होली

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
होली

Holi.jpg

होली खेल्दै
आधिकारिक नाम होली
अन्य नाम फागु वा फागु पूर्णिमा
अनुयायी हिन्दू
प्रकार धार्मिक, समाजिक
आरम्भ अत्यन्त प्राचीन
मिति फाल्गुण पूर्णिमा
चाड रङ्ग-पानीको


हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूणिर्मालाई होली पूर्णिमा भनिन्छ । होली हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो। यो चाड वसन्त ऋतुमा फाल्गुनको महिनामा मनाइन्छ। होली रङ्गहरूको चाड हो। होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउ छन् । होली पर्व मनाउनुको एउटा कारण र इतिहास छ।

होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ। राती होलीका दहन गरिसके पछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ। सानो सानो नानीहरूदेखि वृद्ध वृद्धा सम्म सबै होलीको मजा गर्छन्। युवा-युवतीहरू गीत गाउँदै-नाच्दै होली खेल्छन्। भनिन्छ कि होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एक-अर्कासित मिल्छन्। यस पर्वलाई फाल्गुणको महिनामा मनाउने यसलाई फगुआ पनि भनिन्छ। होली पर्व घरपरिवार-साथीभाइ आपसमा रङमा रङ्गएिर उल्लासपूर्वक मनाउने फागुन पूणिर्माको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ ।

फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चीर -विशेषरूपले सजाएको लिङ्गो) गाडेपछि होली सुरू भएको मानिने फागुपर्व पूणिर्माको राति उक्त चीर -लिङ्गो)लाई ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ ।

विषयसूची

[सम्पादन गर्ने] इतिहास

होलीको बारेमा पौराणिक भनाइअनुसार प्राचीन समयमा नास्तिक हिरण्यकशिपुनामक राक्षसले भगवान् विष्णुभक्त आˆनै छोरा प्रहृलादलाई मार्न हिरण्यकशिपुले छोरालाई अग्निकुण्डमा हालेर मार्न आˆनी बहिनी होलिका -जसलाई अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी थिइन्)लाई जिम्मा दिएका थिए । दाजुको आदेशानुसार होलिका प्रहृलादलाई काखमा लिएर अग्निमा बस्ता आगोले धर्मको साथ दिएकोले होलिका जलेर नष्ट भइन् । प्रहृलादलाई केही भएन । होलिका दहनकै खुसियाली मनाउन आपसमा रङ र अविर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ भने अर्को एक प्रसङ्गअनुसार द्वापरयुगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध खुवाउन गएकी पुतना नामकी राक्षसनीलाई उल्टै कृष्णले मारिदिनु भएकाले त्यसको शवलाई ब्रजवासीहरूले यसैनी जलाएर आपसमा रङ र अबिर छरी खुसियाली मनाएकोले त्यसैको सम्झनामा अद्यावधिक चीरदाह गरी होली खेल्ने परम्परा चलेको भनाइ रहेको छ ।

चित्र:Krisnaholi.jpg
कृष्ण भगवान होली खेल्दै

होली हिन्दूहरूको अत्यन्त प्राचीन पर्व हो। इतिहासकारहरू मान्छन् कि यस पर्वको प्रचलन आर्यहरूमा पनि थियो। यस पर्वको वर्णन अनेक पुरातन धार्मिक पुस्तकहरूमा पाइन्छ। नारद पुराणभविष्य पुराण जस्तो प्राचीन हस्तलिपीहरू र ग्रन्थहरूमा पनि यस पर्वको उल्लेख छ। विंध्यक्षेत्रको राम गढ स्थानमा स्थित ईसा भन्दा 300 वर्ष पुरानो एउटा अभिलेखमा पनि यसको उल्लेख छ। संस्कृत साहित्यमा वसन्त ऋतु र वसन्तोत्सव अनेक कविहरूको प्रिय विषय थियो।

