अफगानिस्तान

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
इस्लामिक गणतन्त्र अफगानिस्तान
جمهوری اسلامی افغانستان
Jomhūrī-ye Eslāmī-ye Afġānistān
(Persian)
د افغانستان اسلامي جمهوریت
Da Afġānistān Islāmī Jomhoriyat
(Pashto)
राष्ट्रगानअफगान राष्ट्रिय गान

राजधानी
(र ठूलो शहर)
Kabul
34°32′N 69°08′E / 34.533, 69.133
सरकारी भाषा Dari (Persian)
Pashto
सरकारको प्रकार Islamic republic
 -  President Hamid Karzai
 -  Vice President Mohammed Fahim
 -  Vice President Karim Khalili
 -  Chief Justice Abdul Salam Azimi
Establishment
 -  First Afghan state[१][२] October 1747 
 -  Independence (from United Kingdom) August 19, 1919 
क्षेत्रफल
 -  जम्मा ६४७,५०० km2 (41st)
२५१,७७२ sq mi 
 -  पानी (%) negligible
जनसङ्ख्या
 -  2011 अनुमान 29,835,392 [३] (42nd)
 -  जनगणना 1979 15.5 million[४] 
 -  जनघनत्व 43.5/km2 (150th)
१११.८/sq mi
GDP (PPP) 2011 अनुमान
 -  जम्मा $30.012 billion[५] 
 -  प्रतिव्यक्ति आय $966[५] 
GDP (nominal) 2011 अनुमान
 -  जम्मा $17.885 billion[५] 
 -  प्रतिव्यक्ति आय $575[५] 
Gini (2008) 29[६] (low
HDI (2011) 0.398[७] (low) (172st)
मुद्रा Afghani (AFN)
समय क्षेत्र D† (UTC+4:30)
सडक प्रयोग right
इन्टरनेट TLD .af
टेलिफोन कोड नं. +93

अफगानिस्तान /æfˈɡænɪstæn/ (पर्सियन/पस्तुन: افغانستان, Afġānistān), आधिकारीक नाम इस्लामिक गणतन्त्र अफगानिस्तान, दक्षिण मध्य एशियामा अवस्थित देश हो, जो चारै तर्फबाट जमीनले घेरीएको छ। प्रायः यसको गन्ती मध्य एशियाको देशहरूमा हुदछ तर देशमा लगातार भैइरहेको संघर्षले यसलाई कहिले मध्य पूर्व त कहिले दक्षिण एशियासँग जोडेको छ। यसको पूर्वमा पाकिस्तान, उत्तर पूर्वमा भारत तथा चीन, उत्तरमा ताजिकिस्तान, कजाकस्तान तथा तुर्कमेनिस्तान तथा पश्चिममा ईरान छ।

प्राचीन कालमा फारस तथा शक साम्राज्यको अङ्ग रहेको अफगानिस्थान थुपै सम्राट, आक्रमणकारी तथा विजेताहरूको कर्मभूमि रहेको छ। जसमा अलेक्ज्यान्डर,फारसी शासक दारा प्रथम, तुर्क,मुगल शासक बाबर, मुहम्मद गौरी, नादिर शाह इत्यादिको नाम प्रमुख छ। बेलायति सेनाले पनि थुपै पटक अफगानिस्थानमा आक्रमण गरे। वर्तमानमा अमेरिका द्वारा तालिबान माथि आक्रमण गरेपछि नेटो(NATO)को सेना त्यहा खटाईएको छ।

अफगानिस्थानको प्रमुख नगरमा - राजधानी काबुल, कंधार। यहाँ थुपै जातका मानिस बस्दछन जसमा पश्तून (पठान वा अफगानी) सबै भन्दा धेरै छन्। यस बाहेक उज्बेक, ताजिक, तुर्कमेन और हजारा शामिल छन। यहाँको मुख्य भाषा पश्तो हो। फारसी भाषाको अफगानी रूपलाई दारी भनिन्छ।

नाम[सम्पादन गर्ने]

अफगानिस्थानको नाम अफगानस्तान शब्द मिलेर बनेको छ जसको शाब्दिक अर्थ हो अफगानीहरूको भूमि। स्तान यस क्षेत्रको थुपै देशहरूको नाममा छ जस्तो - पाकिस्तान, तुर्कमेनिस्तान, कजाख़स्तान, हिन्दुस्तान इत्यादि जसको अर्थ हो भूमि वा देश। अफगानको अर्थ यहाको सवै भन्दा धेरै बस्ने नस्ल (पश्तून) लाई भनिन्छ। अफगान शब्दलाई संस्कृत अवगानबाट निक्लिएको मानिन्छ।

