बेसार

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
बेसार
बेसारको बोट
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
(unranked): Angiosperms
(unranked): Monocots
(unranked): Commelinids
गण: Zingiberales
कुल: Zingiberaceae
वंश: Curcuma
प्रजाति: C. longa
द्विपद नाम
Curcuma longa
Linnaeus[१]

मसलाको समूहमध्ये अग्रपङ्क्तिमा आउने बेसार, लसुन र प्याजका अतिरिक्त हाम्रो भान्छामा सधैं भइरहने उपयोगी सामाग्री हो।बेसारले हाम्रो भोजनलाई आकर्षक त अवश्य बनाउँछ तर यसको अलावा केही विशेष तत्वहरू पनि प्रदान गर्छ। बेसारमा कीटाणुहरूलाई मार्ने शक्ति हुन्छ भन्ने तथ्य विभिन्न वैज्ञानिक अनुसन्धानहरूले सिद्ध गरिसकेका छन्।

बेसारको गानो
बेसारको वोट
वेसारको धुलो(मसला)

सुपरिचित मसला बाली बेसारको बहुउपयोगी गानो जमीनमुनि हुन्छ। नेपालमा यसको खेती प्राचीन कालदेखि नै भएको पाइन्छ। आजकल बेसारलाई चिकित्सा विज्ञानले भिटामिन तथा खनिज लवणहरूको उत्तम श्रोतको रूपमा लिने गरेको पाइन्छ। चिनियाँ चिकित्सा पद्धतिमा बेसारलाई पर्याप्त मात्रामा प्रयोग गर्ने गरिन्छ, बेसारमा रहेको सङ्क्रमण हटाउने र घाउको जलन कम गर्ने विशेष तत्वले यसलाई औषधिको रूप दिएको हो।

बेसार झिन्जिबेरसी(Zingiberaceae) परिवारको एक कन्दमूल हो। यसको वानस्पतिक नाम 'करक्यूमा लोगा' हो। नेपालमा सदियौंखि ऋषिमुनिहरूले यसको प्रयोग एक औषधिका रूपमा गर्दै आएको र आयुर्वेदमा यसको गुणहरूको पर्याप्त बयान गरेको पाइन्छ। विशेष गरी बेसार दक्षिणी तथा दक्षिण पूर्वी एसियाको कन्दमूल हो तर आज विश्वका सम्पूर्ण देशहरूमा यसको प्रयोग हुने गर्दछ।

बेसारमा हुने 'कुरकुमिन' नामक जैविक रसायनका कारण नै बेसार पहेँलो देखिएको हो। यस रसायनमा विभिन्न औषधिय तत्त्व पाइन्छ। पौष्टिक तत्वहरूको रूपमा यस बेसारमा भिटामिन 'ए' १७५ प्रति सय ग्राममा, केही मात्रामा भिटामिन 'बि', 'बि-२', 'सि' र खाद्य ऊर्जा -क्यालोरी) ३९० क्यालोरी प्रति एक सयग्राममा पाइन्छ भनेका छन्। भने खनिजमा क्याल्सियम, फस्फोरस, फलाम आदि प्रचुर मात्रामा पाइन्छ।

विशेष गरी यो बेसार- पिंडालु, भण्टा, मूला आदि अन्य तरकारी बालीहरूसँग मिश्रति वा अन्तर खेती गर्ने चलन छ। आचार्य चरकले बेसारलाई कुष्ठ र लुतो हटाउने, विष नष्ट गर्ने गुणयुक्त मानेका छन्। यस्तै आचार्य सुश्रुतले श्वास रोग, खोकी, रक्तपित्त, आँखा रोग, कुष्ठ र प्रमेहलगायत निर्मूल गर्न यसलाई प्रभावकारी मानेका छन्भने अमेरिकास्थित पेन्सिलभेनिया विश्वविद्यालय, मेडिकल सेन्टरका डा. अमोन ए नान्जीले के प्रमाणित गरेका छन् भने बेसार नियमित खाँदा रक्सीले कलेजोलाई पुर्‍याउने क्षतिसमेत कम हुन्छ। क्यानाडाको टोरन्टो जनरल अस्पतालका अनुसन्धानकर्ताहरूले जनरल अफ क्लिनिकल इन्भेस्टिगेसनमा प्रकाशन गरेको प्रतिवेदनअनुसार बेसारले हार्ट फेल हुनबाट बचाउँछ, क्षतिग्रस्त मुटुलाई थप नोक्सान हुनबाट रोक्छ। उक्त अनुसन्धानअन्तर्गत बेसार मुटु रोगले प्रभावित मुसालाई सेवन गराइएको थियो।

बेसारको औषधीय गुणलाई बुझेर नै सौन्दर्य प्रसाधनमा र औषधिको रूपमा पनि यसको प्रयोग प्रशस्त मात्रामा भएको पाइन्छ। बेसारलाई हलेदो पनी भनिन्छ। बेसार मसालाको रूपमा प्रयोग हुने वस्तु हो। यसको जरा खास गरि परिकारको रंग बदल्नको लागी प्रयोग गरिन्छ। हलेदोलाई नेपालको पश्चीमेली भाषामा हदेली, हदेलो अथवा बेसार भनिन्छ। हलेदोको रंग पहेंलो हुन्छ। त्यसैले हलेदोले परिकारको रंग पनी पहेंलो बनाउछ। हलेदोको विरुवा अलैंचीको विरुवा जत्रै हुन्छ। हलेदोको पात पनि ठुलो अलैंचीको पात जस्तै हुन्छ। हलेदोको जरा अदुवाको जरा जस्तै हुन्छ। हलेदो एक प्रकारको नगदे बाली पनी हो। यसको जराआयुर्वेदीक ओखती बनाउनमा पनी प्रयोग गरिन्छ। नेपालको अधिकांस भुभागमा हलेदोको खेती गरेको पाइन्छ।

सन्दर्भ सामाग्रीहरू [सम्पादन गर्ने]