रोग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

रोग भन्नाले सजीव प्राणीहरू शरीरमा देखिने असामान्य अवस्थालाई बुझाउँछ। विभिन्न दृश्य तथा अदृश्य किराहरू र किटाणुहरूको आक्रमणबाट सजीव वस्तुहरूलाई असर पुगाउँछ। रोगहरूलाई निम्न प्रकार वर्गीकरण गर्न सकिन्छ।

मानव जातीलाई लाग्ने रोगहरू[सम्पादन गर्नुहोस्]

यो समुहमा खास गरेर तिन किसिमका रोगहरूलाई लिईन सकिन्छ।

प्राय सबैमा देखा पर्न सक्ने खालका रोगहरू[सम्पादन गर्नुहोस्]

यस्ता रोगहरू प्राय सबै मानिसहरूलाई कुनै पनि अवस्थामा देखा पर्न सक्छन्।

मानसिक रोग[सम्पादन गर्नुहोस्]

दिमागी सन्तुलन बिगार्ने तथा रोगीलाई रोगको सिधा असर दिमागमा पर्न जाने खालको रोगलाई मानसीक रोग भनिन्छ। जस्तै:- छारे रोग, रेबिज रोग, पागलपन, आदी

चर्म रोग[सम्पादन गर्नुहोस्]

छाला सम्बन्धीका रोग अथवा छालामा असर पार्ने खालका रोगहरूलाई चर्म रोग भनिन्छ। जस्तै:- कुष्ठ रोग, कोठी, लुतो, खटिरा आदी

हृदय रोग[सम्पादन गर्नुहोस्]

मानवको मुटुमा असर पार्ने खालको रोगलाई हृदय रोग भनिन्छ। जस्तै:- हृदयघात, अन्तर दहन आदी

यौन रोग[सम्पादन गर्नुहोस्]

गुप्ताङ्ग सम्बन्धिका रोगहरूलाई गुप्त रोग अथवा योन रोग भनिन्छ। जस्तै:- एड्स, धातु रोग गोर्खाले आदी

स्वास रोग[सम्पादन गर्नुहोस्]

स्वाँस प्रसास सम्बन्धीको रोगहरूलाई स्वास रोग भनिन्छ। जस्तै:- क्षयरोग, दम, रुघा खोकी, निमोनियाँ आदी

आँखा रोग[सम्पादन गर्नुहोस्]

आँखामा लाग्ने रोगहरूलाई आँखा रोग भनिन्छ। जस्तै:- रतन्धो, मोतीया बिन्दू, ट्रकोमा आदी

दन्त रोग[सम्पादन गर्नुहोस्]

दाँतमा लाग्ने रोगलाई दन्त रोग भनिन्छ। जस्तै:- पायरिया, दाँते किरा आदी

कर्ण रोग[सम्पादन गर्नुहोस्]

कान सम्बन्धिको रोगहरूलाई कर्ण रोग भनिन्छ। जस्तै:- कान पाक्ने रोग

केश सम्बन्धि रोग[सम्पादन गर्नुहोस्]

बाल (केश) सम्बन्धिको रोगलाई बाल रोग भनिन्छ। जस्तै:- थाप्ले

अन्य रोगहरू[सम्पादन गर्नुहोस्]

यो वर्गमा मानवमा देखा पर्ने मुख्य रोग बाहेका अन्य रोगहरू पर्छन्। जस्तै:- बाथज्वरो, ठेउला, हैजा, बिफर, आँउ, औलो, केंसर, हात्तीपाइले, कालाज्वर, डैंगो, उच्च रक्तचाप आदी

स्त्री रोग[सम्पादन गर्नुहोस्]

प्राय: महिलाहरूलाई मात्र देखा पर्ने रोगहरूलाई स्त्री रोग भनिन्छ जस्तै:- थुनिलो, पाठेघर खस्ने, मासीक धर्मको गडबडी आदी

शिशु रोग[सम्पादन गर्नुहोस्]

शैशव अवस्थामा रहेका साना साना बाल बालीकालाई लाग्ने रोगहरूलाई बाल रोग भनिन्छ। जस्तै:- भ्यागुते, पोलियो, दादुरा, धनुष्टंकार आदी

पशु रोग[सम्पादन गर्नुहोस्]

पशुहरूलाई लाग्ने रोगलाई पशु रोग भनिन्छ। जस्तै:- खोरेत, कल्चरे, गौगोटी, स्वाइन फ्लू, बर्ड फ्लू आदी

बाली रोग[सम्पादन गर्नुहोस्]

खेती बालीमा लाग्ने रोगहरूलाई बाली रोग भनिन्छ। जस्तै:- सिन्दुरे, खपटे, सुरुङ्गे आदी

"https://ne.wikipedia.org/w/index.php?title=रोग&oldid=1098536" बाट अनुप्रेषित