इतिहास[सम्पादन गर्ने]

मानव बसाई १०,००० साल भन्दा पनि धेरै पुरनो हुनसक्छ। ईसाको १८०० वर्ष पहिले आर्यहरूको आगमन यस क्षेत्रमा भयो। ईसाको ७०० वर्ष पहिले यसको उत्तरी क्षेत्रमा गांधार महाजनपद था जसको बारेमा महाभारत तथा अन्य ग्रन्थहरूमा वर्णन पाइन्छ। ईसापूर्व ५००मा फारसको हखामनी शासकहरूले यसलाई जीते। अलेक्जेन्डरको फारस विजय अभियान अन्तर्गत अफगानिस्थान पनि ग्रिक साम्राज्यको अङ्ग बन्न गयो। यस पछि यो शकहरूको शासनमा आयो। शक स्कीथियहरू भारतीय अङ्ग थिए। ईसापूर्व २३०मा मौर्य शासन अन्तर्गत अफगानिस्थानको संपूर्ण इलाका आईसकेको थियो तर मौर्यहरूको शासन धेरै दिनसम्म रहेन। यसपछि पार्थियन र फेरि सासानी शासकहरूले फारसमा केन्द्रित आफ्नो साम्राज्यको हिस्सा यसलाई बनाए। सासनी वंश इस्लामको आगमन भन्दा पूर्वको आखिरी ईरानी वंश थियो। अरबहरूले ख़ुरासान माथि सन् ७०७मा अधिकार कायम गरे। सामानी वंश, जो फारसी मूलको तर सुन्नी थिए,ले सन ९८७ इस्वीमा आफ्नो शासन गजनविहरूलाई गुमाए जसको फलस्वरूप लगभग संपूर्ण अफगानिस्थान ग़जनविहरूको हाथमा आयो। ग़ोरको शासकहरूले गजनी माथि सन ११८३मा अधिकार कायम गरे।

मध्यकालमा थुपै अफगान शासकहरूले दिल्लीको सत्तामा अधिकार जमाए वा जमाउने प्रयास गरे लोदी वंशको नाम प्रमुख छ। यस लगायत पनि थुप्रै मुस्लिम आक्रमणकारीहरूले अफगान शाहहरूको मद्दतबाट हिन्दुस्तान माथि आक्रमण गरेका थिए जसमा बाबर, नादिर शाह तथा अहमद शाह अब्दाली शामिल छन्। अफगानिस्थानको केही क्षेत्र क्षेत्र दिल्ली सल्तनतको अङ्ग थियो।

आधुनिक काल[सम्पादन गर्ने]

उन्नाईसौ शताब्दिमा आंग्ल-अफगान युद्धको कारण अफगानिस्थानको धेरै भाग ब्रिटिश इंडियाको अधीन हुन गयो त्यसको पाछि अफगानिस्थानमा युरोपीय प्रभाव बढदै गयो। सन १९१९मा अफगानिस्थानले विदेशी शक्तिहरूबाट एक पटक फेरि स्वतन्त्रता पायो। आधुनिक कालमा सन १९३३-१९७३को बिचको काल अफगानिस्थानको सबै भन्दा धेरै व्यवस्थित काल रर्‍हो जुनबेला जाहिर शाहको शासन थियो। तर पहिले उनका भिनाजु तथा पछि कम्युनिस्ट पार्टीको सत्तापलटको कारण देशमा फेरि अस्थिरता आयो। सोभियत सेनाले कम्युनिस्ट पार्टीको सहयोगको लागि देशमा पाईला राखे र मुजाहिदीनले सोभियत सेनाहरूको बिरुध्द युद्ध छेडे र पछि अमेरिका तथा पाकिस्तानको सहयोगबाट सोवियतहरूले फिर्ता जानु पर्‍यो। ११ सेप्टेम्बर २००१को हमलामा मुजाहिदीनको सहयोग भएको समाचार पाएपछि अमेरिकाले देशको अधिकांश भागमा सत्तारुढ़ मुजाहिदीन (तालिबान), जसलाई कुनै बेला अमेरिकाले सोभियत सेनाहरूको बिरुध्द लडन हथियारहरूबाट सहयोग दिएको थियो,को बिरुध्द युद्ध छेडयो।

वर्तमान[सम्पादन गर्ने]

वर्तमानमा (फेब्रुअरी २००७) देशमा नेटो(NATO)को सेनाहरू तयार राखिएको छ र देशमा लोकतांत्रिक सरकारको शासन छ। जबकि तालिबानले फेरि केही क्षेत्रमा अधिपत्य जमाएका छन, अमेरिकाको भनाई छ कि तालिबान लाई पाकिस्तानी भूभागमामा फल्न-फूल्न दिएरहेको छ।

प्रशासनिक विभाग[सम्पादन गर्ने]

अफग़ानिस्तानमा ज्म्मा ३४ प्रशासनिक विभाग छ। यिनिहरूको नाम यस प्रकार छ -

  1. बदख़्शान
  2. बदगीश
  3. बाग़लान
  4. बाल्क़
  5. बमयन
  6. दायकुंडी
  7. फराह
  8. फरयब
  9. ग़जनी
  10. ग़ोर
  11. हेलमंद
  12. हेरात
  13. जोजान
  14. क़ाबुल
  15. कांदहार (कांधार)
  16. क़पिसा
  17. ख़ोस्त
  18. कोनार
  19. कुन्दूज
  20. लगमान
  21. लोगर
  22. नांगरहर
  23. निमरूज
  24. नूरेस्तान
  25. ओरुज्ग़ान
  26. पक़्तिया
  27. पक़्तिका
  28. पंजशिर
  29. परवान
  30. समंगान
  31. सरे पोल
  32. तक़ार
  33. वारदाक़
  34. जबोल

भूगोल[सम्पादन गर्ने]

अफगानिस्थान चारै तिरबाट जमीनले घेरीएको छ र यसको सबैभन्दा लामो सीमाना पूर्व तर्फको पाकिस्तानसँग जोडिएको छ। यसलाई डूरंड रेखा पनि भनिन्छ। केन्द्रीय तथा उत्तरपूर्वको दिशामा पर्वत श्रीखलाहरू छन जुन उत्तरपूर्वमा ताजिकिस्ताऩ स्थित हिन्दूकुश पर्वतको विस्तार हो। प्रायजसो तापमानको दैनिक अन्तरण धेरै हुन्छ।

संक्रमणकाल[सम्पादन गर्ने]

विदेशी हस्तक्षेपकारी शक्तिविरुद्ध अनवरत रूपमा लडिरहेको एसियाली राष्ट्र अफगानिस्तानले शान्तिको सास फेर्न नपाएको युगौँ भइसकेको छ। पश्चिम, मध्य र दक्षिण एसियाको साँधमा रहनु अफगानिस्तानको भूराजनैतिक विशिष्टता भए पनि आफ्नो भौगोलिक अवस्थिति उसका लागि घाँडो बन्न पुगेको विभिन्न समयक्रममा विकसित घटनाक्रमले प्रमाणित गरेका छन्। ईसापूर्वमा एलेक्जेन्डरको युनानी फौजको आक्रमणबाट सुरु भएको विदेशी प्रभुत्ववादी शक्तिको मार खेप्नुपर्ने अफगानिस्तानको नियती २१औँ शताब्दीसम्म आइपुग्दा पनि बदलिन सकेको छैन।

सन् २००१को सेप्टेम्बर ११मा अलकायदाले अमेरिकामाथि हवाई आक्रमण गरेको घटनाले २१औँ शताब्दीमा अफगानिस्तानको संक्रमणलाई अत्यन्त पीडादायक बनायो। आक्रमणका मुख्य योजनाकार ओसामा बिन लादेनलाई अफगानिस्तानको तात्कालीन तालेवान सरकारले संरक्षण दिएको आरोपमा अमेरिकाले अफगानिस्तानमाथि सैन्य हस्तक्षेप गरी तालेवान सरकारलाई अपदस्थ गर्‍यो। लादेनलाई पक्राउ गर्न र 'आतंकवादलाई संरक्षण प्रदान गर्ने' तालेवान सरकारलाई अपदस्थ गर्न अफ्गान भूमिमा ओर्लिएको अमेरिकी सेनाले दुइटै लक्ष्य हासिल गरिसकेको छ। घोषित लक्ष्यहरू हासिल भइसकेकाले अघोषित स्वार्थहरूको रक्षा हुने गरी अमेरिकाले अफगानिस्तानमा आफ्नो उपस्थिति घटाउँदै लैजाने सोच पछिल्लो समय बनाएको छ। यसले अफगान युद्ध नयाँ मोडमा पुगेको आभास मिलेको छ। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को सदस्य राष्ट्रसमेत रहेको अफगानिस्तानमा अमेरिकी सेनाको उपस्थिति कम हुने सम्भावना देखेपछि यस क्षेत्रको सबैभन्दा शक्तिशाली राष्ट्र भएको नाताले भारतले यसप्रति गम्भीर चासो प्रदर्शन गरेको छ।

