घिउ कुमारी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

घिउ कुमारी
घिउ कुमारी बोट
वैज्ञानिक वर्गीकरण edit
जगत: वनस्पति
प्राकृतिक समूह: फूल फुल्ने वनस्पति
प्राकृतिक समूह: एकदलीय वनस्पति
गण: एस्पारागेल्स
परिवार: Xanthorrhoeaceae
उपपरिवार: Asphodeloideae
वंश: Aloe
(L.) Burm.f.
प्रजाति:
A. vera
वैज्ञानिक नाम
Aloe vera
(L.) Burm.f.

घ्यू कुमारी औषधीय गुण भएको वनस्पति हो । यो एक पोथ्रा वर्गमा पर्ने वनस्पति हो ।

औषधोपचार[सम्पादन गर्नुहोस्]

  • आँखाको रोगमा
घ्यू कुमारीको गुदीमा राम्रो बेसार फिटेर मनतातो पारी आखाँमा राती सुत्ने बेलामा बाँध्नाले आँखाको सम्पूर्ण रोग निको हुन्छ ।
  • कानको रोगमा
घ्यू कुमारीको गुदी मनतातो पारेर २\३ थोपा दाहिने कान दुखोमा देब्रे कानमा र देब्रे कान दुखेमा दाहिन कानमा हाल्ने र दुबै दुखेमा दुबैमा हाल्नाले ठीक हुन्छ ।
  • मस्तिष्कको रोगमा
नित्य १ चम्चा घ्यू कुमारी खाने र तालुमा लगाउने गरेमा टाउको पोल्ने, पित्त विकार आदि ठिक हुन्छ र मस्तिष्क ठण्डा हुन्छ ।
  • पुरानो ज्वरोमा
घ्यू कुमारीको जरा १ चम्चा तातो पानीसँग खानाले जीर्ण ज्वरो पनि निको भएर आउँछ । यसो गर्दा वमन भएमा डराउनु पर्दैन पित्त निस्केर जान्छ ।
  • जण्डीस, कमलपित्त भएमा
बिहान बेलुका १\१ चम्चा घ्यू कुमारी सेवन गर्ने गरेमा आँखा, शरीर पहेलो भएको हट्दै जान्छ र निको हुन्छ ।
  • खटिरामा
घ्यू कुमारीको गुदी तताएर खटिरामा बाँधेमा घाउ छिट्टै पाक्छ र निको हुन्छ ।
  • वायुगोला\गानो गएमाः
१ चम्चा घ्यू कुमारीको गुदी, १चम्चा राम्रो बेसार १ चिम्टी सिदेनून फिटेर तातो पानीसँग खाली

पेट केही दिन खाएमा ठीक हुन्छ ।

  • चिनी रोग (डाइबेटिज) मा
१ चम्चा घ्यू कुमारीको गुदीमा १ चम्चा गुर्जोको सत्व (चिनी) फिटेर खाने गरेमा रोग निको हुँदै जान्छ ।
  • यौवनवान बनिरहन
२ चम्चा घ्यू कुमारीको गुदी बिहान\बेलुका खाने गर्नाले कुनै रागले छुदैन, दाँत बलियो हुन्छ, स्वर सुरिलो हुन्छ, कपाल कालो हुन्छ, शरीरमा सँधै बल प्रदान गरिरहन्छ ।
  • कुनै पनि विषमा
घ्यू कुमारीको रस वा गुदी नित्य सेवन गर्नाले सम्पूर्ण शरिरको विष नाश हुन्छ, बल तागत प्रदान गर्छ । यसलाई मालिसको रूपमा शरिरमा लगाउनाले पनि प्रशस्त फाईदा हुन्छन् ।
  • टाउको दुखेमा
घ्यू कुमारीको लेदो मनतातो पारेर कञ्चटमा लगाउनाले वातज, पितज टाउको दुख्ने ठीक हुन्छ ।
  • पेटमा गाँठो देखिएमा
घ्यू कुमारी तताएर पेटमा गाँठो भएको ठाँउमा बाँध्नाले गाँठो ठीक हुँदै जानेछ ।
  • बच्चालाई कब्जिएत भएमा
घ्यू कुमारीको लेदो र साबुनको गाज फिटेर नाइटोमा वरिपरि लगाउनाले दिसा लागेको निको हुन्छ ।
  • वाथ भएमा
घ्यू कुमारीको गुदी नित्य बिहान/बेलुका एक/एक चम्चा खाने गरेमा वाथरोग ठीक हुन्छ । घ्यू कुमारीको गुदी नित्य बिहान/बेलुका एक/एक चम्चा खाने गरेमा वाथरोग ठीक हुन्छ । मर्केको, चोट लागेको र सुनिएकोमा घ्यू कुमारीको गुदीमा बेसार मिसाउने र तताएर बाँधिदिएमा छिटै दुख्न कम हुन्छ, चोट पनि ठिक हुन्छ ।
  • मर्केको, चोट लागेको र सुनिएकोमा
घ्यू कुमारीको गुदीमा बेसार मिसाउने र तताएर बाँधिदिएमा छिटै दुख्न कम हुन्छ, चोट पनि ठिक हुन्छ ।
  • दाद आएमा
घ्यू कुमारी, लसुनमा पिनेर लेप लगाउने गरेमा दाद आएको ठिक हुन्छ ।

