रायो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

रायो
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
B. juncea
वैज्ञानिक नाम
Brassica juncea
(L.) Czern.
अमेरिकामा टिपिएको ताजा रायोको साग

रायो तोरी परिवारमा पर्ने तोरी जस्तै तर तोरीको भन्दा ठूलो पात भएको मूख्य रूपमा तरकारीको रूपमा प्रयोग गरिने तेलहन बाली हो। यसको खेती मूख्य रूपमा साउन-भदौ देखि सुरु गरिन्छ र यो पौष-माघ सम्म रहन्छ। यसलाई हरियो छँदे टिपेर गुन्द्रुक पनि हाल्ने गरिन्छ गुन्द्रुक भनेको एक सागबाट सुकार भविष्यको लागि तरकारीको रूपमा प्रयोग गर्न बनाईएको तरकारी हो यसमा हाम्रो शरीर लाई चाहिने अति महत्त्वपूर्ण तत्व फलाम पाईन्छ । खेतीको लागि सिँचाइ र पहारको आवश्यकता पर्दछ।

औषधोपचार[सम्पादन गर्नुहोस्]

  • मुखमा पोतो वा दाग आएमा
जीरा, बोके जीरा, कालो तिल, सरस्यूँ र रायो सबैको चूर्ण बराबर मिसाएर दूधमा फिटेर बेलुका सुत्ने बेलामा नित्य पोतो वा दागमा लगाउनाले ठीक हुँदै जान्छ ।
  • पुरानो बाथमा
एक डाडु रायोको तेलमा एक चम्चा कपुर तताएर मालिस गर्दा पुरानो गठिया बाथ आदि ठीक हुन्छ ।
  • वाथ भएमा
बकाइनोको गेडा रायो सस्र्युमा पिनेर लेप गर्नाले वाथ भएको बिस्तारै ठिक हुँदै जान्छ ।
  • पेट दुखेमा
भुटेको आधा चम्चा रायोको धूलो सखर हालेर एक चम्चा बनाएर, एक ग्लास मनतातो पानीसँग खाएमा पेट दुखेको ठीक हुन्छ ।
  • कफ जमेमा
भुटेको रायोको आधा चम्चामा एक चिम्टी सिदेनून र आधा चम्चा चिनी मिसाएर बिहान/बेलुका तातो पानी सँग सेवन गर्नाले कफ जमेको ठीक हुन्छ ।
  • दाँत बलियो बनाउन
रायोको तेलमा नून बेसार मिलाएर नित्य सुत्ने बेलामा औंलाले दाँत राम्ररी माझेर मनतातो पानीमा कुल्ला गर्ने गरेमा १/२ हप्तामा नै गिजा तथा दाँत जरैदेखि बलियो हुन्छ ।
  • सेतो दुवी आएमा
रायो धूलो गाईको घ्यूमा फिटेर मलम बनाउने र त्यस ठाँउमा बिहान/बेलुका लगाउने गरेमा बिस्तारै सेतो दुवी ठीक हुन्छ ।
  • वमन हुन लागेमा
रायोको गेडा खलमा पिनेर नाइटो वरिपरि लेप गरेमा वमन हुने क्रम केही समयमा नै ठिक हुन्छ ।
  • छारे (मिर्गी) रोग भएमा
रायोको चूर्णको धूप मिर्गी रोगीलाई बिहान/बेलुका नियमित सुँघाउने गरेमा छारे (मिर्गी) रोग ठीक हुँदै जान्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]