आयुर्वेद

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

आयुर्वेद हिन्दूहरूको ग्रन्थ हो। यो वेदको एक हाँगा हो।

आयुर्वेद का आदिपुरुष भगवान धनवन्तरी

हाम्रा ऋषिमहषिर्हरूले विविध भौगोलिक परिस्थिति, जलवायु, रहनसहन, खानपान आदिको सूक्ष्म अध्ययन चिन्तन मनन गरी विभिन्न वातावरण -उष्ण, शमशीतोष्ण, शीतप्रदेश)मा हुने वनस्पतिहरूको अध्ययन एवं वैज्ञानिक विश्लेषण गरी प्राणी मात्रको कल्याणका लागि आयुर्वेद शास्त्रको रचना गर्नुभएको हो।

यो विश्वको प्राचीनतम चिकित्सापद्धति हो। वैदिक कालमा यो चिकित्सा पूर्ण विकसित भइसकेको कुरा वेदहरूको अध्ययनबाट बुझ्न सकिन्छ। 'खेल' नामक राजाकी रानी विस्पलाको खुट्टा युद्धमा काटियो। आश्विनीकुमारले रातभरिमा नै फलामको खुट्टा लगाई उनलाई हिँड्न डुल्न सक्ने बनाइदिनुभयो भन्ने कथा ऋग्वेदमा उल्लेख छ। त्यस्तै रामायण, महाभारत, बौद्ध साहित्य, अग्निपुराण, पद्मपुराण आदिमा पनि यस्ता अनेकौं कथाहरूको उल्लेख भएको पाइन्छ।

आयु र वेद शब्दको योगले आयुर्वेद शब्द बन्छ। शरीर, इन्दि्रय, सत्व -मन) र आत्माको संयोगलाई आयु भनिन्छ। वेद शब्द सत्तार्थक, ज्ञानार्थक, विचारार्थक र प्राप्त्यर्थक विद धातुबाट प्रत्ययको योगले बन्दछ। यसप्रकार आयुर्वेद शब्दको अर्थ हुन्छ आयुको वेद। जुन शास्त्रको अध्ययन गर्नाले आयुको सत्ता, आयुसम्बन्धी ज्ञान र पूर्ण आयुका साथ शारीरिक र मानसिक स्वस्थता प्राप्तिको विषयमा ज्ञान हुन्छ, त्यसलाई आयुर्वेद शास्त्र भनिन्छ।

यस शास्त्रमा हितकर, अहितकर, सुखकर, दुःखकर आयुको लक्षण, आयुको प्रमाण, हितकर अहितकर आहारविहारको वर्णन भएको छ। अतः धर्म, अर्थ र सुखको साधन प्राप्त गर्ने चाहाना राख्ने मानिसहरूले आयुर्वेद उपदेशको पालना गर्नुपर्छ-

"आयु कामयमानेन धर्मार्थसुखसाधनम्।

आयुर्वेदोपदेशेषु विधेयः परमादर ः।।" अष्टाङ्गहृदय, सू १

स्वस्थ मानिसको स्वास्थ्यको रक्षा गर्नु र रोगी मानिसको रोगको निवारण गर्नु आयुर्वेदको मुख्य प्रयोजन हो। यो चिकित्सापद्धति मुख्यतः त्रिदोष -वात, पित्र, कफ) र त्रिगुणमा -सत्व, रज, तम) आधारित छ। त्रिगुण र त्रिदोष समान अवस्थामा रहँदासम्म मानिस मानसिक र शारीरिक रूपमा स्वस्थ रहन्छ। जब त्रिदोष दूषित -न्यूनाधिक) अवस्थामा रहन्छन् त्यतिबेला मानिस शारीरिक रूपमा अस्वस्थ हुन्छ। त्रिगुण दूषित भएमा मानिस मानसिक रूपमा अस्वस्थ हुन्छ। शारीरिक र मानसिक रोगहरूको निवारणका लागि हाम्रा ऋषि महषिर्हरूले शल्य तन्त्र, शालाक्यतन्त्र, कायचिकित्सा, भूतविद्या, कौमाराभृत्य, अगदतन्त्र, रसायन र वाजीकरण नामबाट प्रसिद्ध अष्टाङ्ग आयुर्वेदको रचना गरेका छन्।

आयुर्वेदका उक्त प्रत्येक अङ्गहरूको सङ्क्षिप्त परिचय निम्नानुसार छ-

१. शल्य तन्त्र- शारीरिक र मानसिक कष्टको कारणलाई शल्य भनिन्छ। अर्थात् प्राणी मात्रको शरीरमा काठ, ढुङ्गा, फलाम आदिबाट भएको व्रण, दृष्ट व्रण र गर्भरूप शल्यको निवारणका लागि यन्त्र, क्षार र अग्निको उपयोगद्वारा उपचार गरिने उपायहरूको उपदेश शल्यतन्त्रमा गरिएको छ।

२.शालाक्यतन्त्र- घाँटीभन्दा माथिका अङ्ग जस्तै नाक, कान, आँखा, मुख, घाँटी र शिर आदिमा हुने रोगहरूलाई निको पार्ने तन्त्रलाई शालाक्य तन्त्र भनिन्छ।

