कविता

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

कविता एक प्रकारकोलेखन कलाको रूप र साहित्यको एक विधा हो। कवितालाई शब्दहरूका गुण, तिनका लम्बाई र ध्वनी, अनि तिनका अर्थहरूका माध्यमले कलात्मक बनाईन्छ।

प्रकार[सम्पादन गर्ने]

मुलतः कविता दुई किसिमका हुन्छन्। "गद्य" र "पद्य" कविता छन्द मिलेको कवितालाई "पद्य कविता" भनिन्छ भने छन्द नमिलेको कवितालाई "गद्य कविता"भनिन्छ। कविता लेख्नकोलागी निम्न कुरामा ध्यान दिनु पर्ने हुन्छ।

नेपाली कविताका प्रमुख प्रवृत्ति[सम्पादन गर्ने]

उन्नाईसौं शताब्दीको प्रारम्भतिरैबाट थालिएको नेपाली कविताले अढाई सय वर्षजतिको समयावधिभित्र अनेक प्रवृत्तिगत मोड वा घुम्तीहरू पार गरिसकेको छ । यस समयावधिलाई विभिन्न कालखण्डमा विभाजन गरेर हेर्ने गरिएको छ तर त्यस हेराइमा एकरूपताको अभावका कारण नेपाली कविताको विकासक्रमको कालविभाजनमा सामान्य मतभिन्नताहरू पाइन्छन् । नेपाली कवितामा कालविभाजन प्रसिद्ध एवं प्रभावशाली शासक, विशिष्ट साहित्यकार व्यक्तित्व, साहित्यिक प्र्रभाव र प्रवृत्ति, राजनैतिक आन्दोलन, ऐतिहासिक कालखण्ड आदि विभिन्न आधारमा गर्ने गरेको पाइन्छ । हरेक कालखण्डमा प्रभावशाली शासक तथा विशिष्ट साहित्यकार नजन्मन सक्छ, साहित्यिक प्रभाव र प्रवृत्ति पनि लामो समयसम्म परिवर्तन नहुन वा समान रहन पनि सक्छ अनि आन्दोलन पनि सधैं नहुन सक्छ । यसर्थ यी आधारमा गरिएको साहित्यको कालविभाजन बढी विवादास्पद हुनपुग्छ । नेपाली साहित्यमा विभिन्न समयखण्ड, युगीन केन्द्रीय प्रतिभा, ऐतिहासिक–राजनैतिक मोड आदि विभिन्न आधारमा तथा बिना आधारमै पनि साहित्यिक इतिहासको जथाभावी कालविभाजन गर्ने परिपाटी चलेकाले ठूलो गन्जागोल उत्पन्न भएको हो । नेपाली कविताको कालविभाजन र त्यसमा पनि विशेषगरी आधुनिक काल वा आधुनिकताको प्रारम्भका बारेमा मतभिन्नताहरू रहेका छन् । खासगरी आधुनिकतासम्बन्धी अल्पज्ञता, पूर्वाग्रह, हठवादिता, अपव्याख्या, छिपछिपे र बोक्रे ज्ञान आदिका कारणबाट यस्तो स्थिति पैदा भएको हो । कविताको सिङ्गो इतिहासलाई खण्डखण्डमा विभाजन गरी समय निर्धारण गर्दा खास वैज्ञानिक आधार नलिई जथाभावी गरिएमा त्यो निरर्थक हुनजान्छ । यसर्थ वस्तुगत, तार्किक र वैज्ञानिक ढङ्गले आधुनिकतालाई अथ्र्याई उपयुक्त र मान्य किसिमबाट नेपाली कविताको कालविभाजन गर्नु अपरिहार्य छ ।

यी सबै सन्दर्भबाट हेर्दा समयको तीन खण्डे विभाजनसमेत समस्यारहित÷विवादरहित र पूर्ण वैज्ञानिक नभए पनि ऐतिहासिक कालखण्डकै आधारमा साहित्यको कालविभाजन गर्नु अलि बढी व्यावहारिक देखिन्छ । ऐतिहासिक एवं वैज्ञानिक दृष्टिकोणबाट बढी उपयुक्त र मान्य हुने गरी नेपाली कविताको विकासक्रमलाई तीन कालखण्डमा निम्नलिखित ढङ्गले समयावधि निर्धारण गरी देखाइन्छ :

  • प्राथमिक काल (सुरुदेखि १९४० सम्म)
    • पूर्वार्ध (सुरुदेखि १८७१ सम्म) ः वीर धारा
    • उत्तरार्ध (१८७२ देखि १९४० सम्म) ः भक्ति धारा
  • माध्यमिक काल (१९४१ देखि १९९१ सम्म)
    • पूर्वार्ध (१९४१ देखि १९७४ सम्म) ः शृङ्गारिक धारा
    • उत्तरार्ध (१९७५ देखि १९९१ सम्म) ः शास्त्रीयतावादी÷परिष्कारवादी धारा
  • आधुनिक काल (१९९१ देखि यता)
    • स्वच्छन्दतावादी धारा (१९९१ देखि २०१६)
    • प्रयोगवादी धारा (२०१७ देखि २०३५)
    • समसामयिक धारा (२०३६ देखि यता)

सिङ्गो नेपाली कविताको इतिहासमा विभिन्न धारा र प्रवृत्तिका कविताहरू सिर्जना गरिएको पाइन्छ । एउटा कालको मूल प्रवृत्ति पूरै परिवर्तन भएपछि वा प्रमुख प्रवृत्ति गौण भएपछि अर्को काल प्रारम्भ हुन्छ । प्रवृत्तिगत प्राधान्यका आधारमा कविताको इतिहासलाई भिन्नभिन्न कालमा विभाजन गरिए पनि एउटा समयावधिका प्रवृत्ति अर्को समयमा पनि केही न केही मात्रामा देखापर्न सक्छन् । आज पनि वीर, भक्ति, शृङ्गार र शास्त्रीयतावादी भावधाराका कतिपय कविताहरू लेखिएको पाइन्छ, तर आजको मूल प्रवृत्ति त्यो होइन । एउटा कालको समाप्ति र अर्को कालको प्रारम्भ भन्नाको तात्पर्य अब पहिलेका प्रवृत्तिका कविता लेखिंदैनन् वा लेख्नै पाइ“दैन भन्ने नभएर पहिलेको मूल प्रवृत्ति समाप्त भई वा गौण भई त्यसका ठाउ“मा अर्को प्रवृत्ति शुरु हुन्छ|

नेपाली कविहरूको जीवनी र शुची[सम्पादन गर्ने]