बेल
| बेल | |
|---|---|
| वैज्ञानिक वर्गीकरण | |
| जगत: | Plantae |
| (unranked): | Angiosperms |
| (unranked): | Eudicots |
| (unranked): | Rosids |
| गण: | Sapindales |
| कुल: | Rutaceae |
| उपकुल: | Aurantioideae |
| Tribe: | Clauseneae |
| वंश: | Aegle Corrêa |
| प्रजाति: | A. marmelos |
| द्विपद नाम | |
| Aegle marmelos (L.) Corr.Serr. |
|
परिचयः [सम्पादन गर्ने]
बैज्ञानिक नाम: Aegle marmelos (Linn. ) Correa वनस्पति परिवार: Rutaceae
यस् लाई सस्कृतमा श्री फल भनिन्छ | यो ६–१० मि. सम्म अग्लो हुने अर्ध– पतझर रुख हो। यसका पातहरूमा एउटै पत्र डाँठमा तीनवटा पातहरू छुट्टिएका हुन्छन् र यसा लाई बेलपत्र भनिन्छ। तीनवटा पातमध्ये बीचको पात केही ठूलो हुन्छ। पातका साइज ५– १० से. मी. लामा र २.५– ६.३ से. मी. सम्म चौडाई भएका र अण्डाकार र टुप्पो चुच्चो परेको हुन्छ। यसका आँख्ला नजीकै सोझा काँडाहरू हुन्छन्। फूलहरू हरिया–सेता रंगका र बास्नादार हुन्छन्। फूलहरूको व्यास करीब ३ से. मी. सम्म हुन्छन्। फल गोलाकार करिब १५ से.मी सम्म व्यास भएका र बाहिरी आवरण एकदम कडा हुन्छ। फल भित्र ८–१५ वटा कोठाहरू हुन्छन् जसमा वीउ र सुन्तला रंगको गुदी भरिएको हुन्छ।यसको प्रयोग हुने भाग फल, जरा र पातहरू नै हुन्।
यो विरुवा भारतको मौलिक विरुवा मानिन्छ, ता पनि म्यानमार, इन्डोचीन, मलेसियामा पाइन्छ। नेपालमा यो पूर्व देखि पश्चिम सम्म करिब ११०० मी. सम्मको उचाई भएका ठाउँहरूमा पाइन्छ। हाल यसको उन्नत जातको विरुवाहरूको खेती गर्ने प्रचलन पनि छ।यसको फलको माग प्रशस्त भएको कारणले हाल यसको खेती प्रति रुचि बढेको छ।यसको जरा आयूर्वेदिक औषधिय पद्धतिमा तयार गरिने “दशमूल”मा प्रयोग गरिन्छ। नपाकेको फल झाडा पखाला र आउँमा उपयोगी मानिन्छ भने पाकेको फल कब्जियतमा प्रयोग गरिन्छ। यसको पात, फल र जरा मधुमेह रोगमा उपयोगी हुने कुरा हालका केही प्रयोगहरूले सिद्ध गरिदिएका छन्। यसको पाकेका फलको गुदीबाट शरवत बनाउने पनि गरिन्छ।