चाणक्य

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
चाणक्य
जन्म अ. ई पू ३७०
नखुलेको, सम्भवत पाटलिपुत्र, तक्षशिला वा दक्षिण भारत
मृत्यु अ. ई पू २८३
पाटलिपुत्र
वासस्थान पाटलिपुत्र
अन्य नाम कौटिल्य, विष्णुगुप्त
अल्मा मेटर तक्षशिला
पेशा महान सम्राट चन्द्रगुप्त मौर्यका शिक्षक तथा सल्लाहकार
चिनारीको कारण मौर्य साम्राज्यको स्थापना
प्रशिद्ध कार्य अर्थशास्त्र (authorship disputed), चाणक्य नीति
धर्म जैन[१]
Silver punch mark coin of the Mauryan empire, with symbols of wheel and elephant. ३rd century BCE.

चाणक्य वा कौटिल्य (लगभग ई पू ३७०–२८३)[२] एक भारतिय शिक्षक, दार्शनिक तथा महान सम्राट चन्द्रगुप्त मौर्यका सल्लाहकार थिए। उनले नदवंशको नाश गरेर चन्द्रगुप्त मौर्यलाई राजा बनाए। उनी राजनीति र कूटनीति का साक्षात् मूर्ति थिए। उनको अर्थशास्त्र राजनीति, अर्थनीति, कृषि, समाजनीति आदिको महान ग्रन्थ छ। अर्थशास्त्र मौर्यकालीन भारतीय समाजको दर्पण मानिन्छ। भन्छन कि चाणक्य राजसी ठाट-बाट भन्दा टाढा एक सानो कुटियामा रहथे। उनको नाममा एक टेलिश्रृङ्खला पनि बनेको थियो।

राजाको निर्माता[सम्पादन गर्ने]

चाणक्य या भन्नुहोस कि विष्णुगुप्त अथवा कौटिल्यले तक्षशिला विश्वविद्यालयमा वेदहरूको गहन अध्ययन गरे। यो गौरवको विषय हो कि दुनिया का सबै भन्दा पुराना विश्वविद्यालय, तक्षशिला र नालन्दा भारतीय उपमहाद्वीपमा थिए। र अर्को, ध्यान दिन योग्य कुरा यो पनि हो कि अहिले हामी ५०० देखि ४०० वर्ष ईसा पूर्वको कुरा गर्दै छौं। तक्षशिला एक सुस्थापित शिक्षण संस्थान थियो र मानिन्छ कि पाणिनीले संस्कृत व्याकरणको रचना यहीं गरेक थिए। चाणक्य पनि त्यस पछि यहाँ नीतिशास्त्रको व्याख्याता भएका (कुशाग्र छात्र, हुन नि!). यस्तो भनिन्छ कि उनी व्यवहारिक उदाहरणहरू देखि पढाउथे। यूनानी मान्छेको तक्षशिलामा लडाई गरेका कारणले त्यहाँ एक राजनैतिक उथल-पुथल मच्चियो र चाणक्यलाई मगधमा आएर बस्नु पर्‍यो। उनलाई नि:संदेह एक राजाको निर्माताको रूपमा अधिक जानिन्छ। चंद्रगुप्त मौर्य विशेष रूपले उनको सल्लाह मानथे| शत्रुहरूको कमजोरीलाई चिनेर उसलाई आफ्नो काममा लाउने विशिष्ट प्रतिभाको भएका चाणक्य संधै आफ्नो शत्रुहरू माथि हावी रहे। उनले तीन पुस्तकहरूको रचना गरे- ‘अर्थशास्त्र‘, ‘नीतिशास्त्र’ तथा ‘चाणक्य नीति’. ‘नीतिशास्त्र’मा भारतीय जीवनको तौर-तरीकहरूको विवरण छ त ‘चाणक्य नीति’मा उन विचारहरूको लेखा-जोखा छ जसमा चाणक्य विश्वास गर्थे र जसको उनी पालन गर्थे।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Helmuth von Glasenapp (1 January 1999), Jainism, Motilal Banarsidass Publ., p. 42, ISBN 978-81-208-1376-2, <http://books.google.com/books?id=WzEzXDk0v6sC&pg=PA42>. Retrieved on २१ मे २०१३ 
  2. S. K. Agarwal (1 September 2008), Towards Improving Governance, Academic Foundation, p. 17, ISBN 978-81-7188-666-1, <http://books.google.com/books?id=1nIkFqh_TmEC&pg=PA17>. Retrieved on ६ जुन २०१२