सुन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सुन एक धातु हो जसको उल्लेख वेदमा पाइन्छ, जहाँ यसको नीर्माणमा अग्नीसुर्य को मुख्य भुमीका रहने बताइन्छ । यो एक रासायनिक तत्व हो जस्को खानी बन्न अग्नी अथवा सुर्यको कीरणसँग यस धातुका लागि प्रयुक्त तत्वहरुको क्रीया प्रतीक्रिया र संयोजनले काम गर्दछ । अनुकुल अवस्था सघन भएको ठाउँमा प्रचुर मात्रामा र सामान्य अवस्थामा कण वा सुक्ष्म रुपमा सुन सर्वत्र व्याप्त रहेको वेदमा बताइएको छ ।

सुन

सुनको विश्वव्यापी मान्यताको कारण भनेको यो बहुमुल्य धातु हो र यसलाई सुखको गहना र दुःखको खजना भन्ने भनाई पनि हाम्रो समुदायमा प्रचलित छ जसका कारण सुनको महत्त्वलाई टेको दिन सकेको छ । सुनचाँदी बजार पत्रिकाका सम्पादक प्रकाश समीरका अनुसार नेपाली मौलिक गहनाहरूमा सुनको अत्याधिक प्रयोग हुने गरेकाले पनि नेपालमा सुनको महत्त्वमा बृद्धि भएको बताउनुहुन्छ । विकशित मुलुकहरूमा आधुनिक मेसिनहरुद्धारा कम तौलमा सुनका गहना तयार गर्ने गरिए पनि नेपालमा त्यो नरहेको र अझै पनि नेपाली मौलिक गहनाहरु बढी मात्रामा चल्ने गरेकोले सुनको खपत नेपालमा अत्याधिक हुने गरेको समीरको भनाई छ । लामो समयसम्म सुनचाँदीको क्षेत्रमा क्रियाशिल पत्रकार प्रकाश समीरले नेपालमा सुनको कारोवारमा निश्चित मापदण्ड नबनेका कारण यसको कारोवारमा समस्या देखिएको पनि बताउनुहुन्छ ।

"https://ne.wikipedia.org/w/index.php?title=सुन&oldid=1173619" बाट अनुप्रेषित