सुप्रसिद्ध मुस्लिम पर्यटक अलबरुन

[सम्पादन गर्ने] नेपालमा होली

  • उपत्यका

भक्तपुरमा चिर स्वायगू अथार्त लिङ्ग घुमाएपछि फागु पर्व सुरूवात भएको मानिन्छ । जगतप्रकाश मल्लको समयमा बनेको दत्तात्रय मन्दिर संगै रहेको भैरब मन्दिरमा रहेको लिंगको आकृति भएको काठ र रातो कपडाको कपडाको योनी जुधाएर होलीको सुरूवात गरिन्छ ।फागुन शुक्ल अष्टमीको दिन शनिबार भिमसेन मन्दिरमा राखिएको लिङ्ग अथार्त लगलाई टोल-टोलमा पसलै पिच्छे घुमाएर पूजा गरी घुमाएर पुन मन्दिरको पाटीमा राखिने परम्परा छ। काठबाट बनेको दुई हात लामो लिङ्ग करिब ३० इन्च मोटाई रहेको छ । संस्कृतिकर्मी ओम धौभडेल का अनुसार यसलाई भिमसेनको लिङ्ग र कपडाबाट बनाएको प्वाललाई द्रौपतीको योनीको रूपमा लिने गरिन्छ ।घर र पसल घुमाएको लिंगलाई भक्तजनले स्पर्षगरी ढोग्ने र दान दक्षिणा चढाएका थिए । लिंगको दर्शन गरे व्यापार फस्टाउने विश्वास रहेको छ|

चिर स्वायगू अथार्त लिङ्ग झुन्ड्याएपछि यहाका नेवार समुदाय भिमसेन मन्दिरमा गई गुठी भोज खाने गर्दछन् । बिशेषगरी होली भरी शनिबार र मंगलबार भिमसेन मन्दिरमा भव्य मेला लाग्ने गर्दछ । यहाका गायजु गुठीले भिमसेन मन्दिरको पाटीमा बसेर होलीको गित गाउने गरेका छन् 'भिमसेन देया लज खङ्गलो वानला ल्यासे बिस्यूवाने म्वायक सो झायला' अथार्त यसलाई नेपालीका भिमसेनको लिंगले मन लोभियोकी भाग्नु नपर्ने गरी हेर्न आउनु भयो की' जस्ता गित गाउने गर्छन् ।फागुन शुक्ल पूणिर्माका दिन रङ्ग होली खेलेपछि उक्त दिन साझ भक्तपुर तलेजुभित्र कृष्णलाई खटमा राखी १६ प्रकारको रोटी, कपास, गलाबको फूल, अत्तर र अमुख सहित पूजा गरेपछि नगर परिक्रमा गरिन्छ ।त्यसबेला बाटोमा रहेको देवी देवतालाई तेलमा मुछेको अविरको डल्लाले छरी साझपछि दत्तात्रय मन्दिर पुर्‍याउने प्रचलन रही आएको छ । धौभडेलले बताए अनुसार साझपख दत्तात्रय मन्दिर अगाडिको भिमसेनको मन्दिरबाट लिङ्ग निकाली एक व्यक्तिले बोकेर ब्रम्हायणी मन्दिर स्थित खोलामा लगेर पखाली पुनः मन्दिरमा राखिन्छ|यसरी मन्दिरबाट खोला सम्म लिङ्ग बोकेर लैजाने व्यक्तिको हानाथाप हुन्छ । लिङ्ग बोक्नेको छोरा जन्मन्छ भन्ने विश्वास अहिलेसम्म पनि रहेकाले लिङ्ग बोक्न छोरा नहुनेको प्रतिष्पर्धा चल्ने गरेको उनले बताए ।लिङ्ग पखालेर भिमसेन मन्दिरमा ल्याएपछि यस बर्षको होली समाप्त हुन्छ ।

होलिका दहन, Kathamandu, नेपाल.

नेपालमा होली सबै भन्दा ठूलो तिहार मानिन्छ, दशैंको रूपमा महत्वपूर्णको रूपमा र तिहार या (भारतमा दशहराको रूपमा पनि जानिन्छ) दिपावली (पनि भारतमा दीवालीको रूप मा) जानिन्छ। नेपालमा मान्छेहरूको अधिक भन्दा अधिक 80% धेरै जसो हिन्दू छन्,[१] होली, धेरै अन्य हिंदू तिहारहरू संग, एक राष्ट्रिय तिहारको रूपमा नेपालमा मानिन्छ र लगभग हरेक कुनै यसलाई आफ्नो धर्मको परवाह गरे बिना मनाता छ, जस्तै, यहाँ सम्म ​​कि मुसलमानहरू यो मनाते छन्। ईसाइहरूमा पनि शामिल हुन सक्छन्, हुनत पछि देखि होली रोजा समयमा गिर जान्छ, उत्सवमा धेरै शामिल हैन हुनेछ। होलीको दिन पनि नेपालमा एक राष्ट्रिय छुट्टी छ।

लोग तल उनको लागि बदले रङ्गों देखि होलीको खुसि मनाउने र एक दोस्रोमा रङ्गीन पानी छिडकाव पडोस चलते छन्। एक लोकप्रिय गतिविधि हो एक दोस्रोमा पानीको गुब्बारेको फेंक, कहिले काँहीलोला(पानीको गुब्बारे अर्थ) भनिन्छ। [२] यसको वाहेक मान्छेहरू मिश्रण[[] भांग] आफ्नो पेय र खाद्ध में,को रूपमा पनि शिवरात्रिको समयमा गर्‌ गरे एक बहुत. यो मानिन्छ कि अलग अलग यस तिहारमा खेल्न रंगको संयोजन सबै दुख टाढाले र जीवन नै अधिक रङ्गीन बनाउनको लागि.

