पाकिस्तान
नेपाली विकिपीडियाबाट
इस्लामी जम्हूरिया ए पाकिस्तान वा पाकिस्तान इस्लामिक गणतंत्र वा मात्र पाकिस्तान भारत को पश्चिम मा अस्थित एक इस्लामी गणराज्य हो। यहाँ को प्रमुख भाषाहरु उर्दू, पंजाबी, सिंधी, बलूची र पश्तो हो। राजधानी इस्लामाबाद र अन्य महत्वपूर्ण सहर कराची, लाहौर हो। पाकिस्तानमा चार प्रान्त छन: पंजाब, सिंध, बेलुचिस्तान र सूबा-ए-सरहद, यस लगायात पाक अधिकृत कश्मीर, शुमाली इलाका, क़बाइली इलाका, र इस्लामाबाद पनि पाकिस्तानमा शामिल छन।
पाकिस्तानको जन्म सन् १ ९४७ मा भारतको विभाजनको परिणामस्वरूप भएको थियो । सर्वप्रथम सन् १०३० मा कवि (शायर) मुहम्मद इक़बाल ले दुई-राष्ट्र सिद्धांतको उल्लेख गरेका थिए । उनले भारतको उत्तर-पश्चिममा सिन्ध, बेलुचिस्तान, पंजाब तथा अफ़गान (सूबा-ए-सरहद) लाई मिलाएर एक नया राष्ट्र बनाउने कुरा गरेका थिए । सन् १९३३ मा कैम्ब्रिज विश्वविद्यालय का छात्र चौधरी रहमत अली ले पंजाब, सिन्ध, कश्मीर तथा बेलुचिस्तानका मानिसहरुको लागिपाक्स्तान (जुन पछि पाकिस्तान बन्यो) शब्दको सृजना गरे । सन् १९४७ बेखि १९७२ सम्म पाकिस्तान दुई भागहरुमा बाडी रर्हो - पूर्वी पाकिस्तान र पश्चिमी पाकिस्तान । दिसम्बर, सन् १९७१ मा भारतसग भएको लडाईको परिणामरूप पूर्वी पाकिस्तान बांग्लादेश बन्यो र पश्चिमी पाकिस्तान पाकिस्तान भएर रर्हो ।
विषयसूची |
[परिवर्तन्] नाम का उदभव
पाकिस्तान नामको उद्भव 'पाक्स्तान' बाट भयो जसलाई प्रथम पटक चौधरी रहमत अलीले प्रयोगमा ल्याए । 'पाक्स्तान' शब्दको अर्थ हुन्छ पाक अर्थात पवित्र मानिसहरुको ठेगाना।
[परिवर्तन्] इतिहास
पाकिस्तान शब्दको जन्म सन् १९३३ मा1933 कैम्ब्रिज विश्वविद्यालय का छात्र चौधरी रहमत अली द्वारा भएको थियो । यस भन्दा पहिले सन् १९३० मा शायर मुहम्मद इक़बाल ले भारतको उत्तर-पश्चिमी चार प्रान्तों -सिन्ध, बलुचिस्तान, पंजाब तथा अफ़गान (सूबा-ए-सरहद)- लाई मिलाकर एक अलग राष्ट्रको मांग गरेका थिए । १९४७ अगस्तमा भारतको विभाजनको परिणामस्वरूप पाकिस्तानको जन्म भयो । त्यस समय पाकिस्तानमा वर्तमान पाकिस्तान र बांग्लादेश दुबै सम्मिलित थिए । सन् १९७१ मा भारतसग भएको युद्धमा पाकिस्तानको पूर्वी हिस्सा (जसलाई त्यस समयसम्म पूर्वी पाकिस्तान भनिन्थ्यो ) बांग्लादेशको रूपमा स्वतंत्र भयो । आजको पाकिस्तानी भूभाग थुप्रै संस्कृतिहरुको साक्षी रहेको छ ।
ईसापूर्व ३३००-१८०० को बीच यहाँ सिन्धुघाटी सभ्यता को विकास भयो । यह विश्वको चार प्राचीन ताम्र-कांस्यकालीन सभ्यताहरु मध्ये एक थियो । यसको क्षेत्र सिन्धु नदी को किनारमा अवस्थित थियो तर गुजरात (भारत) र राजस्थान मा पनि यस सभ्यताको अवशेष पाईएको छ । मोहेन्जो-दारो, हड़प्पा इत्यादि स्थल पाकिस्तानमा सभ्यताको प्रमुख अवशेष-स्थल हो । यस सभ्यताको मानिस को थिए यसको बारेमा विद्वानहरुमा मतैक्य छैइन । केहि यिनिहरुलाई आर्यहरुको पूर्ववर्ती शाखा भन्दछन त केहि यिनिहरुलाई द्रविड़ । केहि यिनिहरुलाई बलोची पनि ठहर्याउदछन । यस मतभेदको एउटा कारण सिन्धु-घाटी सभ्यताको लिपि पढन नसक्नु पनि हो ।
