सिमाली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सिमालीको बोट
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
V. negundo
वैज्ञानिक नाम
Vitex negundo
L.[१]
पर्याय
  • Vitex cannabifolia Siebold & Zucc.
  • Vitex incisa Lam.
  • Vitex incisa var. heterophylla Franch.
  • Vitex negundo var. heterophylla (Franch.) Rehder
फूल फुलेको सिमालीको बोट

सिमाली एक बुट्यान वर्गमा पर्ने वनस्पति हो । यसको पात किसानहरूले किटनाशक औषधि तथा प्राङ्गारिक मल बनाउन प्रयोग गर्ने गर्दछन् ।

औषधोपचार[सम्पादन गर्नुहोस्]

  • आधा कपाल दुखेमा
जतापट्टीको कपाल दुखेको छ त्यसको अर्को पट्टिको कानमा २\३ थोपा सिमालीको पातको रस मनतातो पारी हालेमा ठीक हुन्छ ।
  • टाउको दुखेमा
सिमालीको २\३ वटा पातमा नून हालेर काँढा पानी बनाएर खाएमा ठीक हुन्छ ।
  • खोकी र दममा
सिमालीको पातको १ लिटर रस निकालेर राम्ररी उमाल्ने र बाक्लो भएपछि झिक्ने र जति लेदो छ त्यति नै सखर हालेर राम्ररी मिसाउने । १\१ चम्चा बिहान\बेलुका खाने गरेमा सबै रोग ठीक हुन्छ । औषधि सेवन गरुन्जेल दूध भातमात्र खाँनु राम्रो हुन्छ ।
  • दन्त शूलमा
सिमालीको जरा फिट्कीरी पानीमा पिनेर दाँत माझ्नाले दाँत सम्बन्धी रोगहरु निको हुन्छन् ।
  • कानको रोगमा
सिमालीको जरा तिलको तेलमा राम्ररी पकाउनु र छानेर राख्नु । २\२ थोपा कानमा हालेमा कान पाक्ने, बसहरोपन, खटिरा, घाउ सारा निको गर्छ ।
  • घाँटीको रोगमा
३/४ वटा सिमालीको पात २ वटा पिल्ला नून हालेर काँढा बनाएर पिएमा घाँटी सम्बन्धी रोग निको हुन्छ ।
  • शरीर सुनिएमा
सिमालीको ३\४ पातको काँढा नून हालेर पकाएर खानु ३\४ दिनमै सुनिएको ठीक हुन्छ ।
  • ज्वरो आएमा
सिमालीको पात ३/४ वटा र नून हालेर काँढा बनाएर बिहान/बेलुका खाने गरेमा जस्तोसुकै ज्वरो पनि ठीक हुन्छ ।
  • गण्डमाला
सिमालीको पात पकाएर घाँटीमा नियमित सेक्नाले र सिमालीको रस २/३ थोपा दुबै नाकमा हाल्नाले गण्डमाला निको भएर आउँछ ।

अन्य भाषामा[सम्पादन गर्नुहोस्]

Tamil: நொச்சி, नोछी; Hindi: निर्गुंडी, nirgundi; Sanskrit: सिन्धुवार, sindhuvara; Filipino: lagundî; Sinhala: නික, nika; and Bengali: Nishinda (নিশিন্দা)।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Vitex negundo L.", Germplasm Resources Information Network (GRIN) online database, अन्तिम पहुँच सेप्टेम्बर ७, २०११ 

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]