सोह्र श्राद्ध

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
Pitru Paksha 2007.jpg
बाण गंगा तालमा सोह्र श्राद्धको अनुष्ठान
पर्वको_नाम: पितृ पक्ष (सोह्र श्राद्ध)
मानिने_क्षेत्रहरु: भारत, नेपाल
हिन्दूहरू बसेका क्षेत्रहरू
आरम्भ: प्राचिन कालदेखि
अनुयायी: हिन्दू
तिथि: पूर्णिमादेखि जमरे औंसीसम्म
पर्वको प्रकार: धार्मिक, सामाजिक
अनुष्ठान: तर्पण, पिण्डदान
समान पर्व: -

चन्द्रमान-अनुसार आश्विन कृष्ण पक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्र श्राद्ध भनिन्छ। एक पक्षमा १५ तिथि हुने भए पनि भाद्र शुक्लपूर्णिमादेखि आश्विन औँसी(जमरे औंसी)सम्मका १६ तिथिमा श्राद्ध गरिने भएकाले यस समयमा गरिने श्राद्धलाई सोह्र श्राद्ध भनिएको हो। कसैकसैले सोह्र दिनको गणना गर्दा आश्व्वीन कृष्णपक्ष प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदा मातामह श्राद्धसम्मका सोह्र दिनलाई लिने गर्दछन्। यसलाई पार्वण श्राद्ध पनि भनिन्छ। आश्विन कृष्णपक्षमा गर्नुपर्ने श्राद्धको महिमा विभिन्न पौराणिक ग्रन्थमा समेत बताइएको छ|

आश्विन महिनाको कृष्णपक्ष पितृहरूलाई तृप्त तुल्याउने समय हो, त्यसैले यसलाई पितृपक्ष भन्दछन्। एक पक्षमा १५ दिन हुन्छ तर यतिबेला गरिने श्राद्धलाई किन सोह्र श्राद्ध भनिएको भन्ने जिज्ञासा उठन सक्छ। खासगरी आश्विन कृष्ण प्रतिपदा तिथिदेखि आंैसीसम्म १५ दिन र भाद्र शुक्ल पूणिर्माको एक तिथि जोडेर जम्मा सोह्र दिनको समयलाई सोह्रश्राद्ध भनिएको हो। कतै असोज शुक्ल प्रतिपदा तिथिमा गरिने मातामह श्राद्धको दिनलाई समेत गणना गरिएको पनि भेटिन्छ।पन्ध्र दिनको यस पक्षमा मानिस आफ्ना पितृहरूलाई प्रतिदिन जल तर्पण गर्दछन् र तिनको मृत्युतिथि समातेर श्राद्ध गर्दछन्। केही मानिस, जसलाई आफ्ना परिजनहरूको मृत्युतिथि थाहा हुँदैन, तिनको समस्यालाई ध्यानमा राखी पितृपक्षका त्यस्ता केही विशेष तिथिहरू निर्धारित गरिएको छ जुन दिन श्राद्ध गर्नाले हाम्रा समस्त पितृजनहरूको आत्मालाई शान्ति प्राप्त हुन्छ। यी प्रमुख तिथिहरू यस प्रकार छन्-

प्रमुख तिथिहरू[सम्पादन गर्ने]