यस्तो माना मानिन्छ कि १५०० ईसापूर्वको आसपास आर्य को आगमन पाकिस्तानको उत्तरी क्षेत्रहरुको मार्फ़त भारतमा भयो । आर्यहरुको निवास स्थान कैस्पियन सागरको पूर्वी तथा उत्तरी हिस्सामा मानिन्छ जहाँबाट उनिहरु यसै समयको करीब ईरान, यूरोप र भारत तर्फ लागेका थिए । सन् ५४३ ईसापूर्वमा पाकिस्तानको अधिकांश इलाका ईरान (फारस) को हख़ामनी साम्राज्य को अधीन आयो । तर त्यसै समय इस्लाम को उदय भएको थिएन; ईरानक मानिसहरु ज़रदोश्त को अनुयायी थिए र देवताहरुको पूजा गर्दथे । सन् ३३० ईसापूर्वमा मकदूनिया (ग्रिस) का विजेता अलेक्जेन्डर ले दारा तृतीय लाई तीन पटक हराएर हखामनी वंशको अन्त गरिदिए । यसको कारण ईजिप्ट देखि पाकिस्तान सम्म फैलीएको हखामनी साम्राज्यको पतन भयो र अलेक्जेन्डर पंजाब आए । ग्रीक स्रोतहरुको बमोजिम उसले सिन्धु नदीको तटमा भारतीय राजा पुरु (ग्रीक - पोरस) लाईको हराईदिए । तर उनको सेनाले अगाडि बढ़नलाई इनकार गरिदियो र उनि भारतमा प्रवेश नगरी फिर्ता गयो । यस पछि उत्तरी पाकिस्तान र अफगानिस्तानमा ग्रिस-बैक्ट्रियन सभ्यताको विकास भयो । अलेक्जेन्डरको साम्राज्यलाई उनका सेनापतिहरुले आपसमा बाडिलिये । सेल्युकस नेक्टर अलेक्जेन्डरका सबभन्दा शक्तिशाली उत्तराधिकारी मध्ये एक थिए ।
मौर्य राजवंश ले ३०० ईसापूर्वको आसपास पाकिस्तानलाई आफ्नो साम्राज्यको अधीन गरेका थिए । यसपछि पुनः यो ग्रीको-बैक्ट्रियन शासनमा गयो । यी शासकहरुमा सबभन्दा प्रमुख मिनांदर ले बौद्ध धर्म लाई प्रोत्साहित गरे । पार्थियनहरुको पतन पछि यो फारसी प्रभावबाट मुक्त भयो । सिन्धलाई राय राजवंश (सन् 489-632) ले यस माथि शासन गरे । यसको पछि यो उत्तर भारतको गुप्त र फारसको सासानी साम्राज्य बीच बाडिर्हो ।
सन् ७१२ मा फारसको सेनापति मुहम्मद बिन क़ासिम ले सिन्धको राजालाई हराईदिए । यो फारसी विजय नभएर इस्लाम को विजय थियो । बिन कासिम एउटा अरब थियो र पूर्वी ईरानमा अरबीहरुको आबादी र नियंत्रण बढ़दै गहिरहेको थियो । जबकि यसै समय केन्द्रीय ईरानमा अरबीहरु प्रति घृणा र द्वेष बढ़दै गहिरहेको थियो तर यस क्षेत्रमा अरबबीहरुको प्रभुसत्ता स्थापित हुन् गएको थियो । यस पछि पाकिस्तानको क्षेत्र इस्लामबाट प्रभावित हुदै गयो । पाकिस्तानी सरकारको अनुसार यसै समय 'पाकिस्तान को बिउ' रोपिएको थियो । यसको ११९२ मा दिल्ली का सुल्तान पृथ्वीराज चौहान लाई हराएपछि नै दिल्लीको सत्तामा फारसबाट आएका तुर्क, अरबी र फारसीहरुको नियंत्रण भयो । पाकिस्तान दिल्ली सल्तनत को अंग बन्यो ।
सोह्औ शताब्दीमा मध्य-एशियाबाट भागेर आएका बाबर ले दिल्लीको सत्ता मा अधिकार अधिकार बनाए र पाकिस्तान मुगल साम्राज्य को अंग बन्यो । मुगलहरुले काबुल सम्मको क्षेत्रलाई आफ्नो साम्राज्यमा मिलाएका थिए । अठारऔ शताब्दीको अन्तसम्म विदेशीहरु (खास गरेर अंग्रेजहरु) को प्रभुत्व भारतीय उपमहाद्वीप मा बढ़दै गयो । सन् १८५७ को गदर पछि सम्पूर्ण भारत अंग्रेजको शासनमा आयो।
[परिवर्तन्] भूगोल
