नयाँ दिल्ली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नयाँ दिल्ली
नई दिल्ली
घडीको दिशामा बायाँ शिर्ष देखि: सचिवालय भवन, कनाउट प्लेस, जन्तर मन्तर, राष्ट्रपति भवन, इन्डिया गेट
देश भारत
राज्य/केन्द्र सासित प्रदेशदिल्ली
स्थापना१९११
उद्घाटन१९३१
क्षेत्रफल
 • राजधानी सहर१,४८४ किमी (५७३ वर्ग माइल)
उन्नतांश
२१६ मिटर (७०९ फिट)
जनसङ्ख्या
 (२०११)[२]
 • राजधानी सहर२४९,९९८
 • घनत्व५,८५४/किमी (१५१६०/वर्ग माइल)
 • महानगर
२१,७५३,४८६
भाषाहरू
 • आधिकारिकहिन्दी, अङ्ग्रेजी
 • दोश्रो आधिकारिकउर्दु, पन्जाबी[३]
समय क्षेत्रयुटिसी+५:३० (आइएसटी)
हुलाक कोड
११०xxx
क्षेत्रीय सङ्केत+९१-११
सवारी दर्ताDL-1x-x-xxxx to DL-13x-x-xxxx
वेबसाइटwww.ndmc.gov.in

नयाँ दिल्ली (/ˌnj ˈdɛli/ ( )) (पन्जाबी: ਨਵੀਂ ਦਿੱਲੀ, उर्दु: نئی دلی)[४][५] दिल्लीको एक जिल्ला र भारतको राजधानी क्षेत्र हो। नयाँ दिल्ली भारत सरकारको कार्यकारी, संसदीय र न्यायपालिका शाखाको सदनको रूपमा कार्य गर्दछ। यो दिल्लीको ११ जिल्लाहरू मध्ये एक हो। १४८३ वर्ग किलोमीटरमा फैलिएको दिल्ली भारतको तेस्रो सबैभन्दा ठुलो महानगर हो। यहाँँको जनसङ्ख्या लगभग २ करोड ५० लाख रहेको छ। यहाँँ बोलिने मुख्य भाषाहरू : हिन्दी, पन्जाबी, उर्दुअङ्ग्रेजी हुन। यसको दक्षिण पश्चिममा अरावली पर्वत श्रृखला र पूर्वमा यमुना नदी रहेको छ, जसको किनारमा यो सहर अवस्थित छ। यो प्राचीन समयमा गङ्गा नदिको मैदान भएर जाने वाणिज्य मार्गको बाटोमा पर्न मुख्य स्थल थियो। यमुना नदीको किनारामा स्थित यस नगरको गौरवशाली पौराणिक इतिहास छ। यो भारतको अतिप्राचीन नगर हो। यसको इतिहासको प्रारम्भ सिन्धु घाटी सभ्यतासँग जोडिएको छ। हरियाणाको आसपासका क्षेत्रहरूमा भएको खोजबाट यस कुराको प्रमाण भेटिएका छन्। महाभारत कालमा यस शहरको नाम इन्द्रप्रस्थ थियो। दिल्ली सल्तनतको उत्थानसँग नै दिल्ली एक प्रमुख राजनीतिक, सास्कृतिक र वाणिज्यिक शहरको रूपमा देखापर्‍यो। यहाँँ धेरै प्राचीन र मध्यकालीन भवनहरू तथा तिनका अवशेषहरूलाई देख्न सकिन्छ। सन १६३९ मा मुगल बादशाह शाहजहाँले दिल्लीमा नै एउटा चारै तर्फबाट पर्खालले घेरिएको सहरको निर्माण गराए, जुन सन् १६७९ देखि सन् १८५७ सम्म मुगल साम्राज्यको राजधानी रह्यो। १८औँ र १९औँ शताब्दीमा इस्ट इन्डिया कम्पनीले लगभग पुरा भारतलाई आफ्नो कब्जामा लियो। त्यसपछि उनीहरूले कोलकातालाई आफ्नो राजधानी बनाए। सन् १९११ मा अङ्ग्रेज सरकारले पुन: राजधानी दिल्ली फिर्ता लैजाने निर्णय गर्‍यो। यसको लागि पुरानो दिल्लीको दक्षिणमा एक नयाँ नगर नयाँ दिल्लीको निर्माण प्रारम्भ भयो। अङ्ग्रेजबाट सन् १९४७ मा स्वतन्त्रता प्राप्त गरेपछि नयाँ दिल्ली भारतको राजधानी घोषित गरियो। स्वतन्त्रता प्राप्ति पश्चात् दिल्लीमा विभिन्न क्षेत्रहरूबाट मान्छेहरूको आवागमन भयो, यसले दिल्लीको स्वरूपमा आमूल परिवर्तन ल्यायो। विभिन्न प्रदेसहरू, धर्महरू र जातजातिहरूका मान्छेहरूको दिल्लीमा बसाईका कारण दिल्लीको सहरीकरण त भयो नै साथै यहाँँ एक मिश्रित संस्कृतिले पनि जन्म लियो। आज दिल्ली भारतको एक प्रमुख राजनीतिक, सास्कृतिक र वाणिज्यिक केन्द्रको रूपमा रहेको छ।

