पतञ्जलि

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

पतञ्जलि योगसूत्रका रचनाकार हुन् जो हिन्दूहरूका छः दर्शन ( न्याय, वैशेषिक, सांख्य, योग,मीमांसा, वेदान्त)मा एउटा हो। भारतीय साहित्यमा पतञ्जलिले लेखेका ३ मुख्य ग्रन्थहरू पाइन्छन् योगसूत्र, अष्टाध्यायीमा भाष्य, र आयुर्वेद ग्रन्थ। केही विद्वानहरूको मत छ कि यी तीनैवटा ग्रन्थहरू एउटै व्यक्तिले लेखिएका हुन्; अरुको धारणा यो छ कि यी ग्रन्थहरू विभिन्न व्यक्तिहरूले लेखेका हुन्। पतञ्जलिले पाणिनिको अष्टाध्यायीमाथि आफ्नो टीका लेखेकाछन् जसलाई महाभाष्य भनिन्छ (महा+भाष्य(समीक्षा,टिप्पणी,विवेचना,आलोचना))। यी ग्रन्थहरूको निर्माणकाल २०० ई० पू० निर्धारण गरिएकोछ।

जीवन[सम्पादन गर्ने]

पतञ्जलि काशीमा ईसा पूर्व दोस्रो शताब्दीमा थिए। उनको जन्म गोनारद्य (गोनिया)मा भएको थियो तर उनी काशीको नागकूपमा बसेका थिए। यी व्याकरणाचार्य पाणिनीका शिष्य थिए। श्रावण कृष्ण पञ्चमी (नागपंचमी)का दिन हिन्दू धर्मावलम्वीहरूका घरमा नाग टाल्ने चलन छ किन भनें उनको जन्म यही दिन भएको र उनलाई शेषनागको अवतार मानिन्छ।

योगदान[सम्पादन गर्ने]

पतञ्जलि महान् चिकित्सक थिए अनि उनलाई नैं 'चरक संहिता'का परचयिता मानिन्छ। 'योगसूत्र' पतञ्जलिको प्रमुक ग्रन्थ हो। पतञ्जलि रसायन विद्याका विशिष्ट आचार्य थिए - अभ्रक विंदास, अनेक धातुयोग र लौहशास्त्र उनको देन हो। पतञ्जलि संभवत: पुष्यमित्र शुंग (१९५-१४२ ई.पू.)को शासनकालमा थिए। राजा भोजले उनलाई तनको साथ मनको पनि चिकित्सक भनेकाछन्।

योगेन चित्तस्य पदेन वाचां मलं शारीरस्य च वैद्यकेन।
योऽपाकरोत्तं प्रवरं मुनीनां पर जलिं प्रा जलिरानतोऽस्मि।।

(अर्थात् चित्त-शुद्धिको लागि योग (योगसूत्र), वाणी-शुद्धिको लागि व्याकरण (महाभाष्य) र शरीर-शुद्धिको वैद्यकशास्त्र (चरकसंहिता) दिने मुनिश्रेष्ठ पतञ्जलिलाई प्रणाम ! )

ई.पू. द्वितीय शताब्दीमा 'महाभाष्य'का रचयिता पतञ्जलि काशी-मण्डलका निवासी थिए। मुनित्रयको परम्परामा उनी अंतिम मुनि थिए। पाणिनी पछि पतञ्जलि सर्वश्रेष्ठ स्थानका अधिकारी पुरुष मानिन्छन्। उनले पाणिनी व्याकरणको महाभाष्यको रचना गरेर यसलाई स्थिरता प्रदान गरे। उनी अलौकिक प्रतिभाका धनी थिए व्याकरणका अतिरिक्त अन्य शास्त्रहरूमा पनि उनको समान रूपले अधिकार थियो। व्याकरण शास्त्रमा उनको कुरालाई अंतिम प्रमाण मानिन्छ। उनले आफ्नो समयको जनजीवनको पर्याप्त निरीक्षण गरेका थिएथा। अत: महाभाष्य व्याकरणको ग्रन्थ हुनको साथ-साथ तत्कालीन समाजको विश्वकोश पनि थियो। पतञ्जलिलाई शेषनागको अवतार मानिन्छ। द्रविड देशका सुकवि रामचन्द्र दीक्षितले आफ्नो 'पतञ्जलि चरित' नामक काव्य ग्रन्थमा उनके चरित्र के संबंधमा कुछ नये तथ्यों की सम्भावनाओंको व्यक्त किया है। उनके अनुसार आदि शंकराचार्य के पितामह गुरू आचार्य गौडपाद पतञ्जलिका शिष्य थिए तर तथ्यहरूको अभावले यो कुराको पुष्टि हुँदैन।

प्राचीन विद्यारण्य स्वामीले अपने ग्रन्थ 'शंकर दिग्विजय'मा आदि शंकराचार्यमा गुरू गोविंद पादाचार्यलाई पतञ्जलिको रूपांतर मानेकाछन्। यस प्रकार उनका संबंध अद्वैत वेदांतको साथमा जोडियो।

काल निर्धारण[सम्पादन गर्ने]

पतञ्जलिको समय निर्धारणको संबंधमा पुष्यमित्र कण्व वंशका संस्थापक ब्राह्मण राजाका अश्वमेध यज्ञहरूको घटनालाई लिन सकिन्छ। यो घटना ई.पू. द्वितीय शताब्दीको हो। यसको अनुसार महाभाष्यको रचनाको काल ई.पू. द्वितीय शताब्दीको मध्यकाल अथवा १५० ई.पूर्व बमानिन्छ। पतञ्जलिको एकमात्र रचना महाभाष्य हो जो उनको कीर्तिलाई अमर बनाउनका लागि पर्याप्त छ। दर्शन शास्त्रमा शंकराचार्यलाई जो स्थान 'शारीरिक भाष्य'को कारण प्राप्त छ, त्यही स्थान पतञ्जलिलाई महाभाष्यको कारण व्याकरण शास्त्रमा प्राप्त छ। पतञ्जलिले यस ग्रन्थको रचना गरेर पाणिनीको व्याकरणको प्रामाणिकतामा अंतिम मोहर लगाइदिए।

वाह्य सूत्र[सम्पादन गर्ने]