पदमचाल
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
बैज्ञानिक नाम (ल्याटिन नाम) : रुहेम इमोडी (Rheum australe D.Don)
संस्कृत नाम : रेवाचिनी , अम्लसार , बेतसाम्ल , फलाम्ले , गन्धिनी
अन्य नाम : नेपालीमा “शंखत्र”
वनस्पति परिवार : पोलिगोनेसी ( Poylgonaceae)
विषयसूची |
[सम्पादन गर्ने] परिचय
नेपालको ३,००० देखि ४,००० मि. सम्मको उचाईमा हिमाली भेगको फिरफिरे , ठींग्रे वा गोब्रे सल्ला इत्यादि भएका जङ्गलको छेउ छाउमा , थुम्कामा , खुला ठाउँमा र ढुङ्गाको अन्तरमा विरुवा पाइन्छ। यो १ देखि २ मि. सम्म अग्लो हुन्छ। यसको जरा र जमीन मुनि रहने काण्ड कसिएको गठिलो हुन्छ। बाहिरी भाग चाउरी परेको हुन्छ। यसबाट सुगन्धित वास पनि आउँछ। स्वाद भने पिरो , टर्रो र केही मात्रामा अमिलो पनि हुन्छ। जमीनबाटै पल्हाई आएका लामा डाठ भएका यसका पातहरू ३० से.मि. चौडा हुन्छन्।
विरुवाका माथिल्लो भागमा तल्ला पातहरूको दाँजोमा साना हुन्छन्। यसको फूलहरू साना र राता हुन्छन्। एउटै फूलमा भाले तथा पोथी दुवै योनी पाइन्छन्।
[सम्पादन गर्ने] खेती
यसको विरुवा काण्डका टुक्राहरूबाट अथवा बीउबाट उमारिन्छ। विरुवाहरूलाई वसन्त ऋतुमा सारिन्छ। १.५ मी. दुरीमा रहेको खाल्टोमा बेस्सरी मल जल गरेपछि मात्र यो विरुवा सार्ने कार्य हुन्छ। नेपालमा निम्न जिल्लाहरूमा यसको खेती गर्न सकिन्छ ः दोलखा , गोरखा , लमजुङ्ग , म्याग्दी , रुकुम , पर्वत , कालिकोट , दैलेख , जाजरकोट आदि।
[सम्पादन गर्ने] संकलन
यसको जरा र जमीनमुनि रहने डाँठ शरद् ऋतुमा काटेर झिकिन्छ। ३ देखि १० वर्षका विरुवाहरूबाट यसको काण्ड आश्विन महिनातिर खनेर झिकिन्छ। यी लामा , मोटा जरा र काण्डलाई धोई सफा गरिन्छ। पातका लामा डाँठहरू पनि संकलन गरिन्छ।
[सम्पादन गर्ने] सुकाउने तथा संरक्षण
संकलन गरिएको जरा र काण्डलाई स–साना गरी टुक्र्याइन्छ। ती टुक्राहरूलाई घाममा राम्रोसँग सुकाउनु पर्दछ। केही केही टुक्राहरूको बीचमा प्वाल पारी त्यसभित्र डोरी छिराई छहारीमा दुईवटा खम्बा वा रुखमा बाँधी सुकाउने पनि गरिन्छ। सुकिसकेका जडीबुटीहरूलाई टुक्रयाई बोरामा पोको पारी सुख्खा ठाउँमा राखिन्छ। पातका लामा डाठँहरू छहारीमा सुकाई चुल्ठी पारेर ओवानो ठाउँमा सुकाइन्छ।
[सम्पादन गर्ने] उपयोगिता
आयुर्वेदिय प्रणाली अनुसार यसको काण्ड र जरा जुलाफ , कब्जियत , तागत दिने र पखाला लाग्ने इत्यादिको औषधीमा प्रयोग गरिन्छ। सुन्निएको , मर्केको , भाँचिएको ठाउँमा पद्म चालको गाना कुटेर गाईको गउँतमा मिसाई लगाउनाले फाईदा गर्दछ।
यसलाई शक्तिवर्धक पाचक , वायुशमन गर्ने इत्यादि औषधीमा पनि व्यवहार गरिन्छ। यीनका हरिया र सुकेका डाँठ , पात र फूल पनि अचार तथा तरकारीमा प्रयोग गरिन्छ। युरोप तथा अमेरिकि भान्सामा प्रयोग हुने en:Rhubarb पनि यसै प्रजातिको बिरुवा हो|