लसुन

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्


लसुन
Allium sativum, अर्थात् लसुन, विलियम वुड्सभिलको, Medical Botany, 1793 बाट
वैज्ञानिक वर्गीकरण
जगत: Plantae
(श्रेणीविहीन): Angiosperms
(श्रेणीविहीन): Monocots
गण: Asparagales
कुल: Alliaceae
उपकुल: Allioideae
Tribe: Allieae
वंश: Allium
प्रजाति: A. sativum
द्विपद नाम
Allium sativum
L.

लसुन (Allium sativum अथवा Garlic) र हिन्दी प्रभावित क्षेत्रहरूमा लहसुन पनि भानिनिने यो Alliaceae परिवारमा पर्ने प्याज प्रजातिको मसला हो। यसको नजीकका अरु प्रजातिहरू प्याज, छ्यापी (Chive) , shallot आदि हुन्.[१] and rakkyo.[२] परापूर्बकालादेखि नै लसुन पकवानऔषधिको रूपमा प्रयोग हुदै आएको छ. लसुनको पोटिहरू मिलेर बनेको दानो यसको बिरुवाको सबैभन्दा बढी प्रयोग हुने भाग हो भने पात समेत प्रयोग हुन्छ. एक पोटि मात्र फाल्ने लसुन बाहेक अरु लसुनका दानामा धेरै पोटिहरू हुन्छन. पोटिहरू काचो वा पकाएर खाइन्छ वा औषधिको रूपमा प्रयोग गरिन्छ. यसको स्वाद पर्याउने (pungent) हुन्छ तर जब पकाइन्छ यो केही गुलियो र स्वादिलो हुदै जान्छ.[३] यसको पात, जमीनमुनि रहेको काण्ड(पोटी) र फूल पनि खान योग्य हुन्छ । लसुनमा एन्टि अक्सिडेन्ट पाइने हुनाले यो निकै लाभदायक छ ।Being milder in flavor than the bulbs,[२] they are most often consumed while immature and still tender. Additionally, the immature flower stalks (scapes) of the hardneck and elephant types are sometimes marketed for uses similar to asparagus in stir-fries.[४] The papery, protective layers of "skin" over various parts of the plant are generally discarded during preparation for most culinary uses, though in Korea immature whole heads are sometimes prepared with the tender skins intact.[५] The root cluster attached to the basal plate of the bulb is the only part not typically considered palatable in any form. The sticky juice within the bulb cloves is used as an adhesive in mending glass and porcelain in China.[२]

लसुन खानुका फाइदा[सम्पादन गर्ने]

लसुनमा औषधिय गुण हुन्छ । त्यसैले यसलाई घरायासी औषधिको रूपमा प्रयोग समेत गर्ने गरिएको छ । आयुर्वेदमा लसुनलाई जवान बनाइराख्ने औषधिको रूपमा लिइन्छ र जोर्नीको दुखाई कम गर्ने औषधिको रूपमा पनि लसुनलाई नै लिइन्छ ।

यसरी परम्परागत घरेलु औषधिको रूपमा तथा आयुर्वेदिक औषधिको रूपमा प्रयोग हुदै आएको लसुनमा औषधीय गुण हुन्छ भन्ने कुरा एलोप्याथिक विशेषज्ञहरू पनि मान्दछन् । यसै कारणले गर्दा चिकित्सकहरूले विरामीलाई सन्तुलित भोजनको बारेमा सल्लाह दिँदा खानामा लसनुको प्रयोग फाइदाजनक हुने सल्लाह दिन्छन् । यहाँ हामीले लसुन खाँदा के-के फाइदा हुन्छ भन्ने विषय प्रस्तुत गरेका छौँ:

