भीमनिधि तिवारी

नेपाली विकिपीडियाबाट

यसमा जानुहोस्: अन्वेषण, खोज

साहित्यकार भीमनिधि तिवारीको जन्म वि.सं. १९६८ मा काठमाडौँको डिल्लीबजारमा भएको थियो । पिता लालनिधि र माता नन्दकुमारी तिवारीका सुपुत्र भीमनिधिले सात वर्षको हुँदा मातृवात्सल्य गुमाए । राणाकालीन समयमा आफ्नै रूचिमा पाठशाला खोलेर चलाउने शिक्षाप्रेमी तिवारीले वि.सं. १९९५ मा नेपाली साहित्य प्रेस खोले । २००६ सालतिर नेपाल नाटक संघ खोले । ३२ वर्ष सरकारको अटुट सेवा गरेका तिवारी उपसचिव पदमा पुगेपछि सेवा निवृत्त भए । उनका काव्यात्मक कृतिहरूः तर्पण (शोककाव्य, १९९४ साल), कवितानन्द (कविता-संग्रह, २०१० साल), वरशिक्षा (औपदेशिक काव्य, २०१०), यशस्वी शव (शोककाव्य, २०१३), बिस्फोट (कविता संग्रह, २०१७), कविता कुन्ज (कविता संग्रह, २०२०), सिंहदरबार (कविता संग्रह, २०२५), बत्तीस पुतली (चुट्कीला संग्रह, २०२७), चाडबाड आदि हुन् । उनले दुई विवाह गरेको थिए । उनको निधन २०३० सालमा काठमाडौँमा भयो ।