फिट्कीरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फिटकिरी

फिटकिरी एक औषधिय गुण भएको रसायनिक पदार्थ हो ।

औषधोपचार[सम्पादन गर्नुहोस्]

  • आँखाको रोगमा
सानो शिशी गुलाफ जलमा २ चिम्टी फिटकिरी, आँखा पोलेमा २\२ थोपा बिहान\बेलुका हाल्नाले ठीक हुन्छ ।
  • ज्वरो आएमा
दिनदिनै वा ३\४ दिन बिराएर आउने ज्वरोमा ताउमा फुराएको धूलो फिटकिरी २ चिम्टीमा २ चिम्टी चिनी मिसाएर ज्वरो आउनु चार घण्टा अगाडि पानीसँग खानुहोस र दोस्रो मात्रा दुइ घण्टा पछाडी फेरि खानुहोस् यसरी ज्वरो आउन सक्दैन र आएमा पनि मन्द मात्र आउँछ । यसरी ३\४ दिन नियमित प्रयोग गर्नाले ठीक हुन्छ ।
  • मलेरिया ज्वरोमा
फुराएको फिकिरीको धूलो २ चिम्टी, नौशादर दुइ चिम्टी, गेरु दुइ चिम्टीको मात्रा मिलाएर दिनको चार पटक पानीसँग खाएमा मलेरिया ज्वरो निको हुँदै जान्छ ।
  • दम खोकीमा
दूधे बालकलाई खोकी लागेमा फुराएको फिटकिरी १ चिम्टी हालेर पानीमा फिटेर आमाको थुनमा लगाउनाले खोकी कम हुन्छ । जब बच्चाले दूध खान्छ सँगसँगै फिट्किरीको पानीले पनि काम गर्छ ।
  • पेट बटारिएर दुख्ने रोगमा
फुराएको फिटकिरीको चूर्ण १ चिम्टी २ वटा दाख भित्र हालेर बिहान/बेलुका पानीसँग खाने गरेमा केही दिनमै दुखेको पेट ठीक हुन्छ ।
  • दन्त शूलमा
सिमालीको जरा फिटकिरी पानीमा पिनेर दाँत माझ्नाले दाँत सम्बन्धी रोगहरु निको हुन्छन् ।
  • डण्डिफोर र छालाको चायामा
फिटकिरी पानीमा सुपारी घोटेर बेलुका सुत्नु अगाडि लगाउने गरेमा डण्डिफोर र छालाको चाया ठीक हुन्छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]