मिश्री

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मिश्री ऊखुको रसद्धारा निर्मित गुलियो ठोस् पदार्थ हो ।

औषधोपचार[सम्पादन गर्नुहोस्]

  • दम खोकीमा
१ चम्चा मनतातो भाङको रसमा १ चिम्टी मरिच र मिश्री फिटेर खाने गरेमा दमको वेग कम हुदै जान्छ । आधा चम्चा दालचिनीको धूलो, एक चिम्टी मरिचको धूलो, आधा चम्चा जेठीमधुको धुलो, चारवटा कण्ठकारीको फल, दुई चम्चा मिश्री एक माना पानीमा पकाउने र एक चौथाई भएपछि छानेर शिशीमा राख्ने र दिनको तीन पटक विहान/ दिउँसो/ वेलुका खाने गरेमा ठिक हुन्छ ।
  • कम्मर दुख्ने रोगमा
आधा पाउ भुटेको कालो तिल, १० ग्राम घोडताप्रे, १० ग्राम धूलो मरिच, १० ग्राम सूठो धूलो, १० ग्राम धूलो पिप्ला, ५ ग्राम फुराएको हिङको धूलो सबै मिसाएर सिसीमा राख्ने र दुख्न सुरु भएपछि ३ पटक धूलोलाई मिश्री पानीमा पकाएर खाने ।
  • शरीर दुख्ने रोगमा
भुटेको ज्वानोसखर मिसाएर ज्वानोको लड्डु बनाउने र बिहान/बेलुका मिश्री पानीसँग नियमित रूपमा खाने गरेमा दुई हप्तामा ठीक हुन्छ ।
  • गर्मिले पेट पोल्ने भएमा
धनियाँसुप बराबर कुटेर मिश्री मिसाएर १/१ चम्चा बिहान/बेलुका खाने गरेमा गर्मिले पेट पोल्ने रोग एक हप्तामा नै निको हुन्छ ।
  • पित्तको ज्वरो आएमा
सुप एक चम्चा, एक ग्लास पानीमा एक टुक्रा मिश्री हालेर उमाल्नुहास् र आधा भएपछि छानेर सेवन गर्नुहास्, २/३ दिनमा नै ठीक हुन्छ ।
  • हातगोडा पोल्नेमा

सुपगेडा धनियाँ बराबर मात्रामा कुटेर चूर्ण बनाउनुहोस् र आवश्यक मिश्री हाल्नुहोस् र खानापछि एक/एक चम्चा चूर्ण पानीसंग सेवन गर्नुहोस ।

  • घाँटी दुखेमा
राती सुत्ने बेलामा ८/१० गेडा मरिचमिश्रीको टुक्रा चपाएर तातो पानीले निलेमा चिसोले घाँटी बसेको निको हुन्छ ।
  • घाँटी बसेमा
घाँटी बसेर बोल्नै नसक्ने भएको छ भने १०/१२ पात तुलसी ४/५ दाना मरिचमिश्रीको टुक्रासँग चपाएर निल्दा घाँटी बसेको २/३ मात्रामै ठीक भएर आउँछ ।
  • शरीर सुन्निएमा
दतिउनको चार/पाँच वटा पात एक ग्लास पानीमा मिश्री हालेर पकाएर बिहान/बेलुका खाने गरेमा सम्पूर्ण शरीर सुन्निएको ठीक हुन्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]