नामकरण

यो नगरको नाम "दिल्ली" कसरी रखियो भन्ने कुराको कुनै निश्चित सन्दर्भ पाईदैन तर व्यापक रूपले यो मानिएको छ कि यो एक प्राचीन राजा "ढिल्लु"को नाम सँग सम्बन्धित छ। केही इतिहासकारहरूको यो मान्छन् कि यो देहलीको एक विकृत रूप हो, जसको हिन्दीमा चौखट अर्थ हुन्छ,जुन यो सम्भवतः नगरको सिन्धु-गङ्गा समभूमिको प्रवेश-द्वार हुनुको सूचक हो। एउटा अझै अर्को अनुमानको अनुसार यस नगरको प्रारम्भिक नाम "ढिलिका" थियो। हिन्दी/प्राकृत "ढीली" पनि यस क्षेत्रको लागि प्रयोग गरिन्थ्यो जुन अन्तत: 'दिल्ली' बन्यो।

इतिहास

लाल किला

दिल्लीको प्राचीनतम उल्लेख महाभारतमा भेटिन्छ जहाँ यसको उल्लेख प्राचीन इन्द्रप्रस्थको रूपमा गरिएछ। इन्द्रप्रस्थ पाण्डवहरूको राजधानी थियो। पुरातात्विक रूपले जुन पहिले प्रमाण पाईएको छ त्यसबाट थाहा हुन्छ कि ईसा पूर्व दुई हजार वर्ष पहिले पनि दिल्ली तथा यसको आस-पास क्षेत्रमा मानव बसोबास गर्ने गर्थे। मौर्य काल (ईसा पूर्व ३००)देखि यहाँँ एउटा नगरको विकास शुरु भयो। चन्दरबरदाइको रचना पृथ्वीराज रासोमा तोमर राजा अनंगपाललाई दिल्लीको संस्थापक बताईएको छ। यस्तो मानिन्छ कि उनले नै 'लाल-कोट'को निर्माण गराएका थिए र लौह-स्तंभको दिल्ली लिएर आए। दिल्लमा तोमरहरूको शासनकाल इ.सं. ९०० देखि इ.सं.१२०० सम्म रहेको मानिन्छ। 'दिल्ली' या 'दिल्लिका' शब्दको प्रयोग सर्वप्रथम उदयपुरमा प्राप्त भएका शिलालेखहरूमा पाईयो। यस शिलालेखको समय इ.सं. ११७० निर्धारित गरियो। इ.सं. १२०६ पछि दिल्ली दिल्ली सल्तनतको राजधानी बन्यो। यस राज्यमा खिलजी वंश, तुगलक वंश, सैयद वंशलोधी वंश समते केही अन्य वंशहरूले शासन गर्‍यो। यस्तो मानिन्छ कि आजको आधुनिक दिल्ली बन्नु भन्दा पहिले दिल्ली सात पल्ट उजाड भएर विभिन्न स्थानहरूमा बस्यो, जसको केही अवशेष अहिले पनि देख्न सकिन्छ। दिल्लीको तत्कालीन शासकहरूले यसको स्वरूपमा धेरै पल्ट परिवर्तन गरे। मुगल बादशाह हुमायूँले सरहिंदको नजीकको युद्धमा अफगानहरूलाई पराजित गरे तथा बिना कुनै विरोधको दिल्लीमा अधिकार जमाए। हुमायूँको मृत्यु पछि हेमू विक्रमादित्यको नेतृत्वमा अफगानीहरूले मुगल सेनालाई पराजित गरेर आगरा तथा दिल्लीमा पुनः अधिकार प्राप्त गरे। मुगल बादशाह अकबरले आफ्नो राजधानीको दिल्लीबाट आगरा स्थान्तरित गरे। अकबरको नाति शाहजहाँ सन् (१६२८-१६५८)ले सत्रौँ सताब्दीको मध्यमा यसलाई सातौँ पल्ट बनाए जसलाई शाहजहानाबादको नामले चिनिन थालियो। शाहजहानाबादलाई साधारण बोली-चालीको भाषामा पुरानो सहर या पुरानो दिल्ली भनिन्छ। प्राचीनकालदेखि पुरानो दिल्लीमा अनेक राजाहरू एवं सम्राटहरूले राज्य गरेका छन् तथा समय-समयमा यसको नाममा पनि परिवर्तन भईरहेको थियो। पुरानी दिल्ली सन् १६३८ पछि मुगल सम्राटहरूको राजधानी रह्यो। जहाँ आखिरी मुगल शाह बहादुर शाह जफर थिए। सन १८५७ को सैन्य विद्रोह पछि दिल्लीमा ब्रिटिस शासनको आदेशमा शासन चल्न लाग्यो। सन १८५७ को यस प्रथम भारतीय स्वतन्त्रता सङ्ग्रामको आन्दोलनलाई पूर्ण रूपमा दबाए पछि अङ्ग्रेजहरूले बहादुरशाह जफरलाई रङ्गुन पठाई दिए तथा भारत पूर्ण रूपमा अङ्ग्रेजहरूको अधीन भयो। प्रारम्भमा उनिहरूले कलकत्ता (आजकल कोलकाता)बाट शासन गर्न थाले तर सन् १९११ मा उपनिवेश राजधानीलाई दिल्ली स्थानान्तरित गरियो। सन १९४७ मा भारत स्वतन्त्रता भए पछि यसलाई अधिकारिक रूपले भारतको राजधानी घोषित गरियो। दिल्लीमा धेरै राजाहरूको साम्राज्यको उदय तथा पतनको साक्षी आज पनि विद्धमान छन्। तोमर शासकहरूमा दिल्लीको स्थापनाको श्रेय अनंगपाललाई जान्छ।

भौगोलिक स्थिति

दिल्लीमा यमुना नदी

राष्ट्रिय राजधानी क्षेत्र दिल्ली १४८४ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ जस मध्ये ७८३ वर्ग किलोमिटर भाग ग्रामीण क्षेत्र र ७०० वर्ग किलोमिटर भाग शहरी क्षेत्रमा घोषित छ। दिल्ली उत्तर-दक्षिणमा अधिकतम लम्बाइ ५१.९ किलोमिटर छ र पूर्व-पश्चिममा अधिकतम चौडाइ ४८.४८ किलोमिटर छ।

सन्दर्भ सामग्रीहरू

  1. "DELHI’s DEMOGRAPHY: Uniqueness", Ministry of Urban Development, पृ: २, अन्तिम पहुँच ११ अप्रिल २०१३  वेब्याक मेसिन अभिलेखिकरण १७ मे २०१२ मिति
  2. "Cities having population 1 lakh and above", censusindia, The Registrar General & Census Commissioner, India, अन्तिम पहुँच १८ सेप्टेम्बर २०११ 
  3. Official Language Act 2000. www.delhi.gov.in. Retrieved 15 July 2015.
  4. Wells, John C. (२००८), Longman Pronunciation Dictionary (3rd संस्करण), Longman, आइएसबिएन 9781405881180 
  5. Roach, Peter (२०११), Cambridge English Pronouncing Dictionary (18th संस्करण), Cambridge: Cambridge University Press, आइएसबिएन 9780521152532 

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्