पाकिस्तान
पाकिस्तान (/ˈpækɪstæn/ वा /pɑːkiˈstɑːn/; उर्दू: پاکستان) (उर्दु उच्चारण: [paːkɪˈst̪aːn] (
listen)) वा इस्लामिक गणतन्त्र पाकिस्तान (उर्दू: اسلامی جمہوریۂ پاکستان इस्लामी जम्हूरि-ए पाकिस्तान) भारतको पश्चिममा अस्थित एक इस्लामी गणराज्य हो। यहाँको प्रमुख भाषाहरू उर्दू, पंजाबी, सिंधी, बलूची र पश्तो हो। राजधानी इस्लामाबाद र अन्य महत्वपूर्ण सहर कराची, लाहौर हो। पाकिस्तानमा चार प्रान्त छन: पंजाब, सिंध, बेलुचिस्तान र सूबा-ए-सरहद, यस लगायात पाक अधिकृत कश्मीर, शुमाली इलाका, कबाइली इलाका, र इस्लामाबाद पनि पाकिस्तानमा शामिल छन्।
पाकिस्तानको जन्म सन् १ ९४७मा भारतको विभाजनको परिणामस्वरूप भएको थियो। सर्वप्रथम सन् १०३०मा कवि (शायर) मुहम्मद इकबालले दुई-राष्ट्र सिद्धांतको उल्लेख गरेका थिए। उनले भारतको उत्तर-पश्चिममा सिन्ध, बेलुचिस्तान, पंजाब तथा अफगान (सूबा-ए-सरहद)लाई मिलाएर एक नया राष्ट्र बनाउने कुरा गरेका थिए। सन् १९३३मा क्याम्ब्रिज विश्वविद्यालय का छात्र चौधरी रहमत अलीले पंजाब, सिन्ध, कश्मीर तथा बेलुचिस्तानका मानिसहरूको लागिपाक्स्तान (जुन पछि पाकिस्तान बन्यो) शब्दको सृजना गरे। सन् १९४७ बेखि १९७२ सम्म पाकिस्तान दुई भागहरूमा बाडी रर्हो - पूर्वी पाकिस्तान र पश्चिमी पाकिस्तान। डिसेम्बर, सन् १९७१मा भारतसग भएको लडाईको परिणामरूप पूर्वी पाकिस्तान बंगलादेश बन्यो र पश्चिमी पाकिस्तान पाकिस्तान भएर रर्हो।
विषयसूची |
नाम [सम्पादन गर्ने]
पाकिस्तान नामको उद्भव 'पाक्स्तान' बाट भयो जसलाई प्रथम पटक चौधरी रहमत अलीले प्रयोगमा ल्याए। 'पाक्स्तान' शब्दको अर्थ हुन्छ पाक अर्थात पवित्र मानिसहरूको ठेगाना।
इतिहास [सम्पादन गर्ने]
पाकिस्तान शब्दको जन्म सन् १९३३ मा1933 क्याम्ब्रिज विश्वविद्यालय का छात्र चौधरी रहमत अली द्वारा भएको थियो। यस भन्दा पहिले सन् १९३०मा शायर मुहम्मद इकबालले भारतको उत्तर-पश्चिमी चार प्रान्तों -सिन्ध, बलुचिस्तान, पंजाब तथा अफगान (सूबा-ए-सरहद)-लाई मिलाकर एक अलग राष्ट्रको आमाग गरेका थिए। १९४७ अगस्टमा भारतको विभाजनको परिणामस्वरूप पाकिस्तानको जन्म भयो। त्यस समय पाकिस्तानमा वर्तमान पाकिस्तान र बंगलादेश दुबै सम्मिलित थिए। सन् १९७१मा भारतसग भएको युद्धमा पाकिस्तानको पूर्वी हिस्सा (जसलाई त्यस समयसम्म पूर्वी पाकिस्तान भनिन्थ्यो ) बंगलादेशको रूपमा स्वतन्त्र भयो। आजको पाकिस्तानी भूभाग थुप्रै संस्कृतिहरूको साक्षी रहेको छ।
ईसापूर्व ३३००-१८००को बीच यहाँ सिन्धुघाटी सभ्यताको विकास भयो। यो विश्वको चार प्राचीन ताम्र-कांस्यकालीन सभ्यताहरू मध्ये एक थियो। यसको क्षेत्र सिन्धु नदीको किनारमा अवस्थित थियो तर गुजरात (भारत) र राजस्थानमा पनि यस सभ्यताको अवशेष पाईएको छ। मोहेन्जो-दारो, हडप्पा इत्यादि स्थल पाकिस्तानमा सभ्यताको प्रमुख अवशेष-स्थल हो। यस सभ्यताको मानिसको थिए यसको बारेमा विद्वानहरूमा मतैक्य छैइन। केही यिनिहरूलाई आर्यहरूको पूर्ववर्ती शाखा भन्दछन त केही यिनिहरूलाई द्रविड। केही यिनिहरूलाई बलोची पनि ठहर्याउदछन। यस मतभेदको एउटा कारण सिन्धु-घाटी सभ्यताको लिपि पढन नसक्नु पनि हो।
