नरिवल

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
नरिवल
नरिवलको रुख तथा फल
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
(unranked): Angiosperms
(unranked): Monocots
(unranked): Commelinids
गण: Arecales
कुल: Arecaceae
उपकुल: Arecoideae
Tribe: Cocoeae
वंश: Cocos
प्रजाति: C. nucifera
द्विपद नाम
Cocos nucifera

नरिवल Arecaceae (palm) परिवार अन्तर्गत पर्ने एक प्रकारको फल हो। यसको रुख ३० मि.सम्म अग्लो हुन्छ र ४ देखि ६ मि. सम्म लामा र ६० देखि ९० से.मि. चौडाई भएका पात हुन्छन; यसको पुराना पातहरू झर्दै जान्छन् र काण्ड खाली र चिप्लो हुन्छ। तिनै पातहरूको बिचमा यसको बिउ वा फल झुप्पा भएर फलेको हुन्छ।

संस्कृत भाषामा लाड्ली, दृढफल आदि नामले पनि चिनिने नरिवललाई अङ्ग्रेजी भाषामा (coconut) भनिन्छ। खजुली वंशको वनस्पतिमा पर्ने नरिवलको वैज्ञानिक नाम Cocos nucifera हो।

नरिवलको खेती समुद्रतटीय इलाकामा प्रशस्त हुने गर्दछ। खास गरी भारत, श्रीलङ्का, इण्डोनेसिया, फिलिपिन्स, इष्ट तथा वेस्ट इण्डिज र मध्यअमेरिकी देशमा पाइने नरिवल हाम्रो देश समुद्रको तटबाट टाढा रहे पनि पूर्वी नेपालका भित्री मधेस र तराईमा फल खेती मौलाएको पाइन्छ। नरिवल सात देखि आठ वर्षपछि फल दिन थाल्छ। नरिवललाई विशेष राम्रो मलजल दिन सकेमा ५० वर्षसम्म लगातार फल दिइरहन सक्छ। नरिवलको रूखको उचाइ ५० देखि १०० फिटसम्मको अग्लो हुने गर्दछ। एउटै बोटले वर्षमा ६० देखि एक सय वटासम्म फल दिन्छ।

नरिवल कतिपय देशको अर्थ व्यवस्थाको मेरुदण्डसमेत बनेर रहेको छ। कतिपय श्रीलङ्का, फिलिपिन्स, इन्डोनेसियालीहरूको जीविकाको श्रोत नै नरिवल खेती मानिन्छ। भनिन्छ, भारतीय नरिवलभन्दा फिलिपिन्स, इण्डोनेसिया, श्रीलङ्काको नरिवलमा दोब्बर गुदी हुन्छ साथै स्वादमा पनि निकै उच्च मानिन्छ।

यसलाई धार्मिक दृष्टिकोणले मात्र नभई वैज्ञानिक दृष्टिकोणले समेत महìवपूर्ण फलको रूपमा लिइएको पाइन्छ। स्वास्थ्य विशेषज्ञहरू भन्दछन्- नरिवलमा भिटामिन 'ए', कम भए पनि प्रोटिन, एमिनोएसिड र भिटामिन 'बी'को मात्रा प्रशस्त पाइन्छ। एक ग्राम नरिवलमा १९५ क्यालोरी शक्ति पाइने हुनाले कमजोर एवं महिलाहरूलाई नरिवलको सेवनले निकै फाइदा गर्छ।

आयुर्वेदले नरिवललाई शरीर र बलबर्द्धक, पित्तनाशक बताएको छ। नरिवलको पानीको गुणको बेग्लै बखान छ। सोडियम, पोटासियम, क्याल्सियम, म्याग्निसियम, फलाम, फस्फोरस, गन्धक र क्लोरिन प्रशस्त पाइने भएकाले काँचो नरिवलको पानीलाई 'मिनरल वाटर' पनि भन्ने गरिन्छ। थुप्रै गुणले सम्पन्न हुनुका साथै स्वास्थ्यबर्द्धक पनि भएकोले नरिवललाई स्वास्थ्य विज्ञानले एक उत्तम भिटामिनको रूपमा स्वीकारेको हो। बहुउपयोगीको रूपमा नरिवलको रूखलाई लिने गरिन्छ। रूखको काठले अनेकौँ घरेलु उपयोगी सामान बनाउने र इन्धनको रूपमा समेत प्रयोग गर्ने गरिन्छ। रूखका पातले पङ्खा, थैला र गुन्द्री बुन्ने गरिन्छ। यसको रेसा अर्थात् जटाले कार्पेट, डोरी र ब्रस आदि बनाइन्छ।

Kokosnuss-Coconut.jpg

पाकेको नरिवलमा भन्दा काँचो नरिवलमा धेरै सुपाच्य इन्जाइमहरू पाइने हुनाले यसलाई अरू फलहरूभन्दा केही उत्तम भएको दावी गरिन्छ। उल्टी, पेटको अल्सर, ग्यास्टि्रक आदि रोगका लागि यसको पानी लाभकारी मानिन्छ भने कब्जियत, झाडाबान्ता, पिसाब रोग, अनिद्रा आदिमा औषधिको रूपमा दिइन्छ। यस्तै, आमाको दूध बराबर हुनाले साना नानीहरूका निम्ति बढी लाभकारीसमेत मानिन्छ। नरिवलको फल कुरा एवं पित्तनाशक मानिन्छ। नरिवलको फूल मधुमेहका रोगीलाई लाभदायक हुन्छ भने वीर्यबर्द्धक एवं छालाका अनेक रोग हटाइदिनुका साथै सौन्दर्यवृद्धिमा समेत उत्तिकै उपयोगी मानिन्छ। काँचो नरिवलको पानीले हरेक दिन अनुहारमा मालिस गर्नाले मुहारको फुस्रोपन हराउँदै जान्छ र अनुहार आकर्षक देखिन्छ। नरिवलको तेल कपालमा सधैँ लगाएमा कपाल छिट्टै फुल्दैन।

नरिवलको फल तथा तेलको सेवनबाट प्रशस्त पौष्टिक तìवहरू सजिलै पाउन सक्तछन्। त्यसमा पनि पिसाबका रोगी तथा मुटुका रोगीहरूका लागि त यो ज्यादै गुणकारी सावित भएको छ।

विभिन्न पूजाआजा तथा शुभकार्यमा जटासहितको नरिवल अर्पण गर्दा कामना पूरा हुन्छ भन्ने जनविश्वासले नरिवलको महिमा अझ गहन बनाएको छ। प्राकृतिक सौन्दर्यमा हरियाली छर्दै उज्यालो पार्ने यस्तो वनस्पतिलाई लच्छिनको प्रतीक मानिन्छ।