३.कायचिकित्सा- कायको अर्थ जठराग्नि हो। त्यसको दोष मन्दाग्नि आदिका कारण उत्पन्न हुने सर्वाङ्गत ज्वर, रक्तपित्त, शोष, उन्माद, अपस्मार, कृष्ठ, प्रमेह, अतिसार आदि शारीरिक मानसिक रोगहरूको निदान र चिकित्साको वर्णन जुन अङ्गमा भएको हुन्छ त्यसलाई कायचिकित्सा भनिन्छ।

४. भूतविद्या- देव, असुर, गन्धर्व, यक्ष, पितृ -मृतात्मा), पिशाच, नाग आदि अदृश्य शक्तिहरूले अनेक रोग उत्पन्न गरी प्राणीहरूलाई शारीरिक र मानसिक कष्ट दिन्छन्। त्यसबाट छुटकारा पाउन शान्तिकर्म, बलि, उपवास, होम आदि उपायहरूको उपदेश दिने तन्त्रलाई भूतविद्या भनिन्छ।

५. कौमारभृत्य-शुक्र र शोणितको शुद्धता, तिनका दोष एवं निवारणको उपाय, गर्भाधान, गर्भरक्षा, गर्भिणी, सूतिका एवं शिशुको परिचर्या, प्रसवपछि सूतिकाको आरोग्यको रक्षण, बालकको पोषण, स्तन्यपान आदि बालकको स्वास्थ्यरक्षामा सहायक उपायहरूको वर्णन तथा बालग्रहादिको कारण बालकहरूलाई हुने रोगहरूको शानितो उपायबारे उपदेश दिने तन्त्रलाई कौमारभृत्यतन्त्र भनिन्छ।

६. अगदतन्त्र- सर्प, कीट, लूता-माकुरा), विच्छी, मुसा आदि जीवहरूको दंशबाट उत्पन्न विष, स्वाभाविक, संयोगज र गर विषको लक्षण, त्यसको निवारण गर्ने विधिको उपदेश दिने तन्त्रलाई अगदतन्त्र भनिन्छ।

७. रसायनतन्त्र- जुन आहार-विहार एवं औषधिको सेवनबाट प्रशस्त मात्रामा रस-रक्तादि धातुहरूको वृद्धि हुन्छ। दीर्घ जीवन, स्मरणशक्ति, धारणाशक्ति, सुस्वास्थ्य, शारीरिक पुष्टि, इन्दि्रय शक्ति, बलवृद्धि र वाक्शक्ति आदिको प्राप्ति हुन्छ। त्यस्ता रसायनहरूको उपदेश दिने तन्त्रलाई रसायनतन्त्र भनिन्छ।

८. वाजीकरण- रज, शुक्र एवं मैथुनसम्बन्धी विकारहरूको लक्षण र त्यसको उपचारबारे जुन तन्त्रमा वर्णन गरिन्छ त्यसलाई वाजीकरण तन्त्र भनिन्छ।

यसप्रकार त्रिदोष र त्रिगुणमा आधारित अष्टाङ्ग आयुर्वेद चिकित्सा पद्धतिले प्राचीनकालदेखि मानिसहरूलाई शारीरिक र मानसिक सुस्वास्थ्य प्रदान गर्दै आएको छ। यस शास्त्रमा स्वास्थ्यरक्षा, रोगपरीक्षण -निदान) उपचार र त्यसका लागि आवश्यक औषधि निर्माणको समेत उल्लेख छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार दक्षिणपूर्व एसियामा करिब ६५ प्रतिशत मानिसहरूले आयुर्वेद चिकित्सा पद्धतिको प्रयोग गरिरहेका छ्न। अमेरिका जस्तो विकसित देशमा पनि ३३ प्रतिशत मानिस कुनै न कुनै रूपमा आयुर्वेदिक एवं अन्य परम्परागत चिकित्सापद्धतिबाट स्वास्थ्यलाभ लिने गर्दछन्।

यो चिकित्सा सर्वसुलभ एवं निरापद भएकोले नेपाल, भारत, श्रीलङ्का, इण्डोनेसिया, थाइलैण्ड, मलेसिया, अपि|mका, कोलम्बिया आदि देशहरूमा परम्परागत चिकित्साको उपयोग प्राचीनकालदेखि हुँदै आएको छ।चीनले परम्परागत चिकित्साको विकास गरी त्यसलाई आधुनिक चिकित्साको मुख्य धारासँग जोडेर स्वास्थ्य क्षेत्रमा नयाँ अध्याय थपेको छ। श्रीलङ्कामा 'इण्डिजिनियस मेडिसिन'को स्वतन्त्र मन्त्रालय नै छ। भारत सरकारले आयुर्वेद मन्त्रालय राख्ने निर्णय गरेको छ। अमेरिका, हल्याण्ड, बि्रटेन, जर्मनी, जापान, रुस आदि देशहरूमा आयुर्वेद चिकित्सा अति लोकपि्रय भइरहेको छ। अमेरिकामा आयुर्वेदको अनुसन्धानात्मक अध्ययनको व्यवस्था भइरहेको छ।आयुर्वेदको प्रथम चिन्तन-मनन भएको देश नेपालमा युगौंदेखि मानिसहरू आयुर्वेदीय चिकित्साबाट स्वास्थ्यलाभ गर्दै आइरहेका छन्। यो चिकित्सा नेपालको मौलिक चिकित्सा पद्धति हो।

  • [१]-अष्टाङ्ग आयुर्वेदको नालिबेली: आचार्य रतीश झा