राजवृक्ष

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
राजवृक्ष
Golden shower tree in bloom
संरक्षण स्थिति
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
(श्रेणीविहीन): Angiosperms
(श्रेणीविहीन): Eudicots
(श्रेणीविहीन): Rosids
गण: Fabales
कुल: Fabaceae
वंश: Cassia
प्रजाति: C. fistula
द्विपद नाम
Cassia fistula
L.
पर्याय

Many

राजवृक्ष अर्थात अमलतासलाई अङ्ग्रेजीमा गोल्डेन सावर ट्रि(golden shower tree) भनिन्छ । वनस्पति जगतको फेवेसी परिवार अन्तर्गत पर्ने यो वनस्पति एक फूल फुल्ने रूख वर्गको वनस्पति हो ।

राजवृक्षको औषधीय गुणहरू[सम्पादन गर्ने]

चर्मरोग, छालामा पीप आउने घाउ भएको, मांशपेशी र जोर्नी दुखेको, कुष्ठरोग, सर्पले टोकेकोमा पात र फुलको रस तथा फल भित्रको गुदी दलिन्छ । ज्वरो, कब्जियत, सिफलिस, क्षयरोग, जलन, घाउमा जरा र बोक्राको सेवन गरिन्छ । पेटमा जुका परेमा, रक्त बिकार, पिसावमा अवरोध, ज्वरो, जण्डिस, मुटु रोगमा बोक्राको सेवन गरिन्छ । ज्वरो, जीउ दुखेको, कलेजो र पित्त बिग्रेको, मांशपेशी र जोर्नी दुखेको, बिष सेवन गरेको, एन्थ्रयाक्स जिवाणुको संक्रमण र कब्जियतमा फल भित्रको गुदीको सेवन गरिन्छ ।[१]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

  1. नेपालमा पाइने प्रमुख गैरकाष्ठ वन पैदावार तथा जडीबुटीहरुको औषधीय प्रयोग र महत्व, अनिरुद्ध कुमार साह, वनविज्ञान शास्त्री