पुदिना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पुदिना
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
M. arvensis
वैज्ञानिक नाम
Mentha arvensis
L.

पतेना अचारको रूपमा उपभोग गरिने अत्यन्त धेरै औषधीय गुण भएको कुरा वैज्ञानिकहरूले प्रमाणित गरेका छन् । पतेनामा क्यान्सरसँग लड्न अद्भूत क्षमता हुन्छ । शरीरभित्र भएको कतिपय ब्याक्टेरिया र ढुसीको वृद्धिदर रोक्दछ । त्यसैले दम एलर्जीजस्ता रोगमा पतेना ज्यादै उपयोगी मानिन्छ । यसमा पेरिलिन, अल्कोहल नामक एउटा फाइटो न्यूटि्रन्टस हुन्छ । जसले कोलोन, छाला र फोक्सोको क्यान्सर रोक्दछ । यसले गाँठा, गुँठीको रक्तकोषिकामा प्रहार गर्दछ । ताजा हरियो र अर्गेनिक पुमा भिटामिन 'ए' प्रशस्त पाइन्छ । यसको स्वाद र सुगन्धले भोजन रुचिकर हुन्छ । पदेना कटु उष्ण, दीर्घ, दीपक तथा कफ वायु उल्टी, पेटको दर्द, वातनाशक गुण यसमा पाइन्छ । आमाशयलाई शक्ति दिन्छ । गर्भाशयलाई सक्रिय पार्ने, मासिक धर्मको अवरोध हटाउँछ । पतेनाले उच्च र निम्न रक्तचापसमेत नियन्त्रण गर्छ । फोक्सोमा जम्मा भएको कफ बाहिर निकाल्नमा पदेनामा अत्यन्त राम्रो गुण हुन्छ । त्यसैले पतेना वृद्ध अवस्थाका लागि पनि नित्य सेवन योग्य औषधि मानिएको छ । यो हिमाली प्रदेशबाहेक तराई पहाड जहाँ पनि पाइन्छ । पतेना बारीको कुना वा डिलतिर थोरै रोपिदिए पनि धेरै फैलिएर जान्छ । सहर बजारमा गमलामै लगाएर पनि प्रशस्त खान सकिन्छ । [१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]