चिराइतो

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

चिराइतो नेपालमा पाइने एक किसिमको जडीबुटी हो। यो उच्च पहाडी भेकमा पाइने गर्दछ।

चिराइतोको विरुवा नेपाल अधिराज्यको हिमाली कछाडतिर समुद्री सतहबाट १,२०० मि.देखि ३,००० मी. उचाईमा अलि चिसो खुल्ला चौरमा पाइन्छ। यसको जरा धेरै तलसम्म गाडिएको हुँदेन र माटोको सतहमा फैलिएको हुन्छ। त्यसैले यसलाई सजिलैसँग उखेल्न सकिन्छ। यो विरुवा १ देखि १.५ मि. सम्म अग्लो हुन्छ। डाँठको फेद गोलाकार र माथितिर चारकुने परेको हुन्छ। हरेक आँख्लाको दुबैतिर पात र हाँगा पल्हाएका हुन्छन्। पात १ देखि ११ से.मि. लामो र ०.५ देखि ३ से.मी. चौडा , भालाकृत भै टुप्पो तीखो हुन्छ। पात र डाँठमा रौं हुंदैन र चिल्ला हुन्छन्। कुनै कुनै पातहरू फेदैबाट पल्हाएका हुन्छन्। हरेक आँख्लामा पात र काण्डको कक्षबाट फूलहरू एउटै झुप्पामा निस्केका हुन्छन्। फूलहरू एउटै झुप्पामा हुन्छन्। फूलको रङ्ग पहेलो वा हरियो हुन्छ। एउटै फूलमा भाले तथा पोथी दुवै योनि पाइन्छन्। अरु साधारण फूल झैं यसको पत्रदल ५ वटा हुन्छ। तल्लो भागमा स–साना मसिनो रौंले ढाकिएको दुईवटा ग्रन्थिहरू पाइन्छन्।

चिराइतोको खेती यसको बीउबाट गरिन्छ। खेतीको लागि नतिशितोष्ण जलवायु र आद्रतापूर्ण क्षेत्र अति आवश्यक रहन्छ। खेतमा पानीको राम्रो निकासको व्यवस्था हुनुपर्दछ। कार्तिक , मंसिरतिर बीउ छरिनुपर्दछ। बीउ अति सानो भएको हुंदा पहिले नर्सरी बेडमा लगाउनु उपयुक्त हुन्छ। ६ देखि ८ से.मी. लामो भएपछि बेर्नालाई मलजल गरी तयार गरिएको वारी वा खेतमा सार्नु पर्दछ।

आषाढ–श्रावणदेखि आश्विन सम्ममा यसको फूल फुल्दछ। फूल परिपक्व भएपछि बोटै उखेल्ने कार्य हुन्छ र चैत्र महिनासम्ममा यसको संकलन गरिसक्नु पर्दछ। आयुर्वेदीय पद्धति अनुसार यो जडीबुटी निम्न रोगहरूमा प्रयोग गरिन्छ। कृमि नाशक , ज्वरान्तक , घाउ , खटिरा, स्वाद र रुचि बढाउने इत्यादि। औलोको ज्वरोमा पनि यो निकै उपयोगी भएको पाईएको छ।

बैज्ञानिक नामः स्वयरसिया चिराता (Swertia chirayita ( Roxb. ex fleming Karsten)

संस्कृत नामः किरातक , तिक्तक , भूनिम्व

वनस्पति परिवारः जेन्सीएनेसी (Gentianaceae)

category:जडिबुटि]]

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा