हस्तिनापुर

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
हस्तिनापुर
—  city  —
हस्तिनापुर
Location of हस्तिनापुर
in उत्तर प्रदेश
निर्देशांक 29°10′N 78°01′E / 29.17°N 78.02°E / 29.17; 78.02
देश भारत
State उत्तर प्रदेश
District(s) मेरुत
Population २१,२४८ (2001 )
Time zone IST (UTC+5:30)
Area

Elevation


२०२ metres (६६३ ft)

महाभारतको युद्धको कारण रहेको राज्य । यसै राज्यको लागि कौरव र पाण्डवहरु बीच महाभारतको युद्ध भएको थियो।यो पहिले , अहिले भारतको राजधानी रहेको नयाँ दिल्लीको रहेको क्षेत्रको आसपास रहेको थियो भन्ने विश्वास गरिन्छ।दापर् युगमा यो हस्तिनापुर महाभारतको युद् ले प्रसिद् हुन् पुगेको थियो । हस्तिनापुरका महाराज बिचित्रबिर्य का तिन छोराहरु ध्रतरास्त्,पाण्डु र् बिदुर् थिए। महाराज बिचित्रबिर्य ले शासन गरे पछि आफना सबै छोराहरुलाई हस्तिनापुरमा बराबर बाडिदिनु भनेर जेठो छोरा ध्रतरास्त्लाई राजा बनाइ आफु धाममा गए। महाराज बिचित्रबिर्य का जेठो छोरा ध्रतरास्त् को दुइटै आँखा आन्धो थियो। महाराज बिचित्रबिर्य का माहिलो छोरा पाण्डु को बिवाह कुन्ति र मादरी सँग भएको थियो । पाण्डु शारिरीक रुपमा आशक्त भएको ले धर्मराजबाट युधिष्ठिर, पवनबाट भिम, इन्दरा बाट ार्जुन र ाश्विनीकुमारबाट नकुल र सहदेव जन्मेका थिए ।पाण्डवहरुको बाबुको नाम पाण्डु थियो। उनी सारै नै प्रतपी यदुवंशी राजा थिए ! पाण्डुको दुई पत्निहरु थिए - कुन्ती तथा माद्री। युधिष्ठिर, भीम तथा अर्जुनको आमा कुन्ती थिईन र नकुल एवं सहदेव माद्रीको पुत्र थिए ।एक पटक राजा पाण्डु आफ्नो दुबै पत्निहरु - कुन्ती तथा माद्री - संग शिकार गर्नको लागि जंगल गएका थिए। त्यहा उनीहरुले मृगको जोडी मैथुनरत देख्न पुगे । पाण्डुले तत्काल आफ्नो बाणबाट त्यस मृगलाई घायल गरीदिए । मर्दै गर्दा त्यस मृगले पाण्डु लाई श्राप दिए, "राजन! तिमी सरह क्रूर पुरुष यस संसारमा कोहि पनि छैन होला । तिमीले मलाई मैथुनको समय बाण हानेका छौ अतः जब कहिले तिमी मैथुनरत हुने छौ त्यसबेला तिम्रो मृत्यु हुने छ।"

यस श्रापबाट पाण्डु अत्यन्त दुःखी भए र आफ्नो रानिहरु संग भने , "हे देविहरु! अब म आफ्नो सबै वासनाहरु त्याग गरेर् यस वनमा नै बस्छु तिमिहरु हस्तिनापुर फर्केर जाओ़" उनको वचन सुनेर दुबै रानीहरुले दुःखी भएर भने , "नाथ!हामी तपाई बिना एक क्षण पनि जीवित रहन सक्दैनौ । तपाई हामीलाई पनि वनमा आफुसंग बस्ने कृपा गरिदिनु होस ।" पाण्डुले उनीहरुको अनुरोधलाई स्वीकार गरेर उनीहरुलाई वनमा आफ्नो साथ बस्ने अनुमति दिए।

यस समयमा राजा पाण्डुले अमावस्याको दिन ऋषि-मुनिहरु ब्रह्मा जीको दर्शनको लागि जादै गरेको देखे । उनले ति ऋषि-मुनिहरु संग आफुलाई पनि साथै लैजान आग्रह गरे । उनको यस आग्रहलाई ऋषि-मुनिहरुले भने, "राजन्! कुनै पनि निःसन्तान पुरुष ब्रह्मलोक जाने अधिकारी हुन सक्दैन अतः हामी तपाईलाई हामी संग लैजान असमर्थ छौ।"

ऋषि-मुनिहरुको कुरा सुनेर पाण्डुले आफ्नो पत्नीसंग भने, "हे कुन्ती!मैले जन्म लिनु नै वृथा भएरहेको छ किनकि सन्तानहीन व्यक्तिले पितृ-ऋण, ऋषि-ऋण, देव-ऋण तथा मनुष्य-ऋणबाट मुक्ति पाउन सक्दैन के तिमी पुत्र प्राप्तिको लागि मलाई सहायता गर्न सक्छेउ?" कुन्तीले भनिन , "हे आर्यपुत्र! दुर्वासा ऋषिले मलाई यस्तो मन्त्र दिएका छन जसबाट म कुनै पनि देवतालाई बोलाएर मनोवांछित वस्तु प्राप्त गर्न सक्तछु। तपाई आज्ञा गर्नु होस म कुन देवतालाई बोलाउ।" यसमा पाण्डुले धर्मलाई आमन्त्रित गर्ने आदेश दिए। धर्मले कुन्तीलाई छोरा दिए जसको नाम युधिष्ठिरराखीयो। कालान्तरमा पाण्डुले कुन्तीलाई पुनः दुई पटक वायुदेव तथा इन्द्रदेवलाई बोलाउने आज्ञा दिए। वायुदेवबाट भीम तथा इन्द्रबाट अर्जुनको उत्पत्ति भयो । तत्पश्चात् पाण्डुको आज्ञाबाट कुन्तीले माद्रीलाई त्यो मन्त्रको दीक्षा दीइन। माद्रीले अश्वनीकुमारलाई बोलाईन र नकुल तथा सहदेवको जन्म भयो।

एक दिन राजा पाण्डु माद्रीसंग वनमा नदीको तटमा भ्रमण गरीरहेका थिए। वातावरण अत्यन्त रमणीक थियो र शीतल-मन्द-सुगन्धित हावा चलिरहेको थियो । छिटो छिटो आउने हावाको सिरेटोले माद्रिको वस्त्र उड्यो। यसबाट पाण्डुको मन चंचल भयो र उनी यौन कार्यको लागि आसक्त भएका मात्र थिए श्रापको कारण उनको मृत्यु भै हाल्यो। माद्री उनको साथ सती भईन तर छोराहरुको पालन-पोषणको लागि कुन्ती हस्तिनापुर फर्की आईन। महाराज बिचित्रबिर्य का जेठो छोरा ध्रतरास्त् को दुर्‍योधन समेत सय जना छोराहरु जन्मेका थिए । जसमा सबै भन्दा जेठो दुर्‍योधन थिए । पाण्डु का छोराहरुलाई पाण्डव भनिन्थ्यो भने ध्रतरास्त् को छोराहरुलाई कौरव भनिन्थ्यो । ध्रतरास्त् र ध्रतरास्त् को छोराहरुले पाण्डवलाइ राज्य बाट ालग गर्न चाहेको थियो। जसले गर्दा पाण्डवहरु माथी लछयगरिहमा आगो लगाउगे परयास गरिएको थियो। जसबाट भगवान कन्हैया ले बचाएका थिए।

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा