नरिवल

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
नरिवल
नरिवलको रुख तथा फल
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
(श्रेणीविहीन): Angiosperms
(श्रेणीविहीन): Monocots
(श्रेणीविहीन): Commelinids
गण: Arecales
कुल: Arecaceae
उपकुल: Arecoideae
Tribe: Cocoeae
वंश: Cocos
प्रजाति: C. nucifera
द्विपद नाम
Cocos nucifera

नरिवल Arecaceae (palm) परिवार अन्तर्गत पर्ने एक प्रकारको फल हो। यसको रुख ३० मि.सम्म अग्लो हुन्छ र ४ देखि ६ मि. सम्म लामा र ६० देखि ९० से.मि. चौडाई भएका पात हुन्छन; यसको पुराना पातहरू झर्दै जान्छन् र काण्ड खाली र चिप्लो हुन्छ। तिनै पातहरूको बिचमा यसको बिउ वा फल झुप्पा भएर फलेको हुन्छ।

संस्कृत भाषामा लाड्ली, दृढफल आदि नामले पनि चिनिने नरिवललाई अङ्ग्रेजी भाषामा (coconut) भनिन्छ। खजुली वंशको वनस्पतिमा पर्ने नरिवलको वैज्ञानिक नाम Cocos nucifera हो।

नरिवलको खेती समुद्रतटीय इलाकामा प्रशस्त हुने गर्दछ। खास गरी भारत, श्रीलङ्का, इण्डोनेसिया, फिलिपिन्स, इष्ट तथा वेस्ट इण्डिज र मध्यअमेरिकी देशमा पाइने नरिवल हाम्रो देश समुद्रको तटबाट टाढा रहे पनि पूर्वी नेपालका भित्री मधेस र तराईमा फल खेती मौलाएको पाइन्छ। नरिवल सात देखि आठ वर्षपछि फल दिन थाल्छ। नरिवललाई विशेष राम्रो मलजल दिन सकेमा ५० वर्षसम्म लगातार फल दिइरहन सक्छ। नरिवलको रूखको उचाइ ५० देखि १०० फिटसम्मको अग्लो हुने गर्दछ। एउटै बोटले वर्षमा ६० देखि एक सय वटासम्म फल दिन्छ।

नरिवल कतिपय देशको अर्थ व्यवस्थाको मेरुदण्डसमेत बनेर रहेको छ। कतिपय श्रीलङ्का, फिलिपिन्स, इन्डोनेसियालीहरूको जीविकाको श्रोत नै नरिवल खेती मानिन्छ। भनिन्छ, भारतीय नरिवलभन्दा फिलिपिन्स, इण्डोनेसिया, श्रीलङ्काको नरिवलमा दोब्बर गुदी हुन्छ साथै स्वादमा पनि निकै उच्च मानिन्छ।

यसलाई धार्मिक दृष्टिकोणले मात्र नभई वैज्ञानिक दृष्टिकोणले समेत महìवपूर्ण फलको रूपमा लिइएको पाइन्छ। स्वास्थ्य विशेषज्ञहरू भन्दछन्- नरिवलमा भिटामिन 'ए', कम भए पनि प्रोटिन, एमिनोएसिड र भिटामिन 'बी'को मात्रा प्रशस्त पाइन्छ। एक ग्राम नरिवलमा १९५ क्यालोरी शक्ति पाइने हुनाले कमजोर एवं महिलाहरूलाई नरिवलको सेवनले निकै फाइदा गर्छ।

