जैन धर्म

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
Jain Prateek Chihna.jpg

जैन धर्म भारतको श्रमण परम्पराबाट उब्जेको धर्म अनि दर्शन हो। प्रोफेसर महावीर सरन जैनको मत अनुसार जैन धर्मको भगवान महावीरभन्दा पूर्व जो परम्परा प्राप्त छ, त्यसका वाचक निगंठ धम्म (निर्ग्रन्थ धर्म), आर्हत्‌ धर्म एवं श्रमण परम्परा थिए। पार्र्श्वनाथको कालसम्म 'चातुर्याम धर्म' थियो। भगवान महावीरले छेदोपस्थानीय चारित्र (पाँच महाव्रत, पाँच समितिहरू, तीन गुप्तिहरू)को व्यवस्था गरेका थिए। यिनका अनुयायीहरूलाई 'जैन' भनिन्छ। 'जिन' शब्द बनेको 'जि' धातुबाट बनेको हो। 'जि'को अर्थ हुन्छ - जित्नु। 'जिन' भन्नाले जित्नेवाला। जसले अफ्नो मनलाई जितेको हुन्छ, आफ्नो वाणीलाई जितेकोहुन्छ अनि शरीरलाई जितेको हुन्छ उसलाई जिन भनिन्छ। जैन धर्म अर्थात 'जिन' भगवान्‌को धर्म।

[सम्पादन गर्ने] स्रोत


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा