)
- U उ – Upadhyaya (उपाध्याय), Upreti/Uprety (उप्रेती)