  • तराई

तराइमा पूर्णिमाको अर्को दिन मनाइने गर्दछ।

  • पूर्वी नेपाल

पूर्वी नेपालमा पूर्णिमाको अर्को दिन मनाइने गर्दछ।

  • पश्चिम नेपाल

पश्चिम नेपालमा पूर्णिमाको अर्को दिन मनाइने गर्दछ। पहाड तिर भने पूर्णीमाको दिन नै मनाइने गर्दछ।

[सम्पादन गर्ने] नयाँकुरो

होली अर्थात रङ्गहरूको पर्ब आज नेपालभरि मनाइदै छ । वसन्त ऋतुको आगमनको सुरूआतमा पर्ने फागु पर्व (होली) एकआपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रूपमा भेला भई रङ्ग दलेर मनाइन्छ । प्रह्लाद र होलिका अनि श्रीकृष्ण र गोपिनीहरूको धार्मिक प्रसङ्गबारे चासो नदिने नयाँ पुस्ता समेत रङ्गहरूको यो पर्वमा रमाइरहेको देख्न पाइन्छ ।

किन मनाइन्छ त होली ?

होलीको बारेमा यस्तो भनाइ छ :

सत्ययुगमा बिष्णुदेबका भक्त प्रल्हादलाई मर्नको लागि हिरण्यकश्यपले बिभिन्न जालहरू बुन्दा पनि मार्न नसकेपछि हिरण्यकश्यपले आगोबाट नजल्ने, नमर्ने बरदान पाएकी होलिकालाई प्रल्हाद्लाई काखम लिएर आगोमा बस्न लगाउदा भक्त प्रल्हादलाई केही नभएको तर होलिका जलेर नष्ट भै असत्य माथि सत्यको बिजय भएको उपलक्षमा यो पर्ब मनाइने गरिएको हो ।

यसरी असत्य माथि सत्यको बिजय भएको कारण मनैने चाडमा हिजो आज थुप्रै बिकृति देखा पर्न थालेका छन । सामान्यतया: रङ्ग दलेर आपसमा खुशी मनाउने गरे त पनि शहरी ईलाकामा बेलुनमा पनि भरेर हान्ने (लोला हान्ने), फोहोर पानी बाटोमा हिंड्ने मान्छेलाई छ्याप्ने, जस्ता बिकृतिले गर्दा यो चाडको महत्व नै हराउने त होइन भन्ने शङ्का उपशङ्का नउठ्ला भन्न सकिन्न ।

जे भए पनि तपाईं राम्रोसँग होली मनाउनु होला । होलीको शुभकामना ! खुशी साथ मनाउनु है होली

निश्चय नै, होलीले हाम्रो जीवनमा नयाँ उत्साह सञ्चार गराउँछ। रंगहरूको यो पर्वले खुसी र उमंग ल्याउँछ। अतः होलीका अवसरमा रंगका सम्बन्धमा केही जानकारी लिऔं।

रंगको स्रोत

यो रंगहरूको पर्व हो। जिज्ञासा उठ्न सक्छ, आखिर रंगको स्रोत चाहिँ के होला ? सूर्यको किरण नै रंगको मूल स्रोत भएको वैज्ञानिक तर्क छ। सूर्यको ज्योतिमा सात रङ्ग हुन्छन्- बैजनी, आकाशे, नीलो, हरियो, पहेंलो, रातो र सुन्तला। सूर्यको किरणमा सात रङ्ग हुन्छ भन्ने कुरा विज्ञानले मात्र होइन, ऋषिमुनिहरूले परापूर्व कालदेखि नै मान्दै आएका छन्। सूर्यको यही सप्तरंगी किरणको शक्ति बुझेर नै उनीहरूले सूर्य चिकित्सा पद्धति विकास गरेका थिए।

