आँप
| आँप | |
|---|---|
| आँप | |
| वैज्ञानिक वर्गीकरण | |
| जगत: | वनस्पति जगत |
| (unranked): | Angiosperms |
| (unranked): | Eudicots |
| (unranked): | Rosids |
| गण: | Sapindales |
| कुल: | Anacardiaceae |
| उपकुल: | Anacardioideae |
| वंश: | Mangifera L. |
| पर्याय | |
|
Phanrangia Tardieu[१] |
|
आँप म्याङ्गिफेरा वर्गमा पर्ने तथा उष्ण हावापानी भएको स्थानमा हुर्कने एक प्रकारको गुलियो तथा अमिलो फल हो। यसको रूख अत्यन्त उपयोगी, दीर्घजीवी, सघन तथा विशाल हुन्छ। फलको राजा भनेर चिनिने आँप नेपालमा पूर्वदेखि पश्चिम तथा दक्षिणको तराई देखि पहाड (3,000 फुटको ऊँचाई सम्म) हुन्छ। अनुकूल जलवायु पाउँदा यसको रूख करिब ५०-६० फुटसम्म अग्लो हुन्छ। वैज्ञानिक वर्गीकरण वनस्पति जगतको ऐनाकार्डियेसी वर्गमा पर्ने आँपका केही रूखहरू धेरै नै अग्ला हुन्छन्।
आँपको रूख एक फूलफुल्ने जातको, ठूलो स्थलीय वनस्पति हो। यसको फलमा दुई दलीय बिऊ हुन्छ। यसको फूल स-साना एवं समूहमा हुन्छन्। आँपको पात सरल, लामो तथा टुप्पोमा चुच्चो परेको हुन्छ। यसको जरा लामो र बलियो हुन्छ। यसको फल एक बीज भएको सरस र गुदीयुक्त हुन्छ। आँपको फल विश्वप्रसिद्ध, स्वादिष्ट र अत्यन्तै पौष्टिक फल हो त्यसैले यसलाई फलहरूको राजा पनि मानिन्छ।
[सम्पादन गर्ने] पोषक तत्वहरू
[सम्पादन गर्ने] सन्दर्भ सूची
- ↑ "Genus: Mangifera L.", Germplasm Resources Information Network, United States Department of Agriculture, 2009-11-23