यस्तो माना मानिन्छ कि १५०० ईसापूर्वको आसपास आर्यको आगमन पाकिस्तानको उत्तरी क्षेत्रहरूको मार्फत भारतमा भयो। आर्यहरूको निवास स्थान कैस्पियन सागरको पूर्वी तथा उत्तरी हिस्सामा मानिन्छ जहाँबाट उनीहरू यसै समयको करीब ईरान, यूरोप र भारत तर्फ लागेका थिए। सन् ५४३ ईसापूर्वमा पाकिस्तानको अधिकांश इलाका ईरान (फारस)को हखामनी साम्राज्यको अधीन आयो। तर त्यसै समय इस्लामको उदय भएको थिएन; ईरानक मानिसहरू जरदोश्तको अनुयायी थिए र देवताहरूको पूजा गर्दथे। सन् ३३० ईसापूर्वमा मकदूनिया (ग्रिस) का विजेता अलेक्जेन्डरले दारा तृतीयलाई तीन पटक हराएर हखामनी वंशको अन्त गरिदिए। यसको कारण ईजिप्ट देखि पाकिस्तान सम्म फैलीएको हखामनी साम्राज्यको पतन भयो र अलेक्जेन्डर पंजाब आए। ग्रीक स्रोतहरूको बमोजिम उसले सिन्धु नदीको तटमा भारतीय राजा पुरु (ग्रीक - पोरस) लाईको हराईदिए। तर उनको सेनाले अगाडि बढनलाई इनकार गरिदियो र उनी भारतमा प्रवेश नगरी फिर्ता गयो। यस पछि उत्तरी पाकिस्तान र अफगानिस्तानमा ग्रिस-बैक्ट्रियन सभ्यताको विकास भयो। अलेक्जेन्डरको साम्राज्यलाई उनका सेनापतिहरूले आपसमा बाडिलिये। सेल्युकस नेक्टर अलेक्जेन्डरका सबभन्दा शक्तिशाली उत्तराधिकारी मध्ये एक थिए।
मौर्य राजवंशले ३०० ईसापूर्वको आसपास पाकिस्तानलाई आफ्नो साम्राज्यको अधीन गरेका थिए। यसपछि पुनः यो ग्रीको-बैक्ट्रियन शासनमा गयो। यी शासकहरूमा सबभन्दा प्रमुख मिनांदरले बौद्ध धर्मलाई प्रोत्साहित गरे। पार्थियनहरूको पतन पछि यो फारसी प्रभावबाट मुक्त भयो। सिन्धलाई राय राजवंश (सन् 489-632)ले यस माथि शासन गरे। यसको पछि यो उत्तर भारतको गुप्त र फारसको सासानी साम्राज्य बीच बाडिर्हो।
सन् ७१२ माफारसको सेनापति मुहम्मद बिन कासिमले सिन्धको राजालाई हराईदिए। यो फारसी विजय नभएर इस्लामको विजय थियो। बिन कासिम एउटा अरब थियो र पूर्वी ईरानमा अरबीहरूको आबादी र नियन्त्रण बढदै गहिरहेको थियो। जबकि यसै समय केन्द्रीय ईरानमा अरबीहरू प्रति घृणा र द्वेष बढदै गहिरहेको थियो तर यस क्षेत्रमा अरबबीहरूको प्रभुसत्ता स्थापित हुन् गएको थियो। यस पछि पाकिस्तानको क्षेत्र इस्लामबाट प्रभावित हुदै गयो। पाकिस्तानी सरकारको अनुसार यसै समय 'पाकिस्तानको बिउ' रोपिएको थियो। यसको ११९२ मादिल्ली का सुल्तान पृथ्वीराज चौहानलाई हराएपछि नै दिल्लीको सत्तामा फारसबाट आएका तुर्क, अरबी र फारसीहरूको नियन्त्रण भयो। पाकिस्तान दिल्ली सल्तनतको अङ्ग बन्यो।
सोह्औ शताब्दीमा मध्य-एशियाबाट भागेर आएका बाबरले दिल्लीको सत्तामा अधिकार अधिकार बनाए र पाकिस्तान मुगल साम्राज्यको अङ्ग बन्यो। मुगलहरूले काबुल सम्मको क्षेत्रलाई आफ्नो साम्राज्यमा मिलाएका थिए। अठारऔ शताब्दीको अन्तसम्म विदेशीहरू (खास गरेर अङ्ग्रेजहरू)को प्रभुत्व भारतीय उपमहाद्वीपमा बढदै गयो। सन् १८५७को गदर पछि सम्पूर्ण भारत अङ्ग्रेजको शासनमा आयो।