देवताको प्रिय रङ्ग

नीलो रंगलाई धर्मयुद्धको प्रतीक मानिन्छ। त्यसैले नीलो वर्णका श्रीहरिले अधर्म नाश गर्न र धर्मको रक्षा गर्न प्रत्येक युगमा अवतार लिँदै आएको धार्मिक मान्यता छ। लोकहितका लागि विषपान गरेर महादेव नीलकण्ठका रूपमा कहलिए। पहेंलो रङ्ग विष्णु र योगेश्वर श्रीकृष्णको प्रिय रङ्ग हो। गणेशजी हरेक रङ्ग मन पराउँथे। रातो रंगलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ। त्यसैले देवताहरूले रातो रंगको पहिरन लगाएका हुन्।

शुभ/अशुभ रङ्ग

मूल अङ्क १ः यदि कसैको जन्म कुनै पनि महिनाको १, १०, १९ वा २८ तारिखमा भएको छ भने- सुन्तला, क्रिम आदिलाई शुभ रङ्ग मानिन्छ। कालो रङ्ग अशुभ हुन्छ।

मूल अङ्क २ः २, ११, २० वा २९मा कुनै पनि तिथिमा जन्मिएका व्यक्तिका लागि शुभ रङ्ग- सेतो, सिल्भर, हल्का नीलो हो। कालो एवं अन्य गाढा रङ्ग अशुभ हो।

मूल अङ्क ३ः यदि ३, १२, २१ वा ३० तारिखमा जन्मिएकाहरूका लागि पहेंलो, वैजनी, सुनौलो तथा गेरुवा रङ्ग शुभ हुन्छ। कालो, नीलोबाट जोगिएको राम्रो।

मूल अङ्क ४ः ४, १३, २२ वा ३१ तारिखमा जन्मिएका व्यक्तिका लागि नीलो र फन कलर शुभ मानिन्छ। कालो र रातो प्रतिकुल हुन्छ।

मूल अङ्क ५ः यदि ५, १४ वा २३ तारिखमा जन्मनुभएको हो भने हरियो, हल्का नीलो रङ्ग शुभ मानिन्छ। गाढा रातो र कालो रङ्ग अशुभ हुन्छ।

मूल अङ्क ६ः ६, १५ र २४ तारिखमा जन्मिएका व्यक्तिका लागि सेतो, क्रिम, गुलाबी एवं अन्य हल्का रङ्ग शुभ मानिन्छ। रातो र कालो रङ्ग प्रतिकूल हुन्छ।

मूल अङ्क ७ः ७, १६ वा २५ तारिखमा जन्मिएकाहरूका लागि हल्का नीलो, सेतो, क्रिम, गुलाबी रङ्ग शुभ हुन्छ। गाढा रंगबाट सम्भव भएसम्म टाढा रहनुपर्छ।

मूल अङ्क ८ः यदि ८, १७ वा २६ तारिखमा जन्मिएकाहरूका लागि कालो, नीलो तथा वैजनी रङ्ग शुभ मानिन्छ। रातो रङ्ग प्रतिकूल हुन्छ।

मूल अङ्क ९ः ९, १८ वा २७ तारिखमा जन्मिएका व्यक्तिका लागि रातो, गुलाबी र सिन्दुरे रङ्ग शुभ मानिन्छ। कालो रङ्ग अशुभ हुन्छ।

अन्य चाडपर्व जस्तै होलीका पनि आफ्नै विशेषता छ। हरेक मुलुकमा आ-आफ्नै तरिकाले होली पर्व मनाइन्छ। नेपालमा फाल्गुण शुक्ल अष्टमीका दिन विभिन्न रङ्गीन कपडाहरू मिलाएर बनाएको चिर गाडे पछि होली पर्व सुरू भएको मानिन्छ। यसरी सुरू भएको होली पर्व पूणिर्माका दिन चिरलाई ढालेर जलाए पछि होली सम्पन्न हुन्छ। तराईमा भने भोलिपल्ट होली खेलिन्छ। इटालीमा बोलियाकोनोन्सको नामले होली मनाइन्छ भने चीनमा च्वेजका नामले। यसैगरी अमेरिका, जापान, इजिप्ट, इन्डोनिसिया, थाइल्याण्ड आदि देशमा पनि आ-आफ्नै प्रकारले यो पर्व मनाइन्छ। होलीलाई असत्यमाथि सत्यको जितको प्रतीकका रूपमा लिइन्छ।

