स्मृति

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

स्मृति हिन्दू धर्मका ती धर्मग्रन्थहरूको समूह हो जसको मान्यता श्रुतिभन्दा निम्न श्रेणीको मानिन्छ र जो मानवले बनाएका हुन। यिनमा वेद पर्दैनन। स्मृति को शाब्दिक अर्थ हो - "सम्झना गर्ने वा गरिने"। यद्यपि स्मृतिलाई वेदहरूभन्दा निम्न श्रेणीको मानिएता पनि(रामायण, महाभारत, गीता, पुराण) अधिकांश हिन्दूहरूद्वारा पढिन्छन्, किन भने वेदहरू बुझ्न अति कठिन र स्मृतिहरूमा सजिला कथा र नैतिक उपदेशहरू छन्।

मनुले श्रुति तथा स्मृति महत्तालाई समान मानेकाछन्। गौतम ऋषिले पनि यही भनेकाछनः ‘वेदो धर्ममूल तद्धिदां च स्मृतिशीले। हरदत्तले गौतमको व्खाख्या गर्दै भनेकाछन् : स्मृतिको अभिप्राय हुन्छ मनुस्मृतिसित। परन्तु उनको यो व्याख्या उचित भएन किनभनें स्मृति र शील यी शब्दहरूको प्रयोग स्रोतका रूपमा गरिएकोछ, कुनै विशिष्ट स्मृति ग्रन्थ वा शीलको निम्ति होइन। स्मृतिको अभिप्राय हो वेदविदहरूको स्मरण शक्तिमा परेका ती रूढ़ि र परम्पराहरू जसको उल्लेख वैदिक साहित्यमा गरिएकै छैन तथा शीलको अभिप्राय हुन्छ ती विद्वानहरूको व्यवहार तथा आचारमा देखापर्ने प्रमाणहरूसित। र पनि आपस्तम्बले आफ्नो धर्म-सूत्रको प्रारम्भमा नैं भनेकाछन् ‘धर्मज्ञसमयः प्रमाणं वेदाश्च’।

स्मृतिहरूको रचना वेदहरूको रचनाको धेरै पछि लगभग ५०० ईसा पूर्वमा भएको हो। छैंटौं शताब्दी ई.पू.भन्दा पहिला सामाजिक धर्म वेद एवं वैदिक-कालीन व्यवहार तथा परम्पराहरूमाथि आधारित थियो। आपस्तम्ब धर्म-सूत्रको प्रारम्भमा भनिएकोछ कि यसका नियम समयाचारिक धर्मका आधारमा आधारित छन्। समयाचारिक धर्मको अभिप्राय हो सामाजिक परम्परा। सबै सामाजिक परम्पराको महत्त्व यसकारण थियो कि धर्मशास्त्रहरूको रचना लगभग १००० ई.पू.भन्दा पछि भएको हो। पछि शिष्टहरूको स्मृतिमा परेका परम्परागत व्यवहारहरूको संकलन स्मृति ग्रन्थहरूमा ऋषिहरूद्वारा गरियो। यसको मान्यता समाजमा यसकारण स्वीकार गरियो कि जुन कुराहरू त्यसबेलासम्म लिखित थिएनन् केवल परम्परामा नै त्यसको स्वरूप जीवित थियो, अब भनें लिखित रूपमा सामुन्ने आयो। शिष्टहरूको स्मृतिहरूबाट संकलित यी परम्पराहरूका पुस्तकीकृत स्वरूपको नाम स्मृति राखियो। पछि गएर स्मृतिको क्षेत्र व्यापक भयो। यसको सीमामा विभिन्न धार्मिक ग्रन्थहरू—गीता, महाभारत, विष्णुसहस्रनामको पनि गणना हुन थाल्यो। शंकराचार्यले यी सबै ग्रन्थहरूलाई स्मृति भनेर मानेकाछन्।