  • आश्विन कृष्णपक्ष पञ्चमी श्राद्ध - यस तिथिमा ती परिजनहरूको श्राद्ध गर्नु महत्त्वपूर्ण मानिन्छ जसको मृत्यु अविवाहित स्थितिमा भएको छ। यसलाई कुमार पञ्चमी पनि भन्दछन्।
  • आश्वीन कृष्णपक्ष नवमी श्राद्ध - यो तिथि माताको श्राद्धका लागि उत्तम मानिन्छ। त्यसैले यसलाई मातृनवमी भन्दछन्। यस तिथिमा श्राद्ध गर्नाले कुलका सबै दिवङ्गत महिलाहरूको श्राद्ध सम्पन्न हुन्छ भन्ने विश्वास गरिन्छ।
  • आश्विन कृष्णपक्ष एकादशी एवं द्वादशी श्राद्ध - यस तिथिका दिन परिवारका ती व्यक्तिहरूको श्राद्ध गर्ने विधान छ जसले संन्यास लिएको छ।
  • आश्वीन कृष्णपक्ष चतुर्दशी श्राद्ध - यो तिथि ती परिजनहरूको श्राद्धका लागि उपयुक्त छ जसको अकाल मृत्यु भएको छ, जस्तै- दुर्घटना, हत्या, आत्महत्या, शस्त्रद्वारा मृत्यु आदि।
  • आश्वीन कृष्णपक्ष अमावस्या - कुनै कारणले पितृपक्षका सबै तिथिमा पितृहरूको श्राद्ध सम्पादन गर्न विघ्न परेमा अथवा कुनै पनि पितृको तिथि सम्झना नभएको अवस्थामा यस तिथिमा सबै पितृहरूको श्राद्ध गर्न सकिन्छ। यस दिन श्राद्ध गर्नाले कुलका सबै पितृहरूको श्राद्ध सम्पन्न हुन्छ भन्ने मान्यता पनि छ।
  • आश्वीन कृष्णपक्ष शुक्ल प्रतिपदा - यो तिथि मावली बाजेबज्यैको श्राद्धका लागि उत्तम मानिन्छ। यदि मावलीको परिवारमा श्राद्ध गर्ने व्यक्तिको अभाव छ र तिनको मृत्युतिथि पनि थाहा छैन भने यस तिथिका दिन श्राद्ध गर्नाले तिनको आत्मालाई शान्ति प्राप्त हुन्छ भन्ने मान्यता छ र यसबाट घरमा सुख-समृद्धिको प्राप्ति पनि हुन्छ।

पर्व अर्थात औंसीमा गरिने श्राद्धलाई पार्वण श्राद्ध भनिछ । वैदिक परम्पराअनुसार प्रत्येक महिनामा पर्ने औंसी तिथिमा पितृहरूको श्राद्ध गर्नुपर्ने निति उल्लेख छ। यथार्थमा यहि औंसी तिथिमा गर्नु पर्ने श्राद्धलाई पार्वण श्राद्ध भनिन्छ। तर समय व्यस्तता र ब्यवहार नमिल्ने हुनाले र विविध कारणले गर्न नसकेका कारण समग्रमा असोज महिनामा प्रतिपदादेखि औंसीसम्मका पन्ध्र र पूणिर्माको एकदिनलाई गरी सोह्र तिथिमा श्राद्ध गरेमा पार्वण श्राद्ध नै मानिने शास्त्रमा उल्लेख छ। शुक्ल वा कृष्ण जुनै तिथिमा बितेका भएपनि तिनैको तिथिलाई आधार मानेर प्रतिपदादेखि औंसीसम्मका पन्ध्र दिनमा पार्वण श्राद्ध गरिन्छ। पूणिर्मा तिथिमा गर्नुपर्ने श्राद्ध पनि औंशीमा गर्ने परम्परा छ। औंसीमा गरिने श्राद्धको स्वरूप भएकाले यसलाई पार्वण श्राद्ध पनि भनिन्छ। प्रतिपदादेखि औंसीसम्मका पन्ध्र र पूणिर्माको एकदिनलाई गरी सोह्र तिथि मानिएकोले यसमा गरिने श्राद्धलाई सोह्र श्राद्ध पनि भनिन्छ।

