पाण्डव
पाण्डव महाभारतको मुख्य पात्रहरु हुन। पाण्डवहरु पाँच भाइ थिए - युधिष्ठिर, भीमसेन, अर्जुन, नकुल तथा सहदेव।
पाण्डवहरु बाबु आमा [सम्पादन गर्ने]
पाण्डवहरुको बाबुको नाम पाण्डु थियो। उनी सारै नै प्रतपी यदुवंशी राजा थिए ! पाण्डुको दुई पत्निहरु थिए - कुन्ती तथा माद्री। युधिष्ठिर, भीम तथा अर्जुनको आमा कुन्ती थिईन र नकुल एवं सहदेव माद्रीको पुत्र थिए ।
पाण्डवहरुको जन्म कथा [सम्पादन गर्ने]
एक पटक राजा पाण्डु आफ्नो दुबै पत्निहरु - कुन्ती तथा माद्री - संग शिकार गर्नको लागि जंगल गएका थिए। त्यहा उनीहरुले मृगको जोडी मैथुनरत देख्न पुगे । पाण्डुले तत्काल आफ्नो बाणबाट त्यस मृगलाई घायल गरीदिए । मर्दै गर्दा त्यस मृगले पाण्डु लाई श्राप दिए, "राजन! तिमी सरह क्रूर पुरुष यस संसारमा कोही पनि छैन होला । तिमीले मलाई मैथुनको समय बाण हानेका छौ अतः जब कहिले तिमी मैथुनरत हुने छौ त्यसबेला तिम्रो मृत्यु हुने छ।"
यस श्रापबाट पाण्डु अत्यन्त दुःखी भए र आफ्नो रानिहरु संग भने , "हे देविहरु! अब म आफ्नो सबै वासनाहरु त्याग गरेर् यस वनमा नै बस्छु तिमीहरुहस्तिनापुर फर्केर जाओ़" उनको वचन सुनेर दुबै रानीहरुले दुःखी भएर भने , "नाथ!हामी तपाई बिना एक क्षण पनि जीवित रहन सक्दैनौ । तपाई हामीलाई पनि वनमा आफुसंग बस्ने कृपा गरिदिनु होस ।" पाण्डुले उनीहरुको अनुरोधलाई स्वीकार गरेर उनीहरुलाई वनमा आफ्नो साथ बस्ने अनुमति दिए।
यस समयमा राजा पाण्डुले अमावस्याको दिन ऋषि-मुनिहरु ब्रह्मा जीको दर्शनको लागि जादै गरेको देखे । उनले ती ऋषि-मुनिहरु संग आफुलाई पनि साथै लैजान आग्रह गरे । उनको यस आग्रहलाई ऋषि-मुनिहरुले भने, "राजन्! कुनै पनि निःसन्तान पुरुष ब्रह्मलोक जाने अधिकारी हुन सक्दैन अतः हामी तपाईलाई हामी संग लैजान असमर्थ छौ।"
ऋषि-मुनिहरुको कुरा सुनेर पाण्डुले आफ्नो पत्नीसंग भने, "हे कुन्ती!मैले जन्म लिनु नै वृथा भएरहेको छ किनकि सन्तानहीन व्यक्तिले पितृ-ऋण, ऋषि-ऋण, देव-ऋण तथा मनुष्य-ऋणबाट मुक्ति पाउन सक्दैन के तिमी पुत्र प्राप्तिको लागि मलाई सहायता गर्न सक्छेउ?" कुन्तीले भनिन , "हे आर्यपुत्र! दुर्वासा ऋषिले मलाई यस्तो मन्त्र दिएका छन जसबाट म कुनै पनि देवतालाई बोलाएर मनोवांछित वस्तु प्राप्त गर्न सक्तछु। तपाई आज्ञा गर्नु होस म कुन देवतालाई बोलाउ।" यसमा पाण्डुले धर्मलाई आमन्त्रित गर्ने आदेश दिए। धर्मले कुन्तीलाई छोरा दिए जसको नाम युधिष्ठिरराखीयो। कालान्तरमा पाण्डुले कुन्तीलाई पुनः दुई पटक वायुदेव तथा इन्द्रदेवलाई बोलाउने आज्ञा दिए। वायुदेवबाट भीम तथा इन्द्रबाट अर्जुनको उत्पत्ति भयो । तत्पश्चात् पाण्डुको आज्ञाबाट कुन्तीले माद्रीलाई त्यो मन्त्रको दीक्षा दीइन। माद्रीले अश्वनीकुमारलाई बोलाईन र नकुल तथा सहदेवको जन्म भयो।
एक दिन राजा पाण्डु माद्रीसंग वनमा नदीको तटमा भ्रमण गरीरहेका थिए। वातावरण अत्यन्त रमणीक थियो र शीतल-मन्द-सुगन्धित हावा चलिरहेको थियो । छिटो छिटो आउने हावाको सिरेटोले माद्रिको वस्त्र उड्यो। यसबाट पाण्डुको मन चंचल भयो र उनी यौन कार्यको लागि आसक्त भएका मात्र थिए श्रापको कारण उनको मृत्यु भै हाल्यो। माद्री उनको साथ सती भईन तर छोराहरुको पालन-पोषणको लागि कुन्ती हस्तिनापुर फर्की आईन।
| This लेख has not been added to any categories. Please help out by adding categories to it so that it can be listed with similar लेखs. (अक्टोबर २०११) |