बेल

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
बेल
वैज्ञानिक वर्गीकरण
जगत: Plantae
(श्रेणीविहीन): Angiosperms
(श्रेणीविहीन): Eudicots
(श्रेणीविहीन): Rosids
गण: Sapindales
कुल: Rutaceae
उपकुल: Aurantioideae
Tribe: Clauseneae
वंश: Aegle
Corrêa
प्रजाति: A. marmelos
द्विपद नाम
Aegle marmelos
(L.) Corr.Serr.
बेलको रुख
बेल

परिचयः[सम्पादन गर्ने]

बैज्ञानिक नाम: Aegle marmelos (Linn. ) Correa वनस्पति परिवार: Rutaceae

यस् लाई सस्कृतमा श्री फल भनिन्छ | यो ६–१० मि. सम्म अग्लो हुने अर्ध– पतझर रुख हो। यसका पातहरूमा एउटै पत्र डाँठमा तीनवटा पातहरू छुट्टिएका हुन्छन् र यसा लाई बेलपत्र भनिन्छ। तीनवटा पातमध्ये बीचको पात केही ठूलो हुन्छ। पातका साइज ५– १० से. मी. लामा र २.५– ६.३ से. मी. सम्म चौडाई भएका र अण्डाकार र टुप्पो चुच्चो परेको हुन्छ। यसका आँख्ला नजीकै सोझा काँडाहरू हुन्छन्। फूलहरू हरिया–सेता रंगका र बास्नादार हुन्छन्। फूलहरूको व्यास करीब ३ से. मी. सम्म हुन्छन्। फल गोलाकार करिब १५ से.मी सम्म व्यास भएका र बाहिरी आवरण एकदम कडा हुन्छ। फल भित्र ८–१५ वटा कोठाहरू हुन्छन् जसमा वीउ र सुन्तला रंगको गुदी भरिएको हुन्छ।यसको प्रयोग हुने भाग फल, जरा र पातहरू नै हुन्।

यो विरुवा भारतको मौलिक विरुवा मानिन्छ, ता पनि म्यानमार, इन्डोचीन, मलेसियामा पाइन्छ। नेपालमा यो पूर्व देखि पश्चिम सम्म करिब ११०० मी. सम्मको उचाई भएका ठाउँहरूमा पाइन्छ। हाल यसको उन्नत जातको विरुवाहरूको खेती गर्ने प्रचलन पनि छ।यसको फलको माग प्रशस्त भएको कारणले हाल यसको खेती प्रति रुचि बढेको छ।यसको जरा आयूर्वेदिक औषधिय पद्धतिमा तयार गरिने “दशमूल”मा प्रयोग गरिन्छ। नपाकेको फल झाडा पखाला र आउँमा उपयोगी मानिन्छ भने पाकेको फल कब्जियतमा प्रयोग गरिन्छ। यसको पात, फल र जरा मधुमेह रोगमा उपयोगी हुने कुरा हालका केही प्रयोगहरूले सिद्ध गरिदिएका छन्। यसको पाकेका फलको गुदीबाट शरवत बनाउने पनि गरिन्छ।

बेलको महत्व हिन्दु धर्म अंर्तगत ऋग्वेद, शिवपुराण, अग्निपुराणमा पनि उल्लेख भएको छ । शिव, शक्ति, गणेश आदिमा बेलपत्र चढाइन्छ । शिवरात्रीको अवसरमा समेत प्रत्यक शिवालयमा प्रसस्त बेलपत्र चढाइन्छ ।

औषधोपचार[सम्पादन गर्ने]

  • पेट दुख्ने रोगमा
बालबेल भनेको काँचो चाना पारेर सुकाएर राखेको बेल हो, जसलाई कुटेर बिहान–बेलुका एक–एक चम्चा काँडा पकाएर खाने गरे पेट सम्बन्धी सम्पूर्ण रोगहरु ठीक हुन्छ ।
  • आँउ रगत परेमा
जतिसुकै कडा र पुरानो आउँ रगत परेको छ भने पनि बालबेलको काँढा बिहान–बेलुका सेवन गरेमा तीन–चार दिनमै ठीक भएर आउँछ ।
  • पित्तको रोगमा
अमिलो पानी आउने, चिया खानै नहुने रोगीले पनि नियमित बालबेलको चिया खाने गरेमा पित्तको रोग ठिक हुन्छ र यसले धित पनि मार्छ ।
  • झाडा पखाला लागेमा
बेलको एक मुठी पात पानीमा पिनेर मिस्री हालेर खाएमा जस्तो सुकै दिसा–झाडा लागेको पनि तीन–चार मात्रामै ठीक हुन्छ ।
  • अजीर्ण भएमा
बेलपत्रको रस नित्य एक–एक चम्चा बिहान–बेलुका पिउने गरेमा अजीर्ण, पुरानो आउँ रगत आदि रोग ठीक हुन्छ ।
  • दमको रोगमा
बेलपत्रको धूलो एक चम्चामा एक चम्चा मह मिसाएर बिहान÷बेलुका खाने गरेमा दमको रोग समन हुँदै जान्छ ।
  • दाँतको गिजाको रोगमा
गिजा दुख्ने, पाक्ने भएमा बेलपत्रको धूलोमा तोरीको तेल तीन÷चार थोपा, नुन एक चिम्टी र एक चिम्टी बेसार हालेर औंलाले बिस्तारै गिजामा मालिस गर्ने र तातो पानीले केही दिन कुल्ला

गर्ने गरेमा दश/पन्ध्र दिनमै ठीक हुन्छ ।

  • बान्ता रोक्न
आधा चम्चा बेलको फूल पानीसँग खाने गरेमा एक÷दुई मात्राले नै वमन रोक्न मद्दत हुन्छ ।
  • रुघा, खोकी लागेमा
बेलपत्रको धूलो एक चम्चामा एक चम्चा मह मिसाएर खाएमा रुघा, खोकी र ज्वरो पनि ठीक हुन्छ ।

ग्यालरी[सम्पादन गर्ने]

अमेरिकाको फ्लोरिडामा बेल[सम्पादन गर्ने]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]