केही समयअघि अमेरिकी राष्ट्रपति बाराक ओबामाले अफगानिस्तानमा अमेरिकी सेनाको उपस्थितिलाई पातलो बनाउँदै लैजाने घोषणा गरे। अफगानिस्तानमा अहिले एक लाख अमेरिकी सेना तैनाथ छन्। यसै वर्षको अन्त्यसम्ममा १० हजार अमेरिकी सेनालाई अफगानिस्तानबाट फिर्ता बोलाउने उद्घोष गर्दै राष्ट्रपति ओबामाले आगामी वर्षको सेप्टेम्बरसम्ममा थप २० हजारलाई फिर्ता बोलाइने घोषणा गरे। सन् २०१४ सम्ममा अफगानिस्तानको सुरक्षा जिम्मेवारी स्थानीय सुरक्षाफौजलाई सुम्पिने अमेरिकी नीतिअनुरूप ओबामाको घोषणा सार्वजनिक भएको बताइन्छ। त्यसो त यसअघिका राष्ट्रपति जर्ज डब्लु बुसको युद्धमुखी आक्रामक नैतिको विरोध गरेरै उनले राष्ट्रपतिय निर्वाचनमा विजय हासिल गरेका थिए। त्यसैले अमेरिकी मतदातालाई युद्धको सघनता घटेको देखाउन ओबामाले शान्तिका पक्षमा कुनै कदम चाल्नै पर्ने बाध्यता थियो। नयाँ राष्ट्रपतिय निर्वाचनको मिति नजीकिँदै गएको र सन् २००९मा ओबामाले सन् २०११को सेप्टेम्बरदेखि अफगानिस्तानबाट अमेरिकी सेनालाई फिर्ता बोलाउने प्रक्रिया सुरु हुने बताएको पृष्ठभूमिमा उनीबाट अफगान मामिलामा केही पहल हुने अनुमान धेरैले गरेका थिए। सबैको अनुमानलाई सही साबित गर्दै राष्ट्रपति ओबामाले अफगानिस्तानबाट फिर्ता हुने अमेरिकी सेनाको संख्या हालै तोकेका हुन्।

अफगानिस्तानमाथिको अमेरिकी आक्रमण यो इस्लामबहुल राष्ट्रमा विदेशी शक्तिद्वारा गरिएको सैन्य हस्तक्षेपको पछिल्लो उदाहरण मात्र हो। भिन्नाभिन्नै समयमा विभिन्न शक्तिराष्ट्रले अफगानिस्तानमाथि आक्रमण गरेका छन्। भारतमा बि्रटिस उपनिवेश कायम रहेका वेला भारतले अफगानिस्तानमाथि पटकपटक आक्रमण गरेको थियो। अफगानिस्तानको सिमाना रुसी साम्राज्यसँग जोडिएको तत्कालीन समयमा रुस र अफगानिस्तानबीचको सम्भावित साँठगाँठलाई रोक्नु भारतीय आक्रमणको उद्देश्य थियो। अन्ततः अफगानिस्तानलाई आफूले चाहेअनुरूपको सन्धिमा हस्ताक्षर गराउन ब्रटिस भारत सफल भएको थियो।

उसो त भारतले त्यसअघि चन्द्रगुप्त मौर्यका पालामै अफगानिस्तानलाई आफ्नो भूखण्डको अंश बनाइसकेको थियो। त्यसयता विश्वले आर्थिक, सामरिक र राजनैतिक क्षेत्रमा ठूलो फड्को मारिसकेको छ। बदलिँदो समयमा अफगानिस्तानमा भारतका आर्थिक तथा सुरक्षासम्बद्ध चासो थप सघन हुँदै गएका छन्। त्यसैले अफगानिस्तानमा अमेरिकी सेनाको उपस्थिति कम गर्ने राष्ट्रपति ओबामाको घोषणा स्वाभाविक रूपले भारतको गम्भीर सरोकारको विषय बन्न पुगेको छ।

