पागलपन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कुनै पनि व्यक्तिको मानसिक सन्तुलन धेरै बिग्रेको खण्डमा व्याक्ती पागल हुन्छ अथवा बौलाहा हुन्छ। व्याक्तीको यस्तो अवस्थालाई पागलपन भनिन्छ। पागलपन मानसिक रोगबाट हुने एक खतरा हो। पागल व्याक्तिले असामाजिक र अनैतिक जस्ता कामहरू गर्छ। जस्तै:- चिल्लाउने, बेमतलब झगडा गर्ने, घर छोडेर जंगलमा बस्न जाने इत्यादी धेरै उल्टा कामहरू गर्ने व्याक्तीलाई पागल भनिन्छ।

पागलपनका कारणहरू[सम्पादन गर्नुहोस्]

व्यक्ति पागल हुने कारणहरू धेरै छन्। तै पनि यहाँ केही मुख्य विषयहरूमा टिप्पणी गरिएको छ।

मानसिक कारण[सम्पादन गर्नुहोस्]

कुनै पागल व्याक्ती मानसिक कारण अथवा आफ्नो व्याक्तिगत जीवनका कारणले पागल हुन सक्छ। प्रेम विछोड, अकस्मात प्रियजनको मरण, ठूलो असफलता, अपमान, भय, आदी घटनाहरूलाई सहन गर्न नसकेर अर्थात आफ्नो मन मस्तिष्कलाई वसमा गर्न नसकेर धेरै व्याक्तिहरू पागल भएको हाम्रो समाजमा धेरै जस्तो सुनिन्छ।

वंशाणु कारण[सम्पादन गर्नुहोस्]

कुनै व्यक्ति वंशाणु गत हिसाबले पनि पागल हुन सक्छ।

लागु पदार्थको सेवन[सम्पादन गर्नुहोस्]

चरस, गाँजा, अफिम, रक्शी, जाँड आदी लागु पदार्थको अधिक सेवनले पनि व्याक्तिको मानसिक संतुलन बिग्रन सक्छ जसले गर्दा व्याक्ती अर्ध पागल अथवा पूर्ण पागल हुन सक्छ।

शारीरिक कारण/स्वास्थ्य[सम्पादन गर्नुहोस्]

शारिक तथा स्वास्थ्यको कारणले गर्दा व्याक्ती पागलपनको सिकार बन्न सक्छ। जस्तै:- लामो समय सम्म बिमारी भएर स्मरण शक्ति हराउनु, टाउकोमा ठूलो चोट लागेर अथवा टाउको सम्बन्धी रोगका कारण आफ्नो वास्तविक अवस्थालाई भुलेर पागल हुनु। आदी कारणहरू व्याक्तीको स्वास्थ्यले व्याक्तिलाई पागलपनको सिकार बनाउन सक्छन्।

उमेर अवस्था[सम्पादन गर्नुहोस्]

कति पय व्यक्तिहरू उमेरको परिवर्तन सँगै हुने मानसिक परिवर्तनलाई कन्ट्रोल गर्न नसकेर पागलपनको सिकार बन्छन्। मानिसको उमेरसँगै मानसिक परिवर्तन पनि भइरहन्छ। जस्तै:- बाल्य अवस्था, युवा अवस्था र वृद्धा अवस्थामा अवस्था अनुसार व्याक्तीको मानसिक स्थिति फरक फरक हुन्छ अथवा परिवर्तन भै रहन्छ। यदी व्याक्तिको मानसिक परिवर्तनमा व्यक्तिले वस गर्न नसकेर व्यक्ति पागल हुनसक्छ।

==उपचार== राँचि

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]