दालचिनी
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (सेप्टेम्बर २०११) |
| दालचीनी | |
|---|---|
| दालचीनीको पातहरू एवं पुष्प | |
| वैज्ञानिक वर्गीकरण | |
| जगत: | Plantae |
| भाग: | मैग्नोलियोफाइटा |
| वर्ग: | मैग्नोलियोप्सीडा |
| गण: | लौरालिस |
| कुल: | लौरालेसी |
| वंश: | सिन्नामोमम |
| प्रजाति: | C. zeylanicum |
| द्विपद नाम | |
| Cinnamomum zeylanicum J.Presl |
|
दालचिनी र तेजपातको स्वाद सुवासिलो र मीठो हुन्छ र यसलाई अधिकतम मसलाको रूपमा प्रयोग गरिन्छ।
नेपालको महाभारत पर्वतीय श्रृंखलामा समुद्री सतहबाट १०० मि. देखि २,५०० मी. उच्च क्षेत्रमा तेजपातको जंगल विद्यमान छ। यो एक सदावहार ठूलो झ्याम्म परेको रुख हो।रुखको पातलाई तेजपात र रुखको बोक्रा लाई दालचिनी भनिन्छ|तेजपातको लम्बाई १० देखि १४ से. मि. सम्म हुन्छ। पातको आकार अण्डाकृत वा भालाकृत र रौं नभएको हुन्छ। पातको माथिल्लो सतह चिल्लो, चम्केको र तल्लो सतह फुस्रो हुन्छ। फूलहरू सेता र एकै झुप्पामा फुलेका हुन्छन्। यस रुखको बोक्रा दालचिनीको रूपमा बेचिन्छ। यो १.२ से.मी. बाक्लो र फिक्का कैलो रंगको हुन्छ। भित्री भाग बाहिरी भन्दा अलि गाढा रंगको हुन्छ। वर्षमा एक पटक ( असोजदेखि चैत्रसम्म ) रुखको हाँगाहरू भाँचेर झिकिन्छ। हरेक हाँगाबाट तेजपात संकलन गरिन्छ। बाँकी हाँगाहरूलाई १ मि.को टुक्रामा काटिन्छ। बोक्र्रा निकालिने हाँगाहरूलाई एउटा कडा काठले दली रगडिन्छ र परालमा लपेटी २४ घण्टासम्म राखिन्छ। बोक्रा बाफिएर खुकुलिन्छ र झिक्न सजिलो हुन्छ। बोक्रा सुकेपछि कोप्रिदै जान्छ। एक कोप्रो बोक्रा अर्को कोप्रो बोक्रा भित्र राखिन्छ। राम्ररी सुकेपछि सल्फर डाई अक्साईड द्धारा रंग केही फिक्का बनाई बजारमा बिक्रिको लागि तयार गरिन्छ। बीचको हाँगाबाट निकालिएको बोक्रा सबभन्दा असल, टुप्पोको कमसल र फेदको सबभन्दा कमसलको हुन्छ। प्रत्येक ३ वा ४ वर्षको विरुवाबाट २० देखि २५ के. जी. सम्म बोक्रा उत्पादन हुन सक्दछ। यो उत्पादन क्षमता १० वर्षसम्म बढ्दै जान्छ र प्रत्येक विरुवाबाट करीब ६० देखि ८० के.जी. बोक्रा उत्पादन हुन सक्दछ।
दालचिनी सुगन्धित पार्न र उत्तेजक र वायुशमन गर्न उपयोग गरिन्छ। यसले बमन र वाक वाक रोक्दछ। बोक्रामा ०.५ –१ प्रतिशत सम्म तेल हुन्छ। यो तेल दाँतको औषधिको रूपमा प्रयोग हुन्छ।
दालचीनी (Cinnamomum verum, पर्यायवाचीC. zeylanicum) एक सानो सदाबहार रुख हो, जुन कि 10–15 मी (32.8–49.2 फीट) अग्लो हुन्छ, यो Lauraceae परिवारको छ। यो श्रीलंका एवं दक्षिण भारततिर धेरै मात्रामा भेटिन्छ। यसको बोक्रा मसालाको रूपमा प्रयोग हुन्छ। यसमा एक अलग नै बासना हुन्छ, जुन कि यसलाई गरम मसलाको श्रेणीमा राखिन्छ।
विषयसूची |
खेती [सम्पादन गर्ने]
दालचीनी एवं क्यासिया [सम्पादन गर्ने]
प्रयोग [सम्पादन गर्ने]
दालचीनीको छाल एक मसलाको रूपमा व्यापक रूपले प्रयोग गरिन्छ। यो मुख्यतः एक मसला र स्वादिष्ट बनाउन मसला सामाग्रीको रूपमा भान्सामा प्रयोग हुन्छ।
सन्दर्भ [सम्पादन गर्ने]
| Wikibooks Cookbook has a recipe/module on |
| विकिमीडिया कमन्समा अरु धेरै सामाग्रीहरू छन्: Cinnamomum verum |
This article incorporates text from the Encyclopædia Britannica, Eleventh Edition, a publication now in the public domain.
सामान्य [सम्पादन गर्ने]
- Braudel, Fernand (1984). The Perspective of the World, Vol III of Civilization and Capitalism.
- Corn, Charles (1998). The Scents of Eden: A Narrative of the Spice Trade. New York: Kodansha International.
- "Cinnamon Extracts Boost Insulin Sensitivity" (2000). Agricultural Research magazine, July 2000.
- Alan W. Archer (1988), "Determination of cinnamaldehyde, coumarin and cinnamyl alcohol in cinnamon and cassia by high-performance liquid chromatography", Journal of Chromatography 447: 272–276, doi 10.1016/0021-9673(88)90035-0
- Medicinal Seasonings, The Healing Power Of Spices Book by Dr. Keith Scott*
बाहिरी कडि़हरू [सम्पादन गर्ने]
- 10 Health Benefits of Cinnamon
- 15 Health Benefits of Cinnamon
- Harvesting of Cinnamon
- Antifungal Properties of Cinnamon Essential oil
- BBC News - In pictures: Sri Lanka's spice of life
- American Botanical Council Web site News, studies, and uses for Cinnamon from The American Botanical Council