स्मृतिको भाषा सरल थियो, नियम समयानुसार थियो तथा नवीन परिस्थितिहरूलाई ध्यान राखेर रचिएको थियो। अतः यी अधिक जनग्राह्य तथा समाजको अनुकूल बने। र पनि श्रुतिको महत्ता यी ग्रन्थको अपेक्षा अत्यधिक स्वीकार गरियो। परन्तु पछि गएर यिनीहरूको बीच संधि स्थापित गर्नका निम्ति वृहस्पतिले भने: श्रुति र स्मृति मनुष्यका दुइ नेत्र हुन्। यदि एउटलाई मात्र महत्त्व दिएमा मानिस कानो हुन्छ। अत्रिले ता यहाँसम्म ठोकुवा गरे कि यदि कोई वेदमा पूर्ण पारंगत छ र स्मृतिलाई घृणाको दृष्टिले हेर्छ भनें एक्काइस पल्ट पशु योनिमा उसको जन्म हुनेछ। वृहस्पति र अत्रिको कथनबाट यो स्पष्ट हुन्छ कि वेदको समान स्मृतिको पनि महत्ता अब स्वीकार गरियो। पछि गएर सामाजिक चलनमा श्रुतिभन्दा अधिक महत्त्व स्मृतिलाई दिइयो जसरी दत्तक पुत्रको परम्पराको वेदमा विरोध छ त्यहीं स्मृतिहरूमा यसको स्वीकृति दिएकोछ। यसै प्रकार पञ्चमहायज्ञ श्रुतिहरूको रचना कालको अपेक्षा स्मृतिहरूको रचना कालमा व्यापक भयो। वेदहरूका अनुसार झंझावातमा, अतिथिहरूको आगमनमा, पूर्णिमाको दिनमा छात्रहरूले स्वाध्याय गर्नुपर्छ किनभनें यी दिनहरूमा सस्वर पाठ गर्न मनाही थियो। परन्तु स्मृतिहरूले यी दिनहरूमा स्वाध्याय पनि बन्द गराइदिए। शूद्रहरूको सम्बन्धमा श्रुतिको यो स्पष्ट निर्णय छ कि तिनले मोक्ष प्राप्त गर्न सक्तैनन् परन्तु उपनिषदहरूले शूद्रहरूमाथिको यो बन्धन हटाइ दिए एवं तिनको मोक्ष प्राप्तिको मान्यता स्वीकार गरे। यी सबै तथ्य सिद्ध गर्दछन् कि श्रुतिको निर्धारित परम्पराहरूमाथि स्मृतिहरूको विरोधी परम्पराहरूलाई पछि गएर सामाजिक मान्यता प्राप्त भयो। स्मृतिहरूको यस महत्ताको कारण बताउँदै मारीचिले भनेकाछन् कि स्मृतिहरूका जो वचन निरर्थक अथवा श्रुति विरोधी छैनन् ती श्रुतिका प्रारूप हुन्। वेद वचन रहस्मय तथा छरिएका छन् जसलाई सुविधामा स्मृतिहरूमा स्पष्ट गरिएकोछ। स्मृति वाक्य परम्पराहरूमाथि आधारित छन् अतः यिनकालागी वैदिक प्रमाणको आवश्यकता छैन। यिनको वेदगत प्रामाणिकता स्वतः स्वीकार्य छ। वैदिक भाषा जनमानसलाई अधिक कठिन हुन थाल्यो, जबकि स्मृतिहरू लौकिक संस्कृतमा लेखिएका थिए जसलाई समाजले सरलतासित बुझ्नसक्थ्यो तथा सामाजिक व्यवस्थाको अनुरूप सिद्धांतप्रतिपादित गर्दथे। स्मृति लेखकहरूलाई पनि वैदिक महर्षिहरूकै जस्तो समाजले गरिमा प्रदान गरेको। वैदिक र स्मृति कालका बीच व्यवहार तथा परिस्थितिको परिवर्तन एवं विभिन्न आर्थिक कारणहरू र नवीन विचारहरूको समागमले स्मृतिलाई श्रुतिको अपेक्षा प्राथमिकता मिल्यो। यसको कारण यो पनि बताइन्छ कि समाज शास्त्रीय मान्यताको पक्षमा थियो। यी सब कारणहरूले श्रुतिको मान्यतालाई स्मृतिहरूको मान्यताको सम्मुख ५०० ईसा पूर्वदेखि महत्त्वहीन समझिन थालियो।


मुख्य स्मृतिहरू[सम्पादन गर्ने]

याद गर्ने विधि[सम्पादन गर्ने]

यो सुनिश्चित गर्नका लागि भारतका प्राचीन ग्रन्थ एक पीढ़ीदेखि दोस्रो पीढ़ीमा मूल रूपमा हस्तान्तरित भैरहे, प्राचीन भारतीयहरूले धेरै मेहनत गरे। उदाहरणको निम्ति वेदहरूलाई याद गर्नका लागि करीव एघार तरिकाद्वारा तिनको पाठ गर्ने प्रथा थियो। याद गर्नका निम्ति पाठका केही प्रमुख विधिहरू यस प्रकार थिए-

जटा-पाठ
ध्वजा-पाठ
घन-पाठ

बाहिरका लिंकहरू[सम्पादन गर्ने]

स्रोत[सम्पादन गर्ने]