पितृपक्षमा श्राद्ध गर्ने व्यक्तिले कपाल, नङ् आदि काटेर सफा शुद्ध भई नित्य स्नान गरी पितृपक्षभरि नै सात्विक भोजन गर्ने गर्दछन्। यसैगरी यस अवधिभर कुनै देवस्थल दर्शन गर्न नजाने परम्परा रहेको छ। पितृपक्षमा प्रतिपदादेखि औसीभित्र आफ्ना पितृकुलका तीन पुस्ताभित्रकै पुण्य तिथिमा महालय श्राद्ध गर्नुपर्ने हो तर यस पक्षको चतुर्दशी तिथि र संयोगवंश मघा नक्षत्र परेमा श्राद्ध नगर्नू भन्ने शास्त्रीय वचन पाइन्छ। एकोद्दिष्ट श्राद्धमा निश्चत तिथिमै श्राद्ध गर्नेुपर्ने भए पनि यस पक्षको चतुर्दशीलाई भने अकाल गतिले मरेको -शास्त्र, अस्त्रद्वारा झुण्डिएर डुबेर आदि ) व्यक्तिको मात्र श्राद्ध गर्ने परम्परा छ। पार्वण श्राद्ध अपराहृनमा गर्नु भन्ने शास्त्रहरूको भनाइ छ।

विधि[सम्पादन गर्ने]

श्राद्धको लागि पिण्ड तयार पारिंदै

यस श्राद्धमा चार जना ब्राह्मण चाहिने भएकोले ब्राह्मणको प्रतीक स्वरूप कुशको ब्राह्मण थापिएको हो पहिले, पहिले पार्वण श्राद्ध गर्दा चार जना नै ब्राह्मण अगाडि राखेर पूजा गर्ने परम्परा रहेको र यो परम्परा लोप हुँदै गएर श्राद्धमण्डपमा कुशको ब्राह्मण राखिएको हो। दुवै पट्टी दुई/दुई ब्राह्मणलाई क्रमशः विश्वदेव र पितृब्राहृमण भनिन्छ। अन्य श्राद्धको विधि जस्तै सुरूमा देव-मनुष्य-दिव्यपितृ र स्वपितृलाई तर्पण दिइएपछि पार्वण श्राद्ध सुरू हुन्छ। यसपछि प्रत्येक ब्राह्मणलाई निमन्त्रण गरिन्छ ( पहिले पहिले अघिल्लै दिनमा गरिन्थ्यो) ब्राहृमण निमन्त्रणपछि भूस्वामीलाई अन्नदान गरिसकेपछि चारै जना ब्राहृमणलाई विधिपूर्वक सिधादान गरिन्छ। यसपछि विकटदान गरी पिण्ड दानका लागि वेदी बनाएर पूजा गरिन्छ। प्रत्येक पितृलाई पिण्ड दिनुअघि पिण्डासन दिई पितृको नाम लिएर विधिपूर्वक पिण्डदान गरिन्छ।सोह्रश्राद्धमा पितृकुल मातृकुलका तीन- तीन पुस्ता, सासू ससुरा र गुरुसमेतलाई ससम्मान श्रद्धा गरिन्छ।

पार्वण श्राद्ध आफ्नै घरमा बसेर वा आफ्नो नभए पवित्र तीर्थस्थल, गङ्गाको तिरमा गएर पनि गर्ने चलन छ तर घरमै भए पनि श्राद्ध गर्दा भूमि मै गर्नुपर्ने नियम छ। श्राद्धको समयको कुरा गर्ने हो भने पार्वण श्राद्ध अपराह्नमा गर्नु भन्ने शास्त्रहरूको भनाइ छ।

पितृपक्षमा मांसाहारीहरू पनि शुद्ध शाकाहारी भोजनमा रहेर आफ्ना पितृहरूलाई फलफूल, दूध, नैवेद्य आदिले पूजा गर्दछन्। साथै ज्वाइँ, भानिज, नाति नातिना र ब्राहृमण वर्गलाई भोजन गराई दक्षिणा दिन्छन्। हिन्दुधर्ममा नै आस्था राख्ने कुनै जाति विशेषले भने श्राद्धमा पनि रक्सी, मासु चढाउने गरेको पाइन्छ। यो लोकपरम्परा हो।

इतिहास[सम्पादन गर्ने]