सन् १९४७मा भारत र अफगानिस्तानको बीचमा पाकिस्तानको उदय भएपछि भारत र अफगानिस्तानबीच भौगोलिक सम्बन्धविच्छेद भएको छ। पाकिस्तान भारतको जन्मजात दुश्मन भएकाले अफगानिस्तानको महत्त्व भारतका लागि पृथक ढंगले विशिष्ट भएको छ। सुरक्षाका दृष्टिकोणले भारतको पश्चिमी सिमाना उसका लागि सधैँ संवेदनशील रहने गरेको छ। भारतको राष्ट्रिय सुरक्षा र उसको सार्वभौमिकतामाथि खलल पुर्‍याउने शक्ति पश्चिमी सिमाना हुँदै भित्रिने गरेको इतिहास साक्षी छ। अहिले भारतको सार्वभौमिकतामाथि खलल पुर्‍याउन सक्ने शक्ति नरहे पनि उसको बाह्य सुरक्षामा पाकिस्तानबाट असर पर्ने गरेको छ, जो उसको पश्चिमी सीमासँगै जोडिएको छ। त्यसैगरी कास्मिरलगायतका विवादमा मुछिएको भारतलाई इस्लामिक अतिवादीले पश्चिमी मोर्चाबाटै तारो बनाउने गरेका छन्। त्यसैले आफ्नो बाह्य सुरक्षामा सबैभन्दा गम्भीर खलल पुर्‍याउन सक्ने क्षमता भएको राष्ट्र चीन उत्तरमा रहे पनि भारतले आफ्नो सैन्य संयन्त्रलाई पश्चिमी मोर्चामै केन्दि्रत गर्दै आएको छ।

अफगान युद्धमा भारतको स्वार्थ के छ भन्ने पत्ता लगाउन अफगानिस्तानमा अमेरिकी आक्रमणपछिको भारतीय कदमलाई नियाल्नुपर्ने हुन्छ। अफगानीस्तानमाथि सोभियत संघको आक्रमणलाई झैँ भारतले अमेरिकी आक्रमणलाई समेत समर्थन गरेको थियो। यसबाहेक उसले काबुलमा अमेरिकाको कठपुतली हमिद कारजाईको सरकारलाई बलियो बनाउन अनेक प्रयत्न गर्दै आएको छ। तालेवानविरुद्धको अमेरिकी कदममा उत्तर एटलान्टिक सन्धि संगठन -नेटो) बाहेक भारत पनि दरिलो साझेदार बन्न पुगेको छ। पाकिस्तानसँग अफगानिस्तानको खुला र अव्यवस्थित सिमानाको उपयोग गरी यही मौकामा पाकिस्तानमा अस्थिरता उत्पन्न गराउने भारतीय योजना, इरानसँग जोडिएको पाकिस्तानी भूमि बलुचिस्तानको जातीय अन्तरद्वन्द्वमा खेली यसलाई स्वतन्त्र राष्ट्र बनाएर इरान-भारत ग्यास पाइपलाइन निर्माण परियोजनालाई मूर्त रूप लिने उसको भित्री इच्छा, इस्लामिक चरमपन्थीलाई अफगानिस्तान द्वन्द्वमै अल्झाएर कास्मिरसम्बन्धी विषयबाट उनीहरूको ध्यान हटाउँदै लैजाने उसको ध्येय आदिले नयाँ दिल्लीलाई अफगानिस्तानमा आफ्नो उपस्थिति थप सघन पार्न प्रेरित गरिरहेको छ। यसका लागि भारतले अफगानिस्तानको वर्तमान सरकारलाई बलियो बनाउन चाहेको छ।