एलोवेराः सर्व गुणकारी मानवहीतमा प्रकृतिले दिएको बरदानः एलोवेरालाई आयुर्वेदमा संजिवनी मानिन्छ । छालाको सुरक्षादेखि कपालको सौन्दर्यता र घाउँ भर्ने समेतको कार्य यसबाट हुने गर्दछ । यसमा मानव सरिरलाई अत्यावश्यक पर्ने भिटामिन ए र सी रहने भएकाले यसको श्रोतको रूपमा लिने गरिन्छ । एलोवेराको जुस नियमित पिउने व्यक्ति कहिल्यै विमार रहन्न । लोवेरा जूसको सेवन गर्नाले पेटको रोग जस्तै वायु अल्सर अम्लपित्त आदिको सिकायत हटेर जाने गर्दछ । जोड्नी दुखेमा रक्तसंचारको रूपमा एलोवेरालाई बेजोड् मानिन्छ । एलोवेराले कपाल चुडिनबाट जोगाउँने तथा कपाललाई सेतो हुनबाट रोक्ने गर्दछ । दैनिकरूपमा सुत्नुभन्दा अगाडि गोडामा लगाएमा गोडा फुट्नबाट बचाउँछ । यसले छालाको नरमपनलाई कायम राख्दछ । गर्मिमा सनबर्नलाई रोकेर छालाको सुरक्षा गर्दछ । छालामा चाहिने आवश्यक म्वाइस्चर यसले प्रदान गर्दछ । सनबर्न समाप्त गरी सनस्क्रिनको काम यसले गर्दछ । एलोवेरा छालाको टोनरको रूपमा काम गर्दछ । छालाको नियमित सफाई तथा छालाबाट निस्कने तेललाई सफा गर्दछ । डण्डिफोर जस्ता छालामा आउँने सबै प्रकारका घाउँ खटिराहरूबाट छालालाई बचाउने गर्दछ । कपालको लागि एलोवेराः एलोवेराले कपाल सुन्दर र चमकिलो बनाउँने तथा कपालको जरा समेत मजबुत बनाउँने तथा कपाललाई नयाँ जीवन प्रदान गर्दछ । कपाल झर्ने रुखो कपाल कपालमा चाया आदि सबै कपाल सम्बन्धी समस्यामा यसले फाइदा गर्दछ । यसको जेललाई आधाघण्टा लगाएर सफा गर्न सकिन्छ । यसलाई महिनमा दुई पटक मात्र लगाएमा केही महिनामा यसको नतिजा आउन थाल्दछ । कपाल चिल्लो वा तेलिय भएमा सो समेत यसको प्रयोगबाट निर्मुल हुन्छ । एलोवेरा जेलको प्रयोगबाट गंजेपन को समस्यापनि रहन्न । यसलाई स्कॉल्प मा लगाउँनाले स्याम्पुको काम गर्दछ । यसको प्रयोगबाट कपाल बाक्लो लामो तथा सुन्दर बन्दछ । एलोवेरा को कुनै साइड इफेक्ट हुदैन । यसलाई कपालको प्रभावित क्षेत्रमा सिधै लगाउन सकिन्छ । यसको प्रयोगले कपाल बढ्न समेत मदत गर्दछ ।कपाललाई नरम चमकदार तथा लामो बनाउँन आफैले घरमा सेम्पु बनाउन सकिन्छ । यस्कोलागि एलोवेराको जुसमा नरिवलको तेल दुध तथा गहुँ मिलाएर बनाउँन सकिन्छ ।