आयुर्वेदले नरिवललाई शरीर र बलबर्द्धक, पित्तनाशक बताएको छ। नरिवलको पानीको गुणको बेग्लै बखान छ। सोडियम, पोटासियम, क्याल्सियम, म्याग्निसियम, फलाम, फस्फोरस, गन्धक र क्लोरिन प्रशस्त पाइने भएकाले काँचो नरिवलको पानीलाई 'मिनरल वाटर' पनि भन्ने गरिन्छ। थुप्रै गुणले सम्पन्न हुनुका साथै स्वास्थ्यबर्द्धक पनि भएकोले नरिवललाई स्वास्थ्य विज्ञानले एक उत्तम भिटामिनको रूपमा स्वीकारेको हो। बहुउपयोगीको रूपमा नरिवलको रूखलाई लिने गरिन्छ। रूखको काठले अनेकौँ घरेलु उपयोगी सामान बनाउने र इन्धनको रूपमा समेत प्रयोग गर्ने गरिन्छ। रूखका पातले पङ्खा, थैला र गुन्द्री बुन्ने गरिन्छ। यसको रेसा अर्थात् जटाले कार्पेट, डोरी र ब्रस आदि बनाइन्छ।

Kokosnuss-Coconut.jpg

पाकेको नरिवलमा भन्दा काँचो नरिवलमा धेरै सुपाच्य इन्जाइमहरू पाइने हुनाले यसलाई अरू फलहरूभन्दा केही उत्तम भएको दावी गरिन्छ। उल्टी, पेटको अल्सर, ग्यास्टि्रक आदि रोगका लागि यसको पानी लाभकारी मानिन्छ भने कब्जियत, झाडाबान्ता, पिसाब रोग, अनिद्रा आदिमा औषधिको रूपमा दिइन्छ। यस्तै, आमाको दूध बराबर हुनाले साना नानीहरूका निम्ति बढी लाभकारीसमेत मानिन्छ। नरिवलको फल कुरा एवं पित्तनाशक मानिन्छ। नरिवलको फूल मधुमेहका रोगीलाई लाभदायक हुन्छ भने वीर्यबर्द्धक एवं छालाका अनेक रोग हटाइदिनुका साथै सौन्दर्यवृद्धिमा समेत उत्तिकै उपयोगी मानिन्छ। काँचो नरिवलको पानीले हरेक दिन अनुहारमा मालिस गर्नाले मुहारको फुस्रोपन हराउँदै जान्छ र अनुहार आकर्षक देखिन्छ। नरिवलको तेल कपालमा सधैँ लगाएमा कपाल छिट्टै फुल्दैन।

नरिवलको फल तथा तेलको सेवनबाट प्रशस्त पौष्टिक तìवहरू सजिलै पाउन सक्तछन्। त्यसमा पनि पिसाबका रोगी तथा मुटुका रोगीहरूका लागि त यो ज्यादै गुणकारी सावित भएको छ।

नरिवल धार्मिक र आर्थिक दृष्टिले अति महत्वपूर्ण मानिएको छ । नरिवलले मानिसलाई पौष्टीक आहार प्रदान गर्दछ । नरिवल धार्मिक पूजा, विवाह, व्रतबन्ध शुभकार्य, यज्ञ, शुभ साईत आदिमा आवश्यक मानिन्छ । यसलाई धार्मिक पूजामा पवित्र फलको रुपमा चढाइन्छ । शुभ–विवाहमा मांगलिक फलको रुपमा प्रयोग गरिन्छ । विभिन्न देवपूजामा फल चढाउने बाहेक व्रतबन्ध हुँदा जोगीको रुप लिएर भिक्षाटन गर्दा नरिवल दिने चलन पनि छ । बलि पूजामा बोका आदिको बदलामा नरिवल चढाउने पनि चलन छ ।यज्ञ गर्दा नरिवल मेधा हवन गरिन्छ । शुभ साईत, शुभ घडामा नरिवल फल राखेर कार्यसिद्धिको कामना गरिन्छ । विभिन्न पूजाआजा तथा शुभकार्यमा जटासहितको नरिवल अर्पण गर्दा कामना पूरा हुन्छ भन्ने जनविश्वासले नरिवलको महिमा अझ गहन बनाएको छ। प्राकृतिक सौन्दर्यमा हरियाली छर्दै उज्यालो पार्ने यस्तो वनस्पतिलाई लच्छिनको प्रतीक मानिन्छ।