लसुन सेवन गर्दा सरीरमा भिटामिन ए, बी तथा सी का साथै आयोडिन, आइरन, पोटासियम, क्याल्सियम तथा म्याग्नेसियम जस्ता खनिज तत्वहरू समेत प्राप्त हुन्छ । कोलेस्टेरोलको समस्याबाट पीडित मानिसहरूका लागि लसुन संजिवनी बुटी सरह नै हुन्छ भन्दा फरक नपर्ला । दिनहुँ लसुनको सेवन गर्दा रगतको कोलेस्टेरोल मात्रा १२ प्रतिशत सम्मले कम हुन्छ । लसुनले नशाभित्रै रगत जम्ने तथा बाक्लो रगत हुने समस्याबाट पीडित हरूका लागि समेत निकै फाइदाजनक हुन्छ । यसले रगत पातलो बनाउने र रक्त प्रवाह सूचारु गर्नमा मद्दत गर्छ ।

दमका रोगीहरूका लागि समेत लसुन औषधि नै हो । ३० मिलीलिटर दुधमा लसुनका पाँच केश्रा उमालेर दिनहुँ खानाले सुरुवाती अवस्थाका दमका रोगीलाई निकै फाइदा पुग्छ । अदुवा मिसाएको चियामा लसुनका केश्रा मिसाएर खानाले पनि दमका रोगीलाई फाइदा गर्छ । साथै क्षयरोगीका लागि समेत लसुनको सेवन फाइदाजनक हुन्छ । लसुनमा एन्टिबायोटिक औषधि जस्तै गुण हुने र यो किटाणुनासक हुने भएकाले यसले क्षयरोगका किटाणुलाई समेत नष्ट गर्ने बताइन्छ ।

सरस्यौँको तेलमा लसुन पकाएर उक्त मिश्रणले मालिस गर्नाले सरीरको विभिन्न भागको दुखाइ कम हुन्छ । लसुनमा भिटामिन सी हुने हुनाले यसले स्कर्भी नामक रोगबाट समेत बचाउँछ । लसुनले कब्जियतको समस्या पनि टाडा भागाईदिन्छ । सुन्निएको, जोर्नी दुख्ने, खोकी जस्ता समस्याको उपचारमा पनि लसुन लाभदायी हुन्छ । चिसोका कारण अपच भएर पेट ढाडिएको छ भने लसुन पोलेर खानुहोस् त्यसले चिसो र अपच हटाइदिन्छ ।

औषधोपचार[सम्पादन गर्ने]

  • कान दुख्ने, पिप आउने , खटिरा आदि भएमाः
ठूलो चम्चाको ४ चम्चा शुद्ध तोरी वा नरिवलको तेलमा ६ गेडा लसुन, सानो चम्चा आधा चम्चा हिङ र सानो चम्चा १ चम्चा सिदेनूनको धूलो तेलमा कालो पार्ने र छानेर सिसीमा राख्ने र आवश्यकता अनुसार कान सफा गरी बिहान\बेलुका ४\४ थोपा हाल्नाले कानको रोग निको हुन्छ ।
  • घाँटी बसेमा
एक/दुई पोटी लसुन चपाएर मन तातो पानीमा निलेमा पनि घाँटी बसेको दुई/तीन मात्रामै ठीक हुन्छ ।
  • दाद आएमा
घ्यू कुमारी, लसुनमा पिनेर लेप लगाउने गरेमा दाद आएको ठिक हुन्छ ।
  • काला ज्वरो आएमा
दतिउनको पात, मरिच र लसुन तीनवटै बराबर राखी पानी हालेर सिलौटामा पिस्ने र सखर हालेर केराउ जत्रो गोली बनाएर दुई/दुई गोली बिहान/दिउँसो/बेलुका तातोपानीसँग खान दिएमा एक हप्तामै ठीक भएर आउँछ ।

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

  1. Block, E. (2010), Garlic and Other Alliums: The Lore and the Science, Royal Society of Chemistry, ISBN 0854041907, <http://books.google.com/?id=6AB89RHV9ucC&printsec=frontcover> 
  2. २.० २.१ २.२ "AllergyNet — Allergy Advisor Find" 
  3. Gernot Katzer (2005-02-23), "Spice Pages: Garlic (Allium sativum, garlick)" 
  4. "Small Farm News Archive" 
  5. Amanda, "Glossary of Foods and Food Terms in Korea" 

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]