पुदिना
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (अगस्त २०१२) |
| पुदिना | |
|---|---|
| वैज्ञानिक वर्गीकरण | |
| जगत: | वनस्पति |
| (unranked): | Angiosperms |
| (unranked): | Eudicots |
| (unranked): | Asterids |
| गण: | Lamiales |
| कुल: | Lamiaceae |
| वंश: | Mentha |
| प्रजाति: | M. arvensis |
| द्विपद नाम | |
| Mentha arvensis L. |
|
पुदिना अचारको रूपमा उपभोग गरिने अत्यन्त धेरै औषधीय गुण भएको कुरा वैज्ञानिकहरूले प्रमाणित गरेका छन् । पुदिनामा क्यान्सरसँग लड्न अद्भूत क्षमता हुन्छ । शरीरभित्र भएको कतिपय ब्याक्टेरिया र ढुसीको वृद्धिदर रोक्दछ । त्यसैले दम एलर्जीजस्ता रोगमा पुदिना ज्यादै उपयोगी मानिन्छ । यसमा पेरिलिन, अल्कोहल नामक एउटा फाइटो न्यूटि्रन्टस हुन्छ । जसले कोलोन, छाला र फोक्सोको क्यान्सर रोक्दछ । यसले गाँठा, गुँठीको रक्तकोषिकामा प्रहार गर्दछ । ताजा हरियो र अर्गेनिक पुदिनामा भिटामिन 'ए' प्रशस्त पाइन्छ । यसको स्वाद र सुगन्धले भोजन रुचिकर हुन्छ । पुदिना कटु उष्ण, दीर्घ, दीपक तथा कफ वायु उल्टी, पेटको दर्द, वातनाशक गुण यसमा पाइन्छ । आमाशयलाई शक्ति दिन्छ । गर्भाशयलाई सक्रिय पार्ने, मासिक धर्मको अवरोध हटाउँछ । पुदिनाले उच्च र निम्न रक्तचापसमेत नियन्त्रण गर्छ । फोक्सोमा जम्मा भएको कफ बाहिर निकाल्नमा पुदिनामा अत्यन्त राम्रो गुण हुन्छ । त्यसैले पुदिना वृद्ध अवस्थाका लागि पनि नित्य सेवन योग्य औषधि मानिएको छ । यो हिमाली प्रदेशबाहेक तराई पहाड जहाँ पनि पाइन्छ । पुदिना बारीको कुना वा डिलतिर थोरै रोपिदिए पनि धेरै फैलिएर जान्छ । सहर बजारमा गमलामै लगाएर पनि प्रशस्त खान सकिन्छ । [१]