सन् १९७९को अन्त्यमा अफगानिस्तानमाथि सोभियत संघको सैन्य हस्तक्षेपलाई भारतले समर्थन गरेको थियो भने पाकिस्तानले सोभियतविरुद्ध जिहाद नै छेडेको थियो। भारतीय कदमका कारण अफगानी मुक्तियोद्धा मुजाहिद्दिन र भारतबीचको सम्बन्ध ज्यादै चिसो बन्न पुगेको थियो। त्यसमाथि कास्मिरका जनताको मुक्तिको आवाजमाथि बर्बर दमन गर्ने भारतीय कदमले विश्वभरका मुस्लिम अतिवादी समुदायमा भारतप्रति चरम नकारात्मक भाव विकसित गराएको छ। यी दुई कारणले गर्दा दक्षिण एसियाका मुस्लिम अतिवादीहरूको आक्रमणको निसानामा भारत पर्ने गरेको छ। मुस्लिम अतिवादीको एक्लै सामना गर्दै आएको भारतले ९/११को घटनापछि दक्षिण एसियाका अतिवावादीविरुद्ध लड्ने सहयात्री पाएको छ। त्यसैले अमेरिकी सेनाको कमजोर उपस्थिति रहेको अफगानिस्तान भारतीय स्वार्थका लागि वाञ्छनीय छैन। अफगानिस्तानमा अमेरिकी सेनाको उपस्थिति अझ सुदृढ बनोस् भन्ने भारत चाहन्छ। अमेरिकी सेना अफगानिस्तानबाट फर्किए कारजाई सरकार तत्कालै ढल्ने र भारतप्रति असहिष्णु तालेवान सत्तामा आउने सम्भावना प्रबल छ, जुन भारतीय हितमा छैन। यसो भएको खण्डमा अफगानीस्तानको आन्तरिक मामिलामा हाल कमजोर बन्न पुगेको पाकिस्तानको क्षमता पुनः सुदृढ बन्नेछ किनकि अफगानी तालेवानप्रति पाकिस्तानले अपेक्षाकृत नरम भाव राख्दै आएको छ। भारतले भने उल्टो तालेवानविरोधी उत्तरी गठबन्धन र कारजाई सरकारलाई सघाइरहेको छ। काबुलमा तालेवानको सत्ता पुनः स्थापित भए पाकिस्तानसँगको अफगानिस्तानको खुला सिमानाको उपयोग गर्दै पाकिस्तानविरुद्ध खेल्ने भारतको सम्भावना क्षीण बन्न पुग्नेछ। अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भए 'इसाइ क्रुसेड'लाई निस्तेज गर्न गोलबन्द भएका चरमपन्थीले आफ्नो फुर्सदिलो समयलाई कास्मिरमा 'हिन्दू अतिक्रमण'को विरोध गर्ने कार्यमा खर्च गर्नेछन्। यसबाट भारतको सुरक्षामा गम्भीर खलल पुग्नेछ।

अमेरिकाका विख्यात सुरक्षाविद् रोबर्ट डी कप्लानले आफ्नो पुस्तक 'जिगोग्राफी अफ साउथ एसियामा'मा त्यसै लेखेका हैनन्, 'अफगान युद्धसँग गाँसिएका भारतका स्वार्थहरूलाई बेवास्ता गर्दै अमेरिकाले एकलौटी रूपमा अफगानिस्तानबाट फिर्ता हुने निर्णय गर्छ भने यसले भारतसँगको उसको बहुमूल्य रणनैतिक साझेदारीको अस्तित्वमाथि नै प्रश्नचिह्न खडा गर्न सक्छ।' यस्तो परिप्रेक्षमा ओबामाको अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने कुरालाई भारतले गम्भीरतापूर्वक नियालिरहेको सहजै अनुमान लगाउन सकिन्छ। तसर्थ, अफगान मामिलामा भारतका आगामी कदम अफगानिस्तानमा अमेरिकाको सैन्य उपस्थितिलाई कसरी अनन्त कालसम्म सुनिश्चित गर्ने भन्नेतर्फ लक्षित हुने दाबी गर्न सकिन्छ। यस सन्दर्भमा हालैको भारत भ्रमणका क्रममा अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनसमक्ष भारतले अफ्गानिस्तानबाट आफ्ना सेना फर्काउने ओबामाको घोषणाप्रति राखेको चासो र यसको जवाफमा विदेशमन्त्री क्लिन्टनले अमेरिकी सेना फिर्तीपछि पनि आतंकवादविरुद्धको युद्ध जारी रहने भनी भारतलाई दिएको आश्वासनमाथि ध्यान पुर्‍याउनु वाञ्छनीय हुन्छ। [८]

सन्दर्भ[सम्पादन गर्ने]

  1. Cite error: Invalid <ref> tag; no text was provided for refs named CIA
  2. Cite error: Invalid <ref> tag; no text was provided for refs named Last-Afghan-empire
  3. Cite error: Invalid <ref> tag; no text was provided for refs named CIA-pop
  4. "Chapter 2. The Society and Its Environment" (PDF), Afghanistan Country Study, Illinois Institute of Technology, pp. 105–06 
  5. ५.० ५.१ ५.२ ५.३ "Afghanistan" 
  6. "Gini Index" 
  7. http://hdr.undp.org/en/media/HDR_2011_EN_Table1.pdf
  8. सुजित मैनाली, अफगान युद्धमा भारतीय चासो, नयापत्रिका