एलोवेरालाई ग्वारपाठा या घृतकुमारी हरियो तरकारीको नामलेपनि जानिन्छ । यसमा रोग निवारण क्षमता एक एक गरेर भरिएको हुन्छ । आयुर्वेदमा यसलाई घृतकुमारी को 'उपाधि' तथा महाराजाको स्थान दिइएको छ । यसलाई दुनियाँमा संजिवनी पनि भन्ने गरिन्छ । यस्का २०० प्रजाति मध्ये ५ मात्र मानव शरीरकोलागि उपयोगी हुने गर्दछ । एलोवेराको बारना डेंसीस नामको जाती प्रथम स्थानमा रहेको छ । यसमा १८ धातु १५ एमिनो एसिड तथा १२ भिटामिन पाइने गर्दछ । यसको तासिर गरम हुन्छ । यसले रगतको कमिलाई हटाउँने गर्दछ । शरीरमा रोग प्रतिरोधक क्षमता बढाउँने गर्दछ । यसको सेवन अतिनै पौष्टिक हुन्छ । यसलाई छालामा लगाउँनाले फाइदा गर्दछ । यसको काढा भएको पातलाई ताछेर काटेर रस निकाल्ने गरिन्छ । ३-४ चम्मच रस विहान खाली पेटमा खानाले दिनभर शरीरमा शक्ति तथा चुस्ती फूर्ती रहने गर्दछ ।

पोलेमा कुनै अङ्ग काटिएमा या भित्री चोटमा एलोवेरा एन्टी बैक्टेरिया तथा एन्टी फंगल गुण को कारण घाउ निको हुने गर्दछ । यसले रगतमा सुगरको मात्रा नियन्त्रित र निश्चित स्तर बनाएर राख्दछ । बवासीर, डायबिटीज, गर्भाशयको रोग, पेट को खराबी, जोर्नीको दुखाई, छालाको खराबी, मुंहासे, रुखो छाला, सन बर्न, झुर्रियों, अनुहारको दाग-धब्बों, आँखाको कालो कलेटीको घेरा, कुर्कुच्चा फुटेको आदिमा लाभप्रद हुन्छ । यसको गुदी या जेल निकालेर कपालको जरामा लगाएमा कपाल कालो घना लामो तथा समग्रमा मजबुत हुन्छ । यसले मच्छरबाट पनि छालाको सुरक्षा गर्दछ । हर्बल कॉस्मेटिक प्रोडक्टको रूपमा बजारमा एलोवेरा जैल, बॉडी लोशन, हेयर जैल, स्किन जैल, शैंपू, साबुन, फेशियल फोम, ब्यूटी क्रीममा हेयर स्पा मा ब्यूटी पार्लरमा अत्यधिक प्रयोग हुन थालेको छ । सानो भन्दा सानो स्थानमा या गमलामा एलोवेरा लगाएर यसबाट हुने भरपुर फाइदा लिन सकिन्छ । एलोवेरा जैल या जुसलाई मेहन्दीमा मिलाएर कपालमा लगाउँनाले कपाल चमकदार तथा स्वस्थ रहने गर्दछ । यसको कण कणमा सुन्दर एवं स्वस्थ रहने अनेकन राज लुकेको छ । यसले सम्पूर्ण शरीरको कायाकल्प गर्दछ ।

एलोवेरा ५००० वर्ष पुरानो रामबाण औषधी हो । यसको वनस्पति नाम धृतकुमारी, ग्वारपाठा हो । यसलाई संजीवनी बोट मानिन्छ । यस्का लगभग २५० उपजाती छन् । यसमा केही मात्र औषधीय गुणले परिपूर्ण रहेका छन् । यसमध्ये सवभन्दा प्रभावशाली बार्बाडेन्सीस मीलर लाई मानिन्छ । हाम्रो शरीरलाई २१ अमीनो एसिड को जरुरत पर्दछ, जसमध्ये १८ अमीनो एसिड केवल एलोवेरा मा पाइन्छ । यस्का २५ उपयोग निम्नानुसार छन् :- एलोवेरा जुसमा क्याल्सियम, सोडियम, आइरन, पोटासियम, क्रोमियम, म्याग्नेसियम, म्याङ्गेनिज, तामा आदि जस्ता खनिज लवण पाइने गर्दछ ।

पाचन प्रणाली ऐलोवेराले दुरुस्त राख्दछ । यसले शरीरमा भएको विषालु पदार्थ निर्मुल गर्दछ । एलोवेरामा १८ धातु तथा १५ एमिनो एसिड र १२ भिटामिन पाइन्छ । जसले रगतको कमी हटाउँछ तथा रोग प्रतिरोधक क्षमता बढाउँदछ । एलोवेरा को जुसले गर्भाशयको रोग तथा पेटको विकारलाई निर्मुल गर्दछ । एलोवेरा ले फ्राइब्रोब्लास्ट को क्षमता बढाउँदछ । यसले मामुली जलन तथा भित्री चोटमा मलहमको काम गर्दछ । अस्थमाःदमको समस्या भएमा एलोवेराले रामबाण को तरह काम गर्दछ । यो एक राम्रो हेयर कण्डिसनर पनि हो । एलोवेराको जुस दैनिक प्रयोग गर्नाले शरीर दुरुस्त र सेहत ठिक रहन्छ । भिटामिनको दैनिक खुराक एलोवेरामा रहन्छ । यसमा भिटामिन ए, बी१, बी६, बी१२, सी तथा फोलिक एसिड र नियासिन पाइन्छ । जसले शरीरको प्रतिरक्षा तंत्र मजबुत गर्दछ । गंजेपन को समस्या हटदछ । अल्सरको समस्या रहन्न । निर्मुल गर्दछ । एक गिलास चिसो नरिवलको पानीमा दुई चार चम्मच एलोवेराको रस या पल्प (गुदी) मिलाएर पिउनाने शरीरमा शीतलता मिल्दछ । बवासीर Piles मा यो अत्यधिक लाभप्रद हुन्छ । यसले मच्छडबाट छालाको सुरक्षा गर्दछ । घाव, खरोंचो, धुप को जलन तथा खाज, खुजली कमगरी यसबाट जोगाउने गर्दछ । रगतमा सुगरको स्तर नियन्त्रितगरी डायबिटीज नियन्त्रण गर्दछ । बहुत पौष्टिक हुन्छ । झुर्रियों निर्मुल गर्दछ । माइनर वेजाइनल संक्रमण मा राम्रो औषधी झै काम गर्दछ । छालामा भएको कुनै रिएक्शनमा एंटीडॉट झै यसको प्रयोग गर्न सकिन्छ । जोडों को दुखाइमा रामबाणको तरह काम गर्दछ । शुद्ध एलोवेराको जेलबाट बनेको एलोवेराको जुस दैनिक पिउँनाले आँत दुरुस्त हुन्छ । प्रोटिन ग्रहण गर्ने क्षमता बढ्दछ । नोक्सान गर्ने बैक्टीरिया कम हुन्छ । एलोवेरा को पल्प (गुदी) मा मुल्तानी मिट्टी या चन्दन पाऊडर मिलाएर लगाउँनाले छालाको खिल तथा डण्डिफोर ठिक हुन्छ । गर्मी, उमस तथा वर्षाको कारण निस्कने फोडे- फुंसियों मा यसको रस लगाउँनाले आराम हुन्छ । तीन – चार पटक लगाउँनाले ठिक हुन्छ । विहान उठेर खाली पेटमा एलोवेरा को पातको रसको सेवन गर्नाले कब्जियतको सिकायत रहन्न ।गुलाब जलमा एलोवेरा को रस मिलाएर छालामा लगाउँनाले छालाको नमी बरकरार रहन्छ तथा गएको नमी फर्कन्छ । एलोवेरा को जुस मेहंदीमा मिलाएर लगाउँनाले बाल चमकदार तथा स्वस्थ रहन्छ । एलोवेराको रस या पल्प (गुदी) शारीरिक ऊर्जा, पाचन क्रिया तथा छालाको पुनर्निर्माणकोलागि लाभदायक हुन्छ । एक्जिमा को प्रभावकारी औषधी हो । स्केयर माक्र्स वा स्ट्रेच माक्र्स मेटाउँदछ । कहीं पोलेमाः जलने या चोट लागेमा एलोवेराको रस लगाउँनाले आराम हुन्छ । फाइदा गर्दछ । यसको कुनै साइडठ इफेक्ट छैन । यसले जलेकोमा र सुन्निएकोः सुजनमा फाइदा गर्दछ । एलोवेरा स्वस्थ तथा स्वच्छ दांतलागि तथा गिजाकोलागि अत्यन्त लाभप्रद हुन्छ । सरीरको छाला स्मुथ बनाउँन एलोवेराको स्लाईस लिएर शरीरमा हल्का रगडेर नुहाउँनाले छाला एकदम स्मुथ हुन्छ । शुद्ध एलोवेरा जेलबाट बनेको एलोवेरा जुस दैनिक सेवन गर्नाले छालमा चमक आउँन थाल्दछ । एलोवेराले कपाल बाक्लो कालो तथा मजबुत बनाउँदछ । मुटुको रोगबाट जोगाउँदछ । कोलेस्ट्रॉलको लेवल नियन्त्रण गर्दछ । शुद्ध एलोवेराको जेलबाट बनेको एलोवेरा जुस दैनिक पिउँनाले शरीरमा भरपुर तागत र तन्दुरुस्ती भएको महशुस हुन्छ । शरीरमा उर्जा उच्च रहन्छ । शरीर अनुसारको वजन कायम हुन्छ ।

