अमला
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
| अमला | |
|---|---|
| वैज्ञानिक वर्गीकरण | |
| जगत: | वनस्पति |
| (unranked): | Angiosperms |
| (unranked): | Eudicots |
| (unranked): | Rosids |
| गण: | Malpighiales |
| कुल: | Phyllanthaceae |
| Tribe: | Phyllantheae |
| Subtribe: | Flueggeinae |
| वंश: | Phyllanthus |
| प्रजाति: | P. emblica |
| द्विपद नाम | |
| Phyllanthus emblica L.[१] |
|
| पर्याय | |
|
Cicca emblica Kurz |
|
अमला नेपालमा पाइने एक किसिमको रूख हो। यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ। यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ।
यो एउटा सानो पतझर रुख हो। यो घाम मन पराउने बिरुवा हो। त्यसैले यो तराई, र तल्लो पहाडी भागमा पाइन्छ। यसका पातहरू एउटै डाँठमा मसिना दुवैतिर लहरै मिलेका हन्छन्। यसमा चैत्र– वैशाखतिर फूलहरू लाग्दछन्।फूलहरू पातको मुन्तिर टम्म मिलेर फुल्दछन्। फूलहरू वास्नादार, हरिया तथा पहेंला रंगका हुन्छन्। यसका फलहरू गुदीदार हुन्छन्, फलको आकार गोलो किसिमको करीब २ से.मी. व्यास भएका हुन्छन्। फलहरू प्हिले हरिया र पाकेपछि हल्का पहेला हुन्छन्। फलमा हल्का ६ वटा धर्साहरू देखिन्छन्। फलको गुदी भित्र बीउहरू पाटैपाटा भएका कडा आवरणले छोपिएका हुन्छन्, र एउटा फलमा जम्मा ६ वटा वीउहरू हुन्छन्। आजकल उन्नत जातका अमलाहरू पनि पाइन्छन्।यी फलहरू जंगली अमला भन्दा झन्डै दोब्बर हुन्छन्।
यसको फल भिटामिन सि’को मुख्य श्रोत मानिन्छ। यो प्रसिद्ध आयर्वेदिक औषधि त्रिफलाको एउटा अवयव हो। त्रिफलाले दिसा सफा गराउने ,सुन्निएको कलेजो ,ववासिर र पेटसम्बन्धी सिकायतहरूमा फाईदा गर्दछ। अमलाको फल खाना पचाउने ,रक्तअल्पत्ता ,कमलपित्तमा पनि उपयोगी मानिन्छ। सुकेका फलहरू आउँ र दिसा पखालामा पनि प्रयोग गर्ने चलन छ। यस बाहेक यसका फलहरू कपाल कालो बनाउने, कालो मसी बनाउने काममा प्रयोग गरिन्छ ,भने फल तथा बोक्रा छाला प्रशोधन गर्न र रङ्गाउन पनि प्रयोग गरिन्छ। यसको फल नै उपयोगी अङ्ग हो। त्यसकारण यसका फलहरू संकलन गर्ने गरिन्छ। लगाइएको ७ / ८ वर्ष यसमा राम्ररी फल लाग्दछ। असोजदेखि फागुनसम्म फलहरू संकलन गर्ने गरिन्छ। करीब १० वर्ष वा त्यसभन्दा बढी उमेरका रुखहरूबाट प्रति बोट वार्षिक ८० के.जी जति फल फल्दछ।
बैज्ञानिक नाम Phyllanthus emblica Linn.
नेपाली नाम अमला
संस्कृत नाम आमलकी, धात्री
अङ्ग्रेजी नाम Emblic myrobolon
वनस्पति परिवार Euphorbiaceae