thumb|left|320px|पाकिस्तानको भू-उत्थान
पाकिस्तानको क्षेत्रफल करिव ८,०३,९४० वर्ग किलोमीटर छ जुन ब्रिटेन र फ्रांस सम्मिलित क्षेत्रफलको करीब हुन आउदछ । क्षेत्रफलको हिसाबबाट यो विश्वमा चौंतीसऔ स्थान मा छ । अरब सागरसग जोदिएको यसको सामुद्रिक सीमा रेखा करिव १०४६ किलोमीटर लामो छ । यसको ज़मीनी सीमारेखा कुल ६,७४४ किलोमीटर लामो छ - उत्तर-पश्चिम मा २४३० कि.मी. अफ़ग़ानिस्तान सग, दक्षिण पूर्व मा ९०९ कि.मी. ईरान सग, उत्तर-पूर्व मा ५१२ कि.मी. चीन सग (गुलाम कश्मीरसग जोडीएको सीमा) तथा पूर्व मा २९१२ कि.मी. भारत सग।
पाकिस्तानको उत्तरी इलाका पहाड़ी छ । यहाँ हिमालय पर्वतको थुप्रै उच्च शिखर पाईन्छ । यिनिहरु बिचबाट जान्छ सकरा मार्ग 'खैबर घाटि' को नामबाट प्रसिद्ध छ। भारतमा उगम हुने पाँच नदिहरु झेलम, चिनाब, रावी, सतलज र ब्यास यहाँबाट बगेर जब समतल भूमीलाई छूदछ तब एउटा अत्यंत उपजाऊ जमीन बन्दछ जसलाई 'पंजाब' को नामले जानिन्छ । दक्षिण तर्फ यसको संगमबाट सिन्धु नदी बन्दछ जसको घाटी अझै उपजाऊ छ । दक्षिणमा यो अरबी समुन्द्रसग गएर मिल्दछ ।
दक्षिणमा समुद्री घाटहरु (बीच, या दीघा) देखि लिएर उत्तरमा हिमालय (काराकोरम) र हिन्दूकुश को बर्फ़ीलो शिखरसम्म पाकिस्तानमा धेरै भौगोलिक विविधता छ । तर औसतन रूपबाट यो क्षेत्र शुष्क छ । औसतन १०० सेन्टीमीटर सालाना वर्षा हुदछ । पाकिस्तानको ५ शिखरहरु ८००० मीटर देखि उच्चा छन । उत्तरी क्षेत्रहरुमा मौसमी विविधता धेरै छ । त्यहा गर्मिमा तापक्रम ४५ डिग्री सेन्टीग्रेड देखि माथि जान्छ जबकि ठन्डिमा तापक्रम हिउ जम्ने अबस्था सम्म जान्छ । दक्षिणमा यो विविधता अपेक्षाकृत कम हुदछ ।
सिन्धु यहाँको प्रमुख नदी हो। इसके अलावा सिन्धुको सहायक नदिहरु पंजाबको आसपास भएर बग्दछ जसको कारण पंजाबमा कृषियोग्य जलवायु हुदछ । सिन्धु नदीको पश्चिम र दक्षिण-पश्चिममा बेलुचिस्तानको इलाका मरुभुमि छ। सिन्धको पूर्वी भागमा थार मरुस्थल को बिशाल भाग छ तर सिन्धमा नै थारपारकार विश्वको एकमात्र उर्वर मरुस्थल हो । देशको कुल 27% भूमि कृषियोग्य छ।
[परिवर्तन्] वनस्पति और जीव-जन्तु
उत्तरमा अल्पाईन वनस्पति पाईन्छ भने दक्षिणमा शीतोष्ण। दक्षिणमा सिन्धु नदी मा गोही पाईन्छ । सिन्धु नदीमा अन्धो डॉल्फ़िन पनि पाइन्छ।
[परिवर्तन्] अर्थव्यवस्था
पाकिस्तान एउटा विकासशील देश हो । सन् २००७ सम्म पाकिस्तानको अर्थव्यवस्था ७ प्रतिशतको वार्षिक दरबाट बढिरहेको थियो । यहाँको मुद्रा पाकिस्तानी रुपया हो, जसलाई पैसामा बाढ्न सकिन्छ । एक अमरीकी डालरको मुल्य लगभग ६० पाकिस्तानी रुपया (सन् २००६) छ। सन् २००५ सम्म पाकिस्तान मथि ४० अरब अमेरिकी डॉलरको विदेशी ऋण थियो जुन अमेरिका द्वारा दिएको ऋणमाफ़ी र अन्य संस्थाहरु द्वारा दिएको वित्तीय मददको कारण कम हुदै जादै छ ।
यहाँको अर्थव्यवस्थामा कृषिको योगदान कम हुदै गहिरहेको छ । आज कृषि सकल घरेलू उत्पादको मात्र 20 प्रतिशत हिस्सा छ जबकि ५३ प्रतिशत सेवा क्षेत्रबाट आउदछ । तर राजनितिक उथल-पुथलको कारण टाट उल्टिने अबस्था आएको छ !
[परिवर्तन्] पाकिस्तानी राजनैतिक दल
- पाकिस्तान पीपुल्स पार्टी (पीपीपी) - बेनजीर भुट्टो यसै पार्टीमा हुनुहुन्थो । यस पार्टीको स्थापना उनको पिता जुल्फिकार अली भुट्टो के गरेका थिए ।
- पाकिस्तान मुस्लिम लीग
- मुत्तहिदा मज्लिस-ए-अमल
- तहरीक-ए-इन्साफ पार्टी- यो पार्टी प्रसिध्द पाकिस्तानी क्रिकेटर इमरान ख़ान द्वारा स्थपित गरीको हो ।
- मुत्तहिदा क़ौमी मूवमेन्ट (एम क्यू एम) इस पार्टीको स्थापना अलताफ हुसैनले गरे ।
आफ्नो प्रथम चरणमा यो पार्टी कराचीसम्म सीमित थियो । आज यस पार्टीको अन्कूर देशको कुन कुनामा देखिन्छ ,अब यो पार्टी एक शहर को होईन देशको चारै प्रान्तको हो (द्वारा एम क्यु एम प्रान्तीय कमिटी पेशावर)
[परिवर्तन्] उपविभाग
पाकिस्तान में चार प्रान्त हैं:-
क्षेत्र:
[परिवर्तन्] जनवृत्त
thumb|right|400px|पाकिस्तानको प्रमुख जातीय समूह
जुलाई २००७ को आँकडाहरुको बमोजिम यहाँको जनसंख्या १६,९३,००,००० छ जुन विश्वमा छैटऔ स्थान मा छ - ब्राजील देखि कम र रूस देखि धेरै । यहाँको जनसंख्या वृद्धि दर धेरै भएको कारण भविष्यमा यो तिब्र रुपमा बढ़ने आशका छ ।
प्रमुख जातियों में - पंजाबी (४४.७%), पश्तून (पठान) (१५.४%), सिन्धी (१४.२), मुल्तानी (८.४%), मोहाज़िर (७.६%), बेलुचि (३.४%) छ । हालै अफगानिस्तानमा चलिरहिको युद्धहरुको कारण थुप्रै अफगान शरणार्थी पनि यस देशमा बस्न लागेका छन । प्रमुख धर्म इस्लाम छो । लगभग ९६ प्रतिशत मानिस मुस्लिम छन (७७ प्रतिशत सुन्नी र २० प्रतिशत शिया) । यस बाहेक १.८५ प्रतिशत हिन्दू र 1.6 प्रतिशत ईसाई यहाँको प्रमुख अल्पसंख्यक हुन ।
यहाँको सांवैधानिक भाषा अंग्रेज़ी हो र उर्दू राष्ट्रीय भाषा । पंजाबी सबै भन्द ज्यादा बोलीने स्थानीय भाषा हो तर यसलाई कुनै सांवैधानिक दर्जा प्राप्त छैन ।
[परिवर्तन्] फिल्म और टेलीविजन
पाकिस्तानमा भारतीय हिन्दी सिनेमा धेरै लोकप्रिय छ । स्थानीय सिनेमा पनि देखिन्छ ।
[परिवर्तन्] खेल
हकी राष्ट्रीय खेल हो । क्रिकेटको लोकप्रियता धेरै छ । देशको क्रिकेट टीम ले एक पटक विश्व कप (सन् १९९२ मा) जितेको छ ।
[परिवर्तन्] बाह्य लिङ्क
- wikt:पाकिस्तान (विक्षनरी)
[परिवर्तन्] संदर्भ
[परिवर्तन्] सरकारी लिङ्क
श्रेणी:देश श्रेणी:जंबुद्वीप श्रेणी:नैऋत्य जंबुद्वीप श्रेणी:दक्षिण जंबुद्वीप श्रेणी:पाकिस्तान श्रेणी:कमनवेल्थ देश