हाम्रो वरिपरी तमाम यस्ता वनस्पतिहरु रहेका छन् जसमा औषधीयगुण रहेको हुन्छ । अज्ञाताका कारण आसपासका वनस्पतिको सही ढङ्गले उपयोग हुन सकेको छैन । यसमध्ये घृतकुमारीको नामपिन प्रमुखताका साथ लिने गरिन्छ । आयुर्वेदमा यसलाई ग्वारपाठा, घी कुंवारा, स्थूलदला, कुमारी आदि नामबाट जानिने गर्दछ । घृतकुमारीको पातको प्रयोगबाट यकृत विकार, आमवात, कोष्ठबद्धता, बवासीर, महिलाको अनियमित मासिक चक्र, मोटापा घटाने तथा चर्म रोगमा लाभकारी हुन्छ । घृतकुमारी सरल ढङ्गले जत्रतत्र सालभर पाइने गर्दछ । यसको पातको गुदीमा फलाम, कैल्शियम, पोटासियम एवं मैग्नीशियम पाइन्छ । १. एलोवेरामा १८ धातु, १५ एमिनो एसिड तथा १२ भिटामिन हुन्छ । जसले रगतको कमी हटाएर रोग-प्रतिरोधक क्षमता बढाउँदछ । २. एलोवेरा को काँडादार पातलाई ताछेर यसको रस निकाल्ने गरिन्छ । ३-४ चम्मच रस विहान खालिपेटमा लिनाले दिनभर शरीरमा चुस्ती फूर्ती रहन्छ । ३. एलोवेराको जुस पिउनाले कब्जियत रहन्न । ४. एलोवेरा को जुस मेहंदीमा मिलाएर लगाउँनाले कपाल चमकदार र स्वस्थ हुन्छ । ५. एलोवेराको जुस पिउँनाले शरीरमा सुगरको स्तर उचित रूपमा रहने गर्दछ । ६. एलोवेरा को जुसको सेवनले बवासीर, डायबिटीज, गर्भाशय को रोग तथा पेटको विकारलाई हटाउँने गर्दछ । ७. एलोवेराको जुस पिउनाले छालाको खरावबी, मुहांसे, रूखी त्वचा, धुपबाट डडेको छाला, झुर्रियां, अनुहारको दाग धब्बा, आखाँको कालो घेरा हट्दछ । ८. एलोवेरा का जुस पीउनाले मच्छडले टोकेर फैलने इन्फेक्शन कम हुन्छ । ९. एलोवेरा को जुसले रगत प्यूरीफाई गर्दछ । साथमा हीमोग्लोबिनको कमी पनि पुरा गर्दछ । १०. शरीरमा ह्वाईट ब्लड सेल्सको संख्या बढाउँदछ । ११. एलोवेरा को जुसले छालालाई नरम र स्वस्थ्य बनाएर राख्दछ । यसले स्किनको कोलेजन तथा लचीलेपनलाई बढाएर स्किनलाई जवान र तन्दुरुस्त राख्दछ । १२. एलोवेराको जुसको नियमित सेवनले छालाको भित्रीभाग मजबुत हुने गर्दछ । ढल्कदो उमेरमा छालामा पर्ने कुप्रभाबबाट बचाउँने गर्दछ । १३. एलोवेराको जुस सेवन गर्नाले शरीरको जोड्नीको दुखाई कम हुने गर्दछ । १४. एलोवेराले सौंदर्य निखार गर्न हर्बल कॉस्मेटिक प्रोडक्ट जस्तो एलोवेरा जैल, बॉडी लोशन, हेयर जैल, स्किन जैल, शैंपू, साबुन, फेशियल फोम आदिमा प्रयोग गर्न सकिन्छ । १५. सावधानी: गर्भवती महिला तथा पाँच वर्ष भन्दा कम उमेरका बच्चाले घृतकुमारी-एलोविरा को आन्तरिक सेवन गर्न सख्त मनाही छ । वर्जित गरिएको छ ।

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]