कबाई

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
कबाई
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
(श्रेणीविहीन): Angiosperms
(श्रेणीविहीन): Eudicots
(श्रेणीविहीन): Asterids
गण: Solanales
कुल: Solanaceae
वंश: Solanum
प्रजाति: S. nigrum
द्विपद नाम
Solanum nigrum
L.
Subspecies

S. nigrum subsp. nigrum
S. nigrum subsp. schultesii

कबाईको फल

कवाई नेपालको वनजङ्गल रहेका ठाउँमा पाइने एक प्रकारको वनस्पति हो। यसलाई भुटका, रसायनवरा वा मकोय भनेर पनि चिनिन्छ । [१]

कबाईको औषधीय गुणहरू[सम्पादन गर्ने]

अनिद्रामा यसको जराको रसमा सख्खर मिसाएर खाइन्छ । मुखभित्र र जिब्रेमा घाउ आएमा यसको पात चपाइन्छ । यसको हांगा, पात र फलको रस बराबर मात्रामा मिसाएर खाँदा मुटु रोगलाई फाइदा गर्दछ । कलेजो र फियो बढेको तथा जण्डीसमा यसको सेवन गरिन्छ । सुन्निएकोमा यसको फलको रसलाई मनतातो पारी दलिन्छ भने कुष्ठरोगमा यसको पातको रस दलिन्छ । यसको पाकेको फल खान योग्य हुन्छ ।[१]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ नेपालमा पाइने प्रमुख गैरकाष्ठ वन पैदावार तथा जडीबुटीहरूको औषधीय प्रयोग र महत्व, अनिरुद्ध कुमार साह, वनविज्ञान शास्त्री