तीते करेला
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (सेप्टेम्बर २०११) |
| तीते करेला | |
|---|---|
| वैज्ञानिक वर्गीकरण | |
| जगत: | Plantae |
| (unranked): | Eudicots |
| (unranked): | Rosids |
| गण: | Cucurbitales |
| कुल: | Cucurbitaceae |
| वंश: | Momordica |
| प्रजाति: | M. charantia |
| द्विपद नाम | |
| Momordica charantia Descourt. |
|
तीते करेला वैज्ञानिक वर्गीकरण अनुसार फूलफुल्ने वनस्पतिको समूहमा कुकुरबिटासी (Cucurbitaceae) परिवारमा पर्ने एक वनस्पति हो। वैज्ञानिक नाम Momordica charantiaबाट चिनिने तीते करेलालाई संस्कृतमा कंटफल, उग्रकाँड र हिन्दीमा करेला नै भनिन्छ। अङ्ग्रेजीमा भने यसलाई बिटर मेलन(Bitter melon) वा बिटर गाड(Bitter gourd) पनि भन्ने गरिन्छ। हेर्नमा हरियो र सेतो ,स्वादमा तीतो, करेला खनिज पदार्थयुक्त तथा औषधीय गुणले भरपूर सब्जी हो। सब्जीको रूपमा प्रयोगगरिने करेला लहरामा फल्ने फल हो। करेलामा रहेको Momordicin नामक रासायनिक पदार्थले गर्दा यसको स्वाद तीतो हुन्छ। [१]
आयुर्वेदिक चिकित्सामा तीते करेलालाई विभिन्न औषधिमा उपयोग गरिन्छ। विशेषगरी- उच्च रक्तचाप, मधुमेह रोग, बाथको रोग अरू विभिन्न रोग निदानका लागि समेत प्रयोग गरिन्छ भने युनानी चिकित्साको दृष्टिमा पिसाबको रोग निको पार्छ, मस्तिष्कलाई तन्दुरूस्त राख्दछ, आउँ र कफलाई राम्रोसँग निको पार्छ। पत्थरीको रोग, पक्षघात तथा बाथ रोगमा यसको उपयोगले राम्रो सघाउ पुर्याउँछ। रगतका लागि फलाम तथा हाड, दाँत, मस्तिष्क र अन्य शारीरिक अवयवका लागि फस्फोरसको अति आवश्यक हुन्छ। त्यसको आपूर्ति करेलाबाट लिन सकिन्छ।
- करेलामा फस्फोरस , क्याल्सियम , प्रोटिन कार्बोहाड्रेट , रेशा र अन्य खनिज पदार्थ पाइन्छ।
- १०० ग्राम तीते करेलामा भिटामिन 'ए' २१० मिलिग्राम, भिटामिन 'बी' ०.०७ मिलिग्राम रहेको हुन्छ।
यसका अन्य गुणमा
- दैनिक खाने गरेमा कब्जियत ,अरूचि हटाउने एवं पाचन र मल निष्कासनलाई नियमित गर्दछ।
- दाद खजुली निस्किएको ठाउँमा करेलाको रस लगाई दिएमा धेरै राम्रो हुन्छ।
- यस रोगीले हरियो पातलाई टिपेर सलाद जस्तै बनाइ सेवन गरेमा मधुमेह नियन्त्रणमा सहयोग पुग्दछ।
-
- कम रक्तअल्पता हुने र कमजोरी व्यक्तिले तीते करेला नियमित सेवन गर्दा रिङ्गटा लाग्ने अथवा कमजोर महसुस हुने गरेको देखिन्छ
सन्दर्भ सामाग्रीहरू [सम्पादन गर्ने]
यो पनि हेर्नुहोस [सम्पादन गर्ने]
|
||||||||||||||||