मौलिक संस्कृतिका रूपमा मनाइँदै आएका हाम्रा चाडपर्वमा पश्चिमेली प्रभावका कारण त्यसको मूल मर्म नै हराउँदै गएको छ। सोहीअनुरूप होलीमा पनि विभिन्न किसिमका विकृति भित्रिएका छन् जसको नियन्त्रणका लागि प्रयास जारी रहे पनि त्यति प्रभावकारी देखिएको छैन। चिर गाडेपछि मात्र होली पर्वको सुरूवात हुने भनिए पनि सातादिन अघिदेखि नै यसको सिकार हुनु परेको छ। होली कहिले र कसरी सुरू भयो भन्ने कुरामा एकमत नभए पनि यो नेपालमा राजा मानदेवको पालातिरै सुरू भएको बताइन्छ। त्यो बेलाको होली र अहिलेको होली बिल्कुल फरक छ। संस्कृतिका नाममा विकृति तर्फ धकेलिएको हाम्रो समाजलाई बेलैमा सजग नबनाउने हो भने हामीले ठूलो मूल्य चुकाउनु पर्ने कुरामा दुईमत छैन।

नेवारी परम्परा अनुसार पानीसँग नभएर अबिर र रंगसँग होली खेल्ने चलन छ। नेवारी संस्कृतिमा होलीका बारेमा युवा-युवतीलाई जिस्क्याउँदै गाएका अनेक शिष्ट तथा रोचक गीतहरू प्रशस्त पाइन्छन्। होलीको सन्दर्भमा गाईएका नेवारी गीतमा निकै मार्मिक तथा प्रेममय भावमा व्यक्त गरिएका छन्। अबिर र रंगसँग खेलिने यो पर्व अहिले अपरिचित व्यक्तिहरूलाई बेलुन र प्लास्टिकमा फोहोर पानी भरेर हिर्काइ रमिता हेर्ने पर्वका रूपमा विकसित हुँदैछ। जुन असभ्य र नकारात्मक कार्य हो।

विशेष गरी युवतीहरू यसबाट नराम्रोसँग प्रभावित छन्। यस मामिलामा कतिपय पुरुष निकै अभद्र व्यवहार प्रदर्शन गर्नसम्म चुक्दैनन्। कयौं टोल र सडकमा त कलेजबाट फर्किएका युवतीहरू समेत हातमा लोला लिएर हिँडेका भेटिन्छन् जसले प्रतिकारको संकेत गर्छ। खुसी र हर्षको नाममा खेलिने होली आज कुरूपतामा परिणत भएको छ। हरेक गल्ली-गल्ली र सडकपेटीहरूमा होलीको दृश्य नमिठो मानेर भए पनि सहनु र देख्नु परेको छ। त्यसबाहेक विद्यालय, क्याम्पस, विश्वविद्यालय आदि क्षेत्रमा पनि होलीलाई रिस पोख्ने र मिता हेर्ने मौकाका रूपमा अङ्गाल्ने गरेको पाइन्छ। समारोह र अस्पताल जान हिँडेका युवतीहरूसमेत होलीको लोलाले नराम्रोसँग प्रभावित भैरहेका छन्।

यसका विरुद्ध कैयौं आवाज उठे पनि होली पर्वको अन्त्य संगै ति आवाजहरू पनि बन्द हुन्छन्। यति मात्र होइन, होली खेल्ने क्रममा संवेदनशील अंगमा चोट पुर्याउने तथा लोला हान्ने क्रममा घरको छटबाट खसेर दुर्घटनासमेत हुने गरेको छ तर पनि यसतर्फ अभिभावकहरूले ध्यान पुर्याएको देखिँदैन। कुनै कामविशेषले बाहिर निस्किएको मान्छेलाई फोहोर पानी छ्याप्दा उसमा पर्ने मानसिक तथा शारीरिक पीडा कस्तो होला सहजै बुझ्न सकिन्छ। स्वीकृतिमा खेल्दा मात्र होली हर्षोल्लास र उमंगको पर्व बन्न सक्छ। परम्परालाई जोगाउने निहुंमा यस्ता कलंक दिनानुदिन बढ्दै गैरहेका छन्। यसरी ठूला मान्छेले गरेको नक्कल स्वरूप कलिला भाइबहिनीहरूको हातमा समेत लोला देखिन थालेको छ।[३]

[सम्पादन गर्ने] स्रोत

  1. CIA - The World Factbook - Nepal
  2. http://www.nepalitimes.com.np/issue/2005/03/25/Arts/9
  3. ज्योतिषसाथी कृष्णप्रसाद कोइराला http://www.facebook.com/Jyotisasathi