भूगोल [सम्पादन गर्ने]
पाकिस्तानको क्षेत्रफल करिव ८,०३,९४० वर्ग किलोमीटर छ जुन ब्रिटेन र फ्रान्स सम्मिलित क्षेत्रफलको करीब हुन आउदछ। क्षेत्रफलको हिसाबबाट यो विश्वमा चौंतीसऔ स्थानमा छ। अरब सागरसग जोदिएको यसको सामुद्रिक सीमा रेखा करिव १०४६ किलोमीटर लामो छ। यसको जमीनी सीमारेखा कुल ६,७४४ किलोमीटर लामो छ - उत्तर-पश्चिममा २४३० कि.मी. अफगानिस्तान सग, दक्षिण पूर्वमा ९०९ कि.मी. ईरान सग, उत्तर-पूर्वमा ५१२ कि.मी. चीन सग (गुलाम कश्मीरसग जोडीएको सीमा) तथा पूर्वमा २९१२ कि.मी. भारत सग।
पाकिस्तानको उत्तरी इलाका पहाडी छ। यहाँ हिमालय पर्वतको थुप्रै उच्च शिखर पाइन्छ। यिनिहरू बिचबाट जान्छ सकरा मार्ग 'खैबर घाटि'को नामबाट प्रसिद्ध छ। भारतमा उगम हुने पाँच नदिहरू झेलम, चिनाब, रावी, सतलज र ब्यास यहाँबाट बगेर जब समतल भूमीलाई छूदछ तब एउटा अत्यन्त उपजाऊ जमीन बन्दछ जसलाई 'पंजाब'को नामले जानिन्छ। दक्षिण तर्फ यसको संगमबाट सिन्धु नदी बन्दछ जसको घाटी अझै उपजाऊ छ। दक्षिणमा यो अरबी समुन्द्रसग गएर मिल्दछ।
दक्षिणमा समुद्री घाटहरू (बीच, या दीघा) देखि लिएर उत्तरमा हिमालय (काराकोरम) र हिन्दूकुशको बर्फीलो शिखरसम्म पाकिस्तानमा धेरै भौगोलिक विविधता छ। तर औसतन रूपबाट यो क्षेत्र शुष्क छ। औसतन १०० सेन्टीमीटर सालाना वर्षा हुदछ। पाकिस्तानको ५ शिखरहरू ८००० मीटर देखि उच्चा छन। उत्तरी क्षेत्रहरूमा मौसमी विविधता धेरै छ। त्यहा गर्मिमा तापक्रम ४५ डिग्री सेन्टीग्रेड देखि माथि जान्छ जबकि ठन्डिमा तापक्रम हिउ जम्ने अबस्था सम्म जान्छ। दक्षिणमा यो विविधता अपेक्षाकृत कम हुदछ।
सिन्धु यहाँको प्रमुख नदी हो। इसके अलावा सिन्धुको सहायक नदिहरू पंजाबको आसपास भएर बग्दछ जसको कारण पंजाबमा कृषियोग्य जलवायु हुदछ। सिन्धु नदीको पश्चिम र दक्षिण-पश्चिममा बेलुचिस्तानको इलाका मरुभुमि छ। सिन्धको पूर्वी भागमा थार मरुस्थलको बिशाल भाग छ तर सिन्धमा नै थारपारकार विश्वको एकमात्र उर्वर मरुस्थल हो। देशको कुल 27% भूमि कृषियोग्य छ।
वनस्पति र जीव-जन्तुहरू [सम्पादन गर्ने]
उत्तरमा अल्पाईन वनस्पति पाइन्छ भने दक्षिणमा शीतोष्ण। दक्षिणमा सिन्धु नदीमा गोही पाइन्छ। सिन्धु नदीमा अन्धो डल्फिन पनि पाइन्छ।
अर्थव्यवस्था [सम्पादन गर्ने]
पाकिस्तान एउटा विकासशील देश हो। सन् २००७ सम्म पाकिस्तानको अर्थव्यवस्था ७ प्रतिशतको वार्षिक दरबाट बढिरहेको थियो। यहाँको मुद्रा पाकिस्तानी रूपया हो, जसलाई पैसामा बाढ्न सकिन्छ। एक अमरीकी डालरको मुल्य लगभग ६० पाकिस्तानी रूपया (सन् २००६) छ। सन् २००५ सम्म पाकिस्तान मथि ४० अरब अमेरिकी डलरको विदेशी ऋण थियो जुन अमेरिका द्वारा दिएको ऋणमाफी र अन्य संस्थाहरू द्वारा दिएको वित्तीय मददको कारण कम हुदै जादै छ।
यहाँको अर्थव्यवस्थामा कृषिको योगदान कम हुदै गहिरहेको छ। आज कृषि सकल घरेलू उत्पादको मात्र 20 प्रतिशत हिस्सा छ जबकि ५३ प्रतिशत सेवा क्षेत्रबाट आउदछ। तर राजनैतिक उथल-पुथलको कारण टाट उल्टिने अबस्था आएको छ !
