जटामसी

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
जटामसी
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
(unranked): Angiosperms
(unranked): Eudicots
(unranked): Asterids
गण: Dipsacales
कुल: Valerianaceae
वंश: Nardostachys
प्रजाति: N. grandiflora
द्विपद नाम
Nardostachys grandiflora
DC.


बैज्ञानिक नाम (ल्याटिन नाम) : नार्डोस्टाकिस ग्रान्डील्फोरा (Nardostachys grandiflora DC)

संस्कृत नाम : तपस्विनी , जटिला, लोमशा , जटामशी ,(जटामाँसी)।

अन्य नाम : नेवारीमा “नस्वां”

वनस्पति परिवार : भ्यालेरियानेसी (Valerianaceae)

Nardostachys grandiflora.jpg

परिचय[सम्पादन गर्ने]

हिमाली भेगका ३,००० देखि ४,५०० मीटरसम्मको उचाईमा ढुङ्गै ढुङ्गा भएको धूपी र हिमाली चिमालको बुट्यानका छेउछाउमा चिसो र ओसिलो ठाउँमा यो विरुवा बाहृमास पाइन्छ। यसको जरामा जटा जमेको हुन्छ। ती जटामा निकै सुगन्धित तेल जमेर बसेको हुन्छ। त्यसैले यस को नाम रहन गएको हो|

जमीनभित्र रहने मोटो काण्डलाई राता खैरो झुस , रौं जस्ता जटाहरूले छोपिराखेको हुन्छ। काण्डको लम्बाई ७ से.मी. र चौडाई ३ से.मी.को हुन्छ। यो सुगन्धित हुन्छ। यसको स्वाद तीतो र पिरो हुन्छ। यसको पातहरू तलैबाट पल्हाई आएको हुन्छ। यिनको नाप २ से.मी. सम्म चौडा र २० से.मी . सम्म लामो हुन्छ। पातहरू घाँसका पातका आकार तथा भालाका आकार र रौं नभएका हुन्छन्। पातका टुप्पा तिखा हुन्छन्। फूलको एउटै झुप्पा हुन्छ। यो गुलाफी – सेतो रंगको हुन्छ। फूलमा भाले तथा पोथी दुवै योनी पाइन्छन्। हिमाली जडीबुटीमध्ये जटामसी प्राचीनकालदेखि नै प्रचलित नाम हो। नेपालबाट निर्यात हुने बहुमूल्य तेलयुक्त सुगन्धित जडीबुटीमा जटामसी ज्यादै प्रख्यात छ। अहिले जटामसी प्रशोधन गरेर तेल निर्यात हुन थालेको छ। जटामसी नेपालको लोपोन्मुख जडीबुटी भएकाले अन्तर्राष्ट्रिय व्यापारमा विशेष निगरानीका साथ आयात–निर्यात गर्ने/गराउने चलन छ। जटामसीको वैज्ञानिक नाम 'नार्डोस्टाकिस जटामन्सी' रहे पनि वनस्पति नामकरणको हालको अन्तर्राष्ट्रिय नियमबाट यसको नाम 'नार्डोस्टाकिस ग्राण्डिफ्लोरा' निर्धारण भएको छ। यो नामले जटामसीको जरालाई भन्दा फूलको विशेषतालाई बढी महत्व दिएको देखिन्छ।

खेती[सम्पादन गर्ने]

जरा सहितको काण्डका टुक्राहरूबाट जटामसीका विरुवा उमारिन्छ। बीउबाट पनि यसको बोटहरू उमार्न सकिन्छ। यसरी उमारिएका विरुवाहरूलाई मल जल गरि तयार गरिएको बारीमा वा खेतमा सारिन्छ। एक ड्याङ्गमा सारिएका विरुवा आपसमा ३० से. मी. दुरीमा राखिन्छन् रएक ड्याङ्गबाट अर्को ड्याङ्ग ६० से. मी.को फरकमा हुनु पर्दछ। हरेक दुई महिनाको अन्तरमा गोड्नु पर्दछ। नेपालको निम्न लिखित जिल्लाहरूमा जटामसीको खेती गर्न सकिन्छ , ताप्लेजुङ्ग , संखुवासभा , सोलुखुम्बु , (खुम्जङ्ग , दूधकुण्ड , थ्यांगबोचे ) , गोरखा ( खरीबिरे , प्रोक , गम्दा , सिर्दिवास ) , लमजुङ्ग ( बाहुन डाँडा , चौधखोला , डुलिबेसि ), काश्की ( गोरुजुरे , माछापुच्छरे , हिमालफेंदी ) पर्वत ( धानढुगां , जलजल , नागी ) , वाग्लुङ्ग (तारा खोला मैकोट) , गुल्मी ( झुले , खुंजो ) , मुस्ताङ्ग , म्याग्दी , रोल्पा , दैलेख , जुम्ला , जाजरकोट आदि स्थान।

संकलन[सम्पादन गर्ने]

हिँउ हटेपछि श्रावणदेखि कार्तिक सम्ममा जमीन विस्तारै खनी विरुवा पल्हाउने केही भाग त्यही छोडी काण्ड मात्र संकलन गर्नुपर्दछ। यसले गर्दा विरुवा मासिने डर रहन्न र प्रत्येक दुई वर्षमा यसको काण्ड प्राप्त गर्न सकिन्छ।

४. सुकाउने तथा संरक्षण संकलन गरिएको जरा र काण्डहरूबाट माटो राम्ररी झारेर वा बगेको पानीमा पखाली सकेपछि यसमा रहेका गुण , तत्त्व संरक्षण गरि राख्न हावामा राम्ररी सुकाउनु पर्दछ। त्यसपछि यसलाई बोराहरूमा बाँधेर सुख्खा ठाउँमा राखिन्छ।

उपयोगिता[सम्पादन गर्ने]

आयुर्वेदिय प्रणाली अनुसार यसको विभिन्न उपयोगिता वर्णन गरिएको छ। यो तागत दिने , उत्तेजना , अपस्मार , मृगी , छारे , हृदय , कम्पा , अजीर्ण तथा वाल सम्बन्धि आन्द्राको बातशुल वा वात विष्फोटक , पेट दुखेको शमन गर्ने ,वायु शमन गर्ने , पिशाब गराउने र हैजा तथा रजस्वला गराउने इत्यादिका औषधिहरूमा प्रयोग गरिन्छ। सुगन्धवालको सट्टा पनि यसको प्रयोग गरिन्छ।

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]