औषधोपचार[सम्पादन गर्ने]

  • गर्मी गडेकोमा
नरिवलको जल नियमित केही दिन १\१ ग्लास खानाले गर्मी गडेको रोग निको हुन्छ ।
  • पिसाब खुलाउने
गर्मीले गर्दा अलि–अलि पिसाब हुने, राम्ररी खुलस्त भएर नआउने रोगमा बिहान\बेलुका नरिवलको पानी खाने गरे पिसाब खुलेर आउनेछ ।
  • रगत सफा गर्ने
ताजा नरिवल पानी सेवन गर्ने गरेमा रगत बढाउँछ र स्वच्छ हुन्छ पार्दछ ।
  • घाउ खटिरामा
घोच्ने, पोल्ने घाउमा नरिवलको तेल र बेसार फिटेर लगाए ठीक हुन्छ ।
  • गर्मीले टाउको दुखेमा
नरिवलको तेलले टाउकोमा मालिस गर्ने गरेमा गर्मीले दुख्ने टाउको ठीक हुन्छ ।
  • अल्काईको रोगमा
नरिवलको बाहिरको जटा पोलेर खरानी बनाउने तथा १\१ ग्लास दहीमा फिटेर बिहान/बेलुका खाने गरेमा केही दिनमा नै अल्काई रोग ठीक हुन्छ अथवा तुलसीको पात १०/१२ वटा खाएर पानीले निल्ने र तुलसीको पातको लेदो नरिवलको तेलमा फिटेर गुद्धद्वारको घाऊमा लगाउने गरेमा ठिक हुन्छ ।
  • कपाल राम्रो पार्न
नरिवलको तेल टाउकोमा हाल्ने गरेमा कपाल कालो, लामो, बलियो, बाक्लो हुनलाई पूर्ण मद्दत गर्दछ ।
  • जुका परेमा
नरिवलको पात पोलेर खरानी बनाएर छानेर बिहान/बेलुका १\१ चम्चा खाँदा साधारण जुका र नाम्लेजुका आदि रोग निर्मुल भएर जान्छ ।
  • कलेजोको रोगमा
नरिवलको जराको पानी १\१ चम्चा खाने गरेमा १\२ हप्तामै कलेजो सम्बन्धी रोगमा फाइदा हुन्छ ।
  • श्वासनलीको रोगमा
नरिवलको जराको पानी १\१ चम्चा खाने गरेमा दम खोकी सम्बन्धी रोेग ठीक हुन्छ तथा श्वासनली आदि बलियो बनाई रोग निको पार्छ ।
  • शीतपित्त भएमा
नरिवलको तेलमा कपुर मिसाएर मालिस गर्नाले शीतपित्त ठीक हुन्छ अथवा नीमको तेलमा कपुर हालेर मालिस गर्नाले चिसोबाट हुने पित्त, खटिराहरु ठीक हुन्छ ।
  • कान दुख्ने, पिप आउने , खटिरा आदि भएमाः
ठूलो चम्चाको ४ चम्चा शुद्ध तोरी वा नरिवलको तेलमा ६ गेडा लसुन, सानो चम्चा आधा चम्चा हिङ र सानो चम्चा १ चम्चा सिदेनूनको धूलो तेलमा कालो पार्ने

र छानेर सिसीमा राख्ने र आवश्यकता अनुसार कान सफा गरी बिहान\बेलुका ४\४ थोपा हाल्नाले कानको रोग निको हुन्छ ।

  • दाद भएमा
सेतो करवीरको जरा २ चम्चा लेदोमा २ डाडु नरिवलको तेलमा डढाएर झिक्नुहोस् र कपडाले छानेर दादहरुमा लगाउनुहोस् बिस्तारै ठीक हुँदै जान्छ ।

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]