पाकिस्तानी राजनैतिक दल [सम्पादन गर्ने]
पाकिस्तानका प्रमुख राजनैतिक दलहरू यस प्रकार छन्-
- पाकिस्तान पीपुल्स पार्टी (पीपीपी) - बेनजीर भुट्टो यसै पार्टीमा हुनुहुन्थो। यस पार्टीको स्थापना उनको पिता जुल्फिकार अली भुट्टो के गरेका थिए।
- पाकिस्तान मुस्लिम लीग
- मुत्तहिदा मज्लिस-ए-अमल
- तहरीक-ए-इन्साफ पार्टी- यो पार्टी प्रसिध्द पाकिस्तानी क्रिकेटर इमरान खान द्वारा स्थपित गरीको हो।
- मुत्तहिदा कौमी मूवमेन्ट (एम क्यू एम) इस पार्टीको स्थापना अलताफ हुसैनले गरे।
प्रान्तहरू [सम्पादन गर्ने]
पाकिस्तानमा चार प्रान्त छन्:-
यी प्रान्तहरू बाहेक पाकिस्तानमा केन्द्र शासित निम्न लिखित क्षेत्रहरू छन्:
जनसंख्या [सम्पादन गर्ने]
जुलाई २००७को तथ्याङ्क अनुसार पाकिस्तानको जनसंख्या १६,९३,००,००० छ। यो जनसंख्या अनुसार पाकिस्तान विश्वको छैठौं सर्वाधिक जनसंख्या भएको राष्ट्र हो (पांचौं ब्राजील र सातौं रूस हुन्)। यहाँको जनसंख्या वृद्धि दर धेरै भएको कारण भविष्यमा यो तिब्र रूपमा बढने आशका छ।
पाकिस्तानका प्रमुख जातिमा पञ्जाबी (४४.७%), पश्तून (पठान) (१५.४%), सिन्धी (१४.२), मुल्तानी (८.४%), मोहाजिर (७.६%), बालुची (३.४%) छन्। अफगानिस्तानमा व्याप्त अस्थिरताको कारण थुप्रै अफगान शरणार्थी पनि यस देशमा शरणार्थीका रूपमा औहिरेका छन्। यो राष्ट्रको प्रमुख धर्म इस्लाम हो। लगभग ९६ प्रतिशत मानिस मुस्लिम छन (७७ प्रतिशत सुन्नी र २० प्रतिशत शिया)। यस बाहेक १.८५ प्रतिशत हिन्दू र १.६ प्रतिशत ईसाई यहाँको प्रमुख धार्मिक अल्पसंख्यक हुन।
यो राष्ट्रको सांवैधानिक भाषा अङ्ग्रेजी हो भने राष्ट्रिय भाषा उर्दू हो। यो राष्ट्रको राष्ट्रभाषा उर्दू मात्र करिब ७ प्रतिशतको मातृभाषा हो। यो राष्ट्रमा सबैभन्दा बढी नागरिकको मातृभाषा तथा सबैभन्दा बढी चलनचल्तीमा रहेको भाषा पञ्जाबी भाषा हो। तर यो भाषालाई कुनै सांवैधानिक मान्यता प्राप्त छैन।
चलचित्र र टेलिभिजन [सम्पादन गर्ने]
पाकिस्तानमा भारतीय हिन्दी सिनेमा धेरै लोकप्रिय छ। स्थानीय सिनेमा पनि देखिन्छ।
खेल [सम्पादन गर्ने]
हकी राष्ट्रिय खेल हो। क्रिकेटको लोकप्रियता धेरै छ। देशको क्रिकेट टीमले एक पटक विश्व कप (सन् १९९२ मा) जितेको छ।
बाह्य लिङ्क [सम्पादन गर्ने]
- wikt:पाकिस्तान (विक्षनरी)
सन्दर्भ [सम्पादन गर्ने]
- ↑ "The State Emblem"
- ↑ "Population by Mother Tongue"
- ↑ "Population (In Millions) By Province, 2011"
- ↑ "Area, Population, Density and Urban/Rural Proportion by Administrative Units"
- ↑ ५.० ५.१ ५.२ ५.३ "Pakistan"
- ↑ "Human Development Report 2011. Human development index trends: Table 1" (PDF), p. 219
- ↑ Loureiro, Miguel. "Driving—the good, the bad and the ugly", Daily Times, 28 July 2005. Retrieved on 10 January 2010.
सरकारी लिङ्क [सम